माओवादी रामप्रसाद गाउँकमिटीले भन्यो : विचार र पहिचान गुमाउने एकता चाहिँदैन « Khabarhub

माओवादी रामप्रसाद गाउँकमिटीले भन्यो : विचार र पहिचान गुमाउने एकता चाहिँदैन


२५ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

भोजपुर- नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को भोजपुरस्थित रामप्रसादराई गाउँ पार्टी कमिटीले यही कात्तिक १९ गते भएको एकता प्रक्रियाप्रति गम्भीर असहमति जनाएको छ।

गाउँ कमिटीले शुक्रबार वक्तव्य जारी गरेर आफ्नै इतिहास र पहिचान गुमाएर एकतामा नजाने घोषणा गरेको हो ।

‘बदलिएको राजनीतिक परिस्थितिमा आन्तरिक पार्टीलाई रूपान्तरणसहित एकताबद्ध बनाउनु पर्ने थियो’, वक्त्वयमा भनिएको छ, ‘तर जनता र कार्यकर्ताको भावना विपरीत, पार्टी एकताको नाममा आफ्नै विचार, इतिहास र पहिचान गुमाउने निर्णय गरियो, जसले पार्टीको छवि माथि प्रश्न उठाएको छ।’

वक्तव्यमा यस प्रकारको एकता प्रक्रिया पार्टीका सिद्धान्त र आन्दोलनको पहिचानविपरीत भएको भनिएको छ । कमिटीले यस्तो कदमले पार्टीभित्र भ्रम र असन्तुष्टि बढाउने खतरा रहेको चेतावनी दिएको छ।

वक्तव्यमा हस्ताक्षर गर्ने नेताहरूमा अध्यक्ष सुरेशचन्द्र राई, उपाध्यक्ष अमर राई, सचिव सोमकुमार राई, सह–सचिव विनोद मगर र कोषाध्यक्ष रमेश सुनार छन्।

गाउँ पार्टी कमिटीले केन्द्र र प्रदेश नेतृत्वलाई पार्टी एकताको प्रक्रिया पुनःसमीक्षा गर्न र कार्यकर्ताको भावनाअनुसार सुधारको कदम चाल्न आग्रह गरेको छ।

भोजपुर नेता सुदन किरातीको गृहजिल्ला हो । जहाँ उनको बलियो पकड छ । सुदनले एकतामा नगई नेता जनार्दन शर्मासँगै नयाँ अभियान थालेका छन् ।

प्रकाशित मिति : २५ कार्तिक २०८२, मंगलबार  ७ : ०५ बजे

आगामी महाधिवेशन हाम्रो परीक्षाको घडी हो : संयोजक कोइराला

काठमाडौं– नेपाली कांग्रेसको संस्थापन इतर समूहका संयोजक डा. शशांक कोइरालाले नेपाली

कान्ति लोकपथमा खसेको पहिरो हटाइयो

ललितपुर– कान्ति लोकपथमा खसेको पहिरो हटाएर रोकिएका सवारीसाधनलाई गन्तव्यतर्फ पठाइएको

संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सम्बोधन तथा

नारायणी नदीको पानी सतर्कता तह पार, बाढीको जोखिम बढ्यो

चितवन– लगातारको वर्षापछि नारायणी नदीको पानीको सतह सतर्कता तह पार

अन्तर्राष्ट्रिय वित्तीय संरचनामा सुधार गर्न परराष्ट्रमन्त्री खनालको आह्वान

काठमाडौं- परराष्ट्रमन्त्री शिशिर खनालले विकासशील मुलुकको विश्व आर्थिक शासन व्यवस्थामा