दिल्ली विस्फोटप्रति प्रधानमन्त्री कार्कीले गरिन् दुःख व्यक्त « Khabarhub

दिल्ली विस्फोटप्रति प्रधानमन्त्री कार्कीले गरिन् दुःख व्यक्त


२५ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


324
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले दिल्ली विस्फोटप्रति दुःख व्यक्त गरेकी छन्। एक्स (ट्वीटर)मा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई मेन्सन गर्दै प्रधानमन्त्री कार्कीले विस्फोटप्रति दुःख व्यक्त गरेकी हुन्।

उनले मृतकका परिवारप्रति समवेदना प्रकट गर्दै घाइतेको स्वास्थ्य लाभको कामना गरेकी छन्। प्रधानमन्त्री कार्कीले दुःखको घडीमा नेपाल भारतको साथमा रहेकोसमेत उल्लेख गरेकी छन्।

‘हिजो साँझ भएको दुःखद् दिल्ली विस्फोटबाट म स्तब्ध र दुःखी छु। शोक सन्तप्त परिवारप्रति गहिरो समवेदना र घाइतेको शीघ्र स्वास्थ्यलाभको लागि प्रार्थना गर्दछु’, कार्कीले लेखेकी छन्, ‘यस दुःखको घडीमा नेपाल भारतसँग ऐक्यबद्धतामा उभिएको छ।’

प्रकाशित मिति : २५ कार्तिक २०८२, मंगलबार  ११ : ३४ बजे

सुनका गरगहना चोरीमा संलग्न पाँचजना पक्राउ

काठमाडौं । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–१, लोकन्थलीस्थित एउटा घरबाट सुनका गरगहना,

प्रधानाध्यापकमाथि हातपात गर्ने २ जना पक्राउ

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१०, कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका

पोखरा स्कुल बस दुर्घटनाका घाइतेलाई एयर एम्बुलेन्सबाट काठमाडौं लगियो

पोखरा । कास्कीको पोखरा महानगरपालिका–२८ ओख्लेमा स्कुल बस दुर्घटनामा घाइते अश्मि

बूढीगण्डकी बाढी : आरुघाटमा बेलीब्रिज जडानको तयारीमा खटियो सेनाको टोली

काठमाडौं । बूढीगण्डकी बाढीले आरुघाट–धादिङ जोड्ने मोटरेबल पुलमा बगाएपछि सो

उपचार र राहतमा सहमतिपछि स्कुल बस दुर्घटनाका मृतकको अन्त्येष्टि

कास्की – पोखरा महानगरपालिका–२८ कालिकास्थित ओख्लेको भिरमा शुक्रबार बिहान स्कुल