नेपाल–रसियाबीचको ‘विज्ञान–कूटनीति’ लाई प्राथमिकता दिन जोड « Khabarhub

नेपाल–रसियाबीचको ‘विज्ञान–कूटनीति’ लाई प्राथमिकता दिन जोड


२५ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल–रसियाका वैज्ञानिकहरूबीचको सम्बन्ध सुदृढ बनाउन ‘विज्ञान–कूटनीति’ लाई प्राथमिकता दिनुपर्नेमा जोड दिइएको छ । 

‘नेपाल–रसिया वैज्ञानिक तथा प्राविधिक सम्बन्ध : विज्ञान–कूटनीतिको माध्यमबाट विश्वास र सहकार्य निर्माण’ विषयक छलफलमा सहभागी वक्ताहरूले दुई देशका वैज्ञानिकहरूबीचको सहकार्यले कूटनीतिक क्षेत्रमा योगदान पुग्ने विश्वास व्यक्त गरेका हुन् ।

रुसी हाउस र नेपाल–रसिया विज्ञान समाजको संयुक्त आयोजनामा आज आयोजित सो छलफलमा विज्ञान र शिक्षामार्फत द्विपक्षीय कूटनीति सुदृढ गर्ने विषयलाई विशेष जोड दिइएको थियो । 

नेपाल–रसिया विज्ञान समाजका अध्यक्ष गणेश साहले सन् १९५६ मा दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापनासँगै शैक्षिक क्षेत्रमा ज्ञान आदानप्रदान, प्रविधि हस्तान्तरण र अनुसन्धान सहकार्यका माध्यमबाट आपसी विश्वास, सम्मान र वैज्ञानिक प्रगतिका साझा आकांक्षामा आधारित रहँदै आएको बताए । 

उनले विज्ञान, प्रविधि, जलविद्युत् तथा अन्तरिक्ष अनुसन्धानका क्षेत्रमा रसियासँगको सहकार्यलाई अझ सुदृढ गर्नुपर्ने आवश्यकता औँल्याए ।

पूर्वराजदूत शम्भुराम सिम्खडाले नेपाल–रसिया सम्बन्धलाई नयाँ युगको ‘विज्ञान–कूटनीति’ का दृष्टिले महत्त्वपूर्ण अवसरका रूपमा लिनुपर्ने बताउँदै अनुसन्धान र नवप्रवर्तनमा युवा पुस्ताको संलग्नता बढाउन सुझाव दिए ।

रुसी दूतावासकी काउन्सिलर तथा रुसी हाउसकी निर्देशक आनास्तासिया खोख्लोभाले रसियाले नेपाली विद्यार्थीलाई अध्ययनका लागि विशेष सहुलियतसहित पूर्ण छात्रवृत्ति प्रदान गर्दै आएको र नवप्रवर्तनलाई प्राथमिकता दिइरहेको अवस्थामा विज्ञान र प्रविधि क्षेत्रमा रसियासँगको सहकार्य रणनीतिक रूपमा अझ महत्त्वपूर्ण बन्दै गएको बताइन् ।

नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट) की शिक्षाविद् डा अञ्जना सिंहले राष्ट्रिय विकासका लागि विज्ञान कूटनीतिलाई संस्थागत रूपमा सुदृढ गर्नुपर्ने बताइन् । नास्टका पूर्व कुलपति प्रा डा जीवराज पोखरेलले नेपालमा विज्ञान र कूटनीतिक अवस्थाबारे प्रस्तुत गर्दै नीति तहमा वैज्ञानिक अनुसन्धान र प्रविधि आदानप्रदानलाई प्राथमिकता दिनुपर्ने धारणा राखे ।

जलविद्युत् इञ्जीनीयर तथा पूर्वमन्त्री दीपक ज्ञवालीले विज्ञान र शिक्षामार्फत जनस्तरमै कूटनीतिकसम्बन्ध विस्तार गर्न सकिने बताउँदै जन–कूटनीतिलाई विज्ञानमार्फत सशक्त बनाउनुपर्नेमा जोड दिए  । 

कार्यक्रमका अन्य वक्ताहरूले कूटनीति सम्बन्ध विस्तार, ज्ञान आदानप्रदान र अनुसन्धानका माध्यमबाट नेपाल–रसिया सम्बन्धलाई नयाँ उच्चतामा पुर्‍याउनुपर्नेमा जोड दिएका थिए ।

प्रकाशित मिति : २५ कार्तिक २०८२, मंगलबार  ६ : ५३ बजे

असी करोड आठ लाख राजस्व संकलन

बागमती– हेटौँडास्थित आन्तरिक राजस्व कार्यालयले गत महिना ८० करोड आठ

रास्वपाको धोका हाम्रा लागि ठूलो पाठ भयो, आत्तिएका छैनौँ : कुलमान घिसिङ

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीसँग १२ दिने एकीकरणमा जाँदा कुलमान घिसिङ नेतृत्वको

बक्सअफिस : ‘कुमारी’का डेब्यूटान र ‘रमिताको पिरती’का स्टारबीचको भिडन्त

काठमाडौं – शुक्रबारबाट दुई नेपाली फिल्म ‘कुमारी’ र ‘रमिताको पिरती’

डब्ल्युपिएलको उपाधि आरसिबीलाई

काठमाडौं – भारतको महिला प्रिमियर लिग (डब्ल्युपिएल)को उपाधि रोयल च्यालेन्जर्स

झापामा ‘सिरिन्ज’ आक्रमण, एक जनाको मृत्यु

बिर्तामोड– भद्रपुर नगरपालिका–१० सत्रविघेमा सिरिन्ज आक्रमण भएको छ । अज्ञात