संविधान रक्षार्थ जनप्रतिनिधिलाई अग्रभागमा आउन मुख्यमन्त्री कँडेलको आग्रह | Khabarhub Khabarhub

संविधान रक्षार्थ जनप्रतिनिधिलाई अग्रभागमा आउन मुख्यमन्त्री कँडेलको आग्रह


२५ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

कर्णाली– कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले संविधानको रक्षाको लागि जनप्रतिनिधि अग्रभागमा उभिनुपर्ने अवस्था आएको बताएका छन्  । 

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सुर्खेतको आयोजनामा आजदेखि दुई दिनसम्म वीरेन्द्रनगरमा सञ्चालन हुने प्रदेश तथा स्थानीय तहबीच अन्तर सरकार सम्बन्धका सवालमा छलफल तथा अन्तरक्रियामा उनले मुलुकको पछिल्लो घटनापछि संविधान नै के हुने हो भन्ने परिस्थिति सिर्जना भएकाले संविधानको रक्षाको लागि बचेका जनप्रतिनिधि अग्रभागमा आउनुपर्ने धारणा राखे।

मुख्यमन्त्री कँडेलले प्रतिनिधिसभा विघटन भइसकेको अवस्थामा स्थानीय र प्रदेश तहका जनप्रतिनिधिले जनताको सेवासँगै संविधानको रक्षाको लागि आ–आफ्नो ठाउँबाट अगुवाइ गर्नुपर्नेमा जोड दिए । 

भदौ २३ र २४  गते लगत्तै  राजनीतिक दलका नेता तथा जनप्रतिनिधि अब कहिल्यै फर्कन्नन् भन्ने मनोवैज्ञानिक त्रास सिर्जना गरिएको बताउँदै उनले यद्यपि दुई महिनामै परिस्थिति फेरिएको बताए  । 

‘जेन-जी आन्दोलनबाट सिर्जित परिस्थितिले सबैलाई प्रभावित बनाएको छ तर त्यतिबेलाको सरकार र आन्दोलनकारीको गतिविधि हेर्ने हो भने अब मुलुकमा दल नै नरहला जस्तो गरी व्यवहार गरियो । निजामती प्रशासन पनि त्यसै अनुरूप आतङ्कित भयो,’ मुख्यमन्त्री कँडेलले भने । उनले तीन तहको सरकारले सहकार्य, सहअस्तित्व र समन्वयमा आधारित भएर जनताको पक्षमा काम गर्नुपर्नेमा जोड दिए । 

भदौ २३ गतेपछि मुलुकको अवस्था पहिलेकै झैँ नरहेको बताउँदै मुख्यमन्त्री कँडेलले भ्रष्टाचार नियन्त्रण र सुशासनको मागमा कसैको विमति नरहे पनि हिंसात्मक आन्दोलनलाई राजनीतिक आवरण दिन नसकिने जनाए । 

वास्तविक जेन-जीहरूले चाहेको भ्रष्टाचार नियन्त्रण र सुशासनको मागमा जनप्रतिनिधिले आफूलाई अब्बल साबित गर्न सुझाएका उनले असल र जनमुखी कामबाट नै संविधान र व्यवस्थाको जगेर्ना हुने धारणा राखे ।
 

प्रकाशित मिति : २५ कार्तिक २०८२, मंगलबार  ६ : ५६ बजे

मतदाता नामावली दर्ता गर्नेको भिड बढेपछि थपियो कर्मचारी, दुई सिफ्टमा काम

काठमाडौं- निर्वाचन आयोगले मतदाता नामावली दर्तास्थलमा सेवाग्राहीको चाप बढेपछि थप

कुलमानसँग कुरा नमिलेपछि सुदनले जेन-जीका ६ जना प्रदेश संयोजकलाई पनि उज्यालो नेपालमा मिसिन दिएनन्

काठमाडौं- ऊर्जामन्त्रीसमेत रहेका कुलमान घिसिङसँग कुरा नमिलेपछि आफूलाई जेन-जी अभियन्ता

गोरुसिङ्गे–सन्धिखर्क सडक बुधबारदेखि दैनिक छ घण्टा बन्द हुने

अर्घाखाँची– सडक मर्मत तथा स्तरोन्नतिको लागि गोरुसिङ्गे सन्धिखर्क सडक दैनिक

बीमा सूचना केन्द्र स्थापना गर्ने तयारी

काठमाडौं– बीमा सूचना केन्द्र स्थापना गर्ने विषयमा सरोकारवालाबीच सहमति भएको