माओवादी रामप्रसाद गाउँकमिटीले भन्यो : विचार र पहिचान गुमाउने एकता चाहिँदैन « Khabarhub

माओवादी रामप्रसाद गाउँकमिटीले भन्यो : विचार र पहिचान गुमाउने एकता चाहिँदैन


२५ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

भोजपुर- नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को भोजपुरस्थित रामप्रसादराई गाउँ पार्टी कमिटीले यही कात्तिक १९ गते भएको एकता प्रक्रियाप्रति गम्भीर असहमति जनाएको छ।

गाउँ कमिटीले शुक्रबार वक्तव्य जारी गरेर आफ्नै इतिहास र पहिचान गुमाएर एकतामा नजाने घोषणा गरेको हो ।

‘बदलिएको राजनीतिक परिस्थितिमा आन्तरिक पार्टीलाई रूपान्तरणसहित एकताबद्ध बनाउनु पर्ने थियो’, वक्त्वयमा भनिएको छ, ‘तर जनता र कार्यकर्ताको भावना विपरीत, पार्टी एकताको नाममा आफ्नै विचार, इतिहास र पहिचान गुमाउने निर्णय गरियो, जसले पार्टीको छवि माथि प्रश्न उठाएको छ।’

वक्तव्यमा यस प्रकारको एकता प्रक्रिया पार्टीका सिद्धान्त र आन्दोलनको पहिचानविपरीत भएको भनिएको छ । कमिटीले यस्तो कदमले पार्टीभित्र भ्रम र असन्तुष्टि बढाउने खतरा रहेको चेतावनी दिएको छ।

वक्तव्यमा हस्ताक्षर गर्ने नेताहरूमा अध्यक्ष सुरेशचन्द्र राई, उपाध्यक्ष अमर राई, सचिव सोमकुमार राई, सह–सचिव विनोद मगर र कोषाध्यक्ष रमेश सुनार छन्।

गाउँ पार्टी कमिटीले केन्द्र र प्रदेश नेतृत्वलाई पार्टी एकताको प्रक्रिया पुनःसमीक्षा गर्न र कार्यकर्ताको भावनाअनुसार सुधारको कदम चाल्न आग्रह गरेको छ।

भोजपुर नेता सुदन किरातीको गृहजिल्ला हो । जहाँ उनको बलियो पकड छ । सुदनले एकतामा नगई नेता जनार्दन शर्मासँगै नयाँ अभियान थालेका छन् ।

प्रकाशित मिति : २५ कार्तिक २०८२, मंगलबार  ७ : ०५ बजे

धर्म प्रचार गरेको आरोपमा पाँच अमेरिकीसहित १० विदेशी पक्राउ

विराटनगर- मोरङको कानेपोखरी गाउँपालिका–७, बरगाछीमा आवश्यक अनुमति नलिई स्वास्थ्य शिविर

पटक–पटक टुटेको अमेरिकी प्रतिबद्धतालाई माफ गर्न सकिँदैन : इरान

तेहरान– इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाईले  अमेरिकी राष्ट्रपति डोनाल्ड

अछामको विकास निर्माणलाई गति दिन जोड

अछाम– जिल्लास्थित विभिन्न विकास निर्माण आयोजनाका प्रमुख, प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास

स्वर्णिमको भारत भ्रमणको अभिव्यक्तिलाई एमाले नेताले भने : आत्मसमर्पणवादी

काठमाडौं– नेकपा एमालेका नेता आनन्दप्रसाद पोखरेलले अर्थमन्त्री स्वर्णिम वाग्लेले भारत

प्रेमको प्रतीक ‘रानीमहल’ बगरमा परिणत

पाल्पा– पाल्पाको ऐतिहासिक रानीमहल कुनै समय प्रेमको प्रतीक बनेर पर्यटकलाई