प्रदेश तथा स्थानीय तहबीच अन्तर सरकार सम्बन्धका सवालमा छलफल « Khabarhub

प्रदेश तथा स्थानीय तहबीच अन्तर सरकार सम्बन्धका सवालमा छलफल


२५ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

कर्णाली – प्रदेश र स्थानीय तहबीचको सम्बन्धलाई थप व्यवस्थित र एकरूपता ल्याउन सुर्खेत वीरेन्द्रनगरमा आजदेखि ‘प्रदेश तथा स्थानीय तहबीच अन्तरसरकार सम्बन्धका सवालमा छलफल तथा अन्तरक्रिया’ सुरु भएको छ । 

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको आयोजनामा आजदेखि दुई दिनसम्म वीरेन्द्रनगरमा सञ्चालन हुने ‘प्रदेश तथा स्थानीय तहबीच अन्तरसरकार सम्बन्धका सवालमा छलफल तथा अन्तरक्रिया’ को उद्‌घाटन मुख्यमन्त्री यामलाल कँडेलले गरे ।

उनले संविधानको मर्मअनुसार समन्वय, सहकार्य र सहअस्तित्वको आधारमा तीनै तहका सरकार अगाडि बढ्नुपर्ने बताए। संविधानको भावनाअनुसार प्रदेश र स्थानीय तहका सरकारबीचको सम्बन्धलाई थप समन्वयात्मक ढङ्गले अघि बढाउन प्रदेश सरकारले विषयगत छलफल तथा अन्तरक्रिया सञ्चालन गरेको बताए।

अन्तरक्रियामा सरकारको नियमित कामकारबाहीका विषयमा गाउँपालिका तथा नगरपालिका राष्ट्रिय महासङ्घ नेपालका पदाधिकारीहरूसँग पनि बसेर छलफल गरिने जनाइएको छ ।  

कर्णाली प्रदेश सरकारका प्रमुख सचिव वीरेन्द्रनारायण यादवले एउटै जिल्लाबाट सात हजारभन्दा बढी योजना आउने संस्कृतिले विकासको अपरिहार्यता पहिचान हुन नसकेको बताए। 

राजस्व बाँडफाँड, विशेष, समपूरक, ससर्त अनुदानको कार्यान्वयनमा आएका समस्या, स्थानीय तहका कर्मचारी व्यवस्थापन, कानुन निर्माण र कार्यान्वयन सम्बन्धमा बृहत् छलफल गरी आगामी नीति, बजेट तथा कार्यक्रम तर्जुमाको मार्ग तयार गर्ने प्रमुख सचिव यादवले बताए। 

अन्तरक्रियामा दश जिल्लाका समन्वय समिति प्रमुख-उपप्रमुख तथा २५ नगरपालिकाका नगरप्रमुख-उपप्रमुख र ५४ गाउँपालिकाका अध्यक्ष-उपाध्यक्षसहित प्रमुख सचिवदेखि पालिकाका प्रमुख प्रशासकीय अधिकृतहरूको सहभागिता रहेको छ । 

प्रकाशित मिति : २५ कार्तिक २०८२, मंगलबार  ३ : ३० बजे

धोबिखोला मिचेर बनाइएको ७ तल्ले घर भत्काउन सुरु

काठमाडौं- सरकारले काठमाडौंको अनामनगरस्थित धोबीखोला मिचेर बनाइएको ७ तले घर

गाउँमै चिस्यान केन्द्र सञ्चालन भएपछि कृषक उत्साहित

पर्वत– पर्वतको मोदीमा जिल्लामै पहिलोपटक चिस्यान केन्द्र सञ्चालन गरिएको छ

बालेनले विधि मासेर बल र संविधान छलेर सेनाको आडमा शासन गर्न खोजे : प्रभु साह

सिराहा– आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले वर्तमान

विश्व प्रेस स्वतन्त्रता दिवस : पत्रकार महासङ्घको ऐक्यबद्धता पदयात्रा

काठमाडौं– विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा आज नेपाल पत्रकार महासङ्घले

अकबरे खुर्सानी खेती प्रवर्द्धन गर्दै पैयूँ गाउँपालिका

पर्वत– दक्षिण पर्वतको पैंयूँ गाउँपालिकाले अकबरे खुर्सानीखेती प्रवर्द्धन कार्यक्रम सञ्चालन