वायुसेवा निगमको महाप्रबन्धक नियुक्तिको प्रक्रिया अघि बढाउन प्रधानमन्त्रीको निर्देशन « Khabarhub

वायुसेवा निगमको महाप्रबन्धक नियुक्तिको प्रक्रिया अघि बढाउन प्रधानमन्त्रीको निर्देशन


२५ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले नेपाल वायुसेवा निगममा खुला प्रतिस्पर्धाबाट महाप्रबन्धक नियुक्त गर्ने प्रक्रिया तत्काल अघि बढाउन निर्देशन दिएकी छन् । 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीका हैसियतले प्रधानमन्त्री कार्कीले मन्त्रालयका सचिव हरि मैनालीसँग हालसम्मको प्रगतिबारे जानकारी लिँदै उक्त निर्देशन दिएको उनको सचिवालयले जनाएको छ । 

निगममा महाप्रबन्धक खुला प्रतिस्पर्धाबाट नियुक्त गर्न प्रधानमन्त्री कार्कीले सचिव मैनालीकै संयोजकत्वमा यही कात्तिक १४ गते छनोट समिति गठन गरेकी थिइन् । उक्त समितिमा क्याप्टेन केबी लिम्बू विज्ञसदस्य र मन्त्रालयकै योजना तथा प्रशासन महाशाखा प्रमुख सदस्यसचिव हुन्।
 
सचिव मैनालीले यसबीचमा कार्यविधिको काम गरेको र केही समय बाहिर पनि जानुपरेको बताएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : २५ कार्तिक २०८२, मंगलबार  ७ : २८ बजे

खाँदबारीमा सेकाहा महोत्सव सुरु

खाँदबारी– यहाँको खाँदबारी नगरपालिका–४ स्थित सेकाहामा आजदेखि ‘ऐतिहासिक सेकाहा महोत्सव’ सुरु

बालेनले केपीसँग भिड्न खोजेको झापा ५ : अहिले पनि सजिलो छैन एमालेलाई हराउन

काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह राजनीतिमा उत्रिँदै गर्दा झापा

ढुङ्गाले लागेर एकजना मजदुरको मृत्यु

ताप्लेजुङ– यहाँको फक्ताङलुङ गाउँपालिका–६ स्थित तमोर फाइभ हाइड्रोपावरको आउटलेट सुरुङमार्गमा

चुनाव र पार्टी अधिवेशन दुवैको तयारी गर्नुहोस् : कावा सभापति खड्का

कीर्तिपुर– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले राष्ट्रिय राजनीतिको निकासका

काठमाडौं महानगरको १८औँ नगरसभा अधिवेशन सम्पन्न

काठमाडौं– काठमाडौं महानगरपालिकाको नगरसभाको १८औँ अधिवेशन सम्पन्न भएको छ । शुक्रबार