अर्थसंक्षेप : चन्द्र ढकालको विवादास्पद लगानी : बेलायतमा८ वर्षसम्म करोडौँको कारोबार, थोरै उकालोतिर नेप्से र भुटानमा जलविद्युत् उद्घाटन गर्न पुगे मोदी « Khabarhub

अर्थसंक्षेप : चन्द्र ढकालको विवादास्पद लगानी : बेलायतमा८ वर्षसम्म करोडौँको कारोबार, थोरै उकालोतिर नेप्से र भुटानमा जलविद्युत् उद्घाटन गर्न पुगे मोदी


२५ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

झिनो अंकले बढ्यो नेप्से

मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) झिनो अंकले बढेको छ । आज ३ अर्ब ६२ करोड ६१ लाख ७५ हजार रुपैयाँ बराबरको सेयर कारोबार हुँदा नेप्से ३.२१ अंकले बढेको हो ।

आज नेप्से २५६५.१६ बिन्दुमा पुगेको छ भने पुँजीकरण पनि ०.१२ प्रतिशतले वृद्धि भएको छ । झिनो अंकले नेप्से बढे पनि आज १०२ वटा कम्पनीको सेयर मूल्यमा गिरावट आयो भने १४२ वटा कम्पनीको सेयर मूल्य बढ्यो ।

आजको सेयर कारोबारमा १० वटा कम्पनीको सेयर मूल्य भने स्थिर रह्यो । आज नेप्सेमा साइन रेसुंगाको डिबेन्चर बिक्री गर्नेले सबैभन्दा धेरै नाफा आर्जन गरे भने १०.२५ प्रतिशत नेपाल एसबीआई डिबेन्चर २०८३ बिक्री गर्नेले सबैभन्दा धेरै गुमाए ।

कुमारी बैंकले ल्यायो ग्रिन सेभिङ्गस डिपोजिट अकाउन्ट

एनसेलका ११ भाग्यशाली ग्राहकलाई ११ जीबी डेटा निःशुल्क !

प्रधानमन्त्रीले मागिन् वायु सेवा निगममा महाप्रबन्धक नियुक्ति प्रक्रियाबारे जानकारी

चन्द्र ढकालको विवादास्पद लगानी : बेलायतमा कम्पनी खोलेर ८ वर्षसम्म करोडौँको कारोबार

उद्योग वाणिज्य महासंघ तथा आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल र बेलायतमा एकसाथ कम्पनी खोलेर व्यवसाय गरेको भेटिएको छ ।

कानुनमै नेपाली नागरिकले विदेशमा लगानी गर्न नपाउने प्रतिबन्धात्मक व्यवस्था छ । तर त्यसलाई बेवास्ता गर्दै अध्यक्ष ढकालले नेपाल र बेलायतमा एकैसाथ कम्पनी खोलेर लामो समय कारोबार गरेको देखिएको हो ।

सन् २००१ देखि नेपालमा आईएमई रेमिट कम्पनीमार्फत् वार्षिक अर्बौं रुपैयाँको कारोबार गरेका ढकालले बेलायतमा सन् २००२ बाट कन्सल्ट्यान्ट कम्पनी खोलेर करोडौंको कारोबार गरेको प्रमाण भेटिएको छ ।

चन्द्रप्रसाद ढकालले सन् २००२ मा बेलायतमा स्थापना गरेको कम्पनीबारे यसअगाडि नै खबरहबले समाचार प्रकाशन गरिसकेको छ ।

गोदरेजले नेपालमा इओन रेगालिस एआई फ्रन्ट लोड वाशिंग मसिन सुरुवात गर्दै 

तालिका थप भएपछि भोजपुर–काठमाडौं अब चार उडान

कोरला  हुँदै मानसरोवर जाने मार्ग खुलाउन पहल

बेमौसमी वर्षाले सिरहामा १० हजार हेक्टर क्षेत्रको धानबालीमा क्षति

बारपाक–लाप्राक सडकखण्डमा सवारी आवागमन बन्द

गोरखाको बारपाक–लाप्राक सडकखण्ड स्तरोन्नतिका लागि सवारी आवागमन बन्द गरिएको छ । बारपाक सुलिकोट गाउँपालिकाको– १ बारपाक र धार्चे गाउँपालिका– ४ लाप्राक जोड्ने सडक स्तरोन्नतिका लागि मंगलबार र बुधबार दुई दिन यातायात सञ्चालनमा रोक लगाइएको हो ।

निर्माणाधीन सडकखण्डमा यातायात बन्द गरेर सडक निर्माण गर्न लागिएको धार्चे गाउँपालिका– ४ का वडाध्यक्ष किसान गुरुङले जानकारी दिए । उनले भने, ‘दुई दिनसम्म पूर्ण रूपमा सवारीसाधनको आवागमन बन्द गरेर निर्माण कम्पनीले ‘व्याक कटिङ’ तथा अन्य संरचना निर्माण गर्न लागेको छ ।’

शर्मा/विक्की जेभी निर्माण कम्पनीमार्फत सो सडक निर्माणको काम भइरहेको छ । तोकिएको अवधिमा बारपाक–लाप्राक सडक हुँदै सञ्चालन हुँदै आएका सवारीसाधनलाई वैकल्पिक बाटो प्रयोग गर्न आग्रह गरेको अध्यक्ष गुरुङले बताए ।

च्याङ्ग्रा पालनबाट वार्षिक पाँच लाख आम्दानी

तुलसीपुरमा पक्की पुल नहुँदा स्थानीयलाई सास्ती

व्यावसायिक तरकारीखेती गरेर आत्मनिर्भर बन्दै मुक्तकमैया

‘हाइटेक टनेल’ बनाउन दुई करोडभन्दा बढी अनुदान

प्रकाशित मिति : २५ कार्तिक २०८२, मंगलबार  ७ : ०८ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्