कुलमानको पार्टीमा नायिका रिमादेखि हर्कलाई छाडेका डाकेन्द्र र मन्त्री हुन नपाएकी टासीसम्म « Khabarhub

कुलमानको पार्टीमा नायिका रिमादेखि हर्कलाई छाडेका डाकेन्द्र र मन्त्री हुन नपाएकी टासीसम्म


२५ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- ऊर्जामन्त्री कुलमान घिसिङले अन्तत: राजनीतिमा हात हालेका छन्। कुनैबेला माओवादीनिकट उनले पुरानै दर्ता रहेको उज्यालो नेपाल पार्टीलाई आफूनिकटहरू खटाएर अध्यावधिक गराएका छन् ।

निर्वाचन आयोगका सहायक प्रवक्ता प्रकाश न्यौपानेका अनुसार ज्ञानबहादुर तामाङ अध्यक्ष रहेको उज्यालो नेपाल पार्टीलाई संशोधन गरी पूर्वसचिव अनुपकुमार उपाध्यायलाई संयोजक राखिएको छ।

उपाध्यायलाई संयोजक बनाउने प्रस्ताव कुलमानले नै गरेका हुन् । उनको उज्यालो नेपालले ५१ सदस्य केन्द्रीय समितिको प्रस्ताव गरेको छ।

समितिमा उज्यालो नेपाल पार्टीका पूर्व संयोजक ज्ञानबहादुर तामाङ सदस्य छन्। यस्तै पाँचथरका पहिचानवादी डा. महेन्द्र लावती, इलाम २ को उपनिर्वाचनमा पराजित डकेन्द्र थेगिम, ताप्लेजुङकी सरस्वती लिम्बू लगायत पनि समेटिएका छन् ।

घिसिङको पार्टीमा सुदूरपश्चिमका स्वतन्त्र सांसद डा. ताराप्रसाद जोशी पनि जोडिएका छन् । उता इलामका डाकेन्द्र धरान उपमहानगरपालिकाका मेयर हर्क साङपाङको साथ छाडेर कुलमानतिर लागेका हुन् । उनलाई इलाम २ को उपनिर्वाचनमा जिताउन हर्क मैदानमै उत्रिएका थिए । हर्कले अहिले श्रम संस्कृति पार्टी खोलेका छन् ।

त्यसैगरी नेपाली कांग्रेस र नेकपा एमालेसहितका पुराना दलहरूको कडा आलोचना र गाली गर्दै आएकी नायिक रीमा विश्वकर्मा पनि यस पार्टीमा जोडिएकी छन् ।

उता यसअघि जेन–जीबाट मन्त्री प्रस्ताव गरिएकी हुम्लाको लिमी भ्यालीकी टासी ल्हाजोम पनि उज्यालो नेपाल पार्टीमा जोडिएकी छन् । उनलाई तिब्बतीसँग कनेक्सन रहेकोसहितका आरोप लगाएर विवादित बनाइएपछि मन्त्री हुन पाएकी थिइनन् ।

उज्यालो नेपाल पार्टीका पदाधिकारी र सदस्य

ई. अनुप कुमार उपाध्याय, अध्यक्ष, कैलाली

सदस्यहरू

डा. तारा प्रसाद जोशी, डडेलधुरा
प्रा. डा. महेन्द्र सुन्दर लावती, पाँचथर
डा. घनश्याम पाण्डे, रुपन्देही
डा. सागर ढकाल, स्याङजा
डा. अभिषेक राज सिंह, सर्लाही
ई. डा. शंकर ढकाल, काभ्रे
ई. तेजनारायण यादव, सिराहा
रिमा विश्वकर्मा, बर्दिया
टासी ल्हान्जोम, हुम्ला
डा. राजु थापा, काठमाडौं
डा. विशाल भण्डारी, दोलखा
श्री गुरुङ, संखुवासभा
ई. निलिमा बस्नेत, झापा
ई. दिपेन्द्र जमरकट्टेल, धादिङ
सीतादेवी पाण्डेय, रुपन्देही
ज्ञानेन्द्र कुमार तामाङ, काभ्रे
डकेन्द्र सिं थेगिम,
डा. आशुतोष विजय पन्त, काठमाडौं
डम्बर लावती, सुनसरी
हिराप्रसाद सोती (किरण विक), रुपन्देही
सोम प्रसाद चौधरी, बर्दिया
विजय कँडेल, नवलपरासी
ई. अरविन्द साह, बारा
धनबहादुर मिक्चन, सर्लाही
कुशल गुरुङ, कास्की
निर्देश सिलवाल, लमजुङ
लाक्पा फुटी शेर्पा, सोलुखुम्बु
सुभाष प्रधान, चितवन
जितराम लामा, काभ्रे
सरस्वती सुब्बा (सरु), ताप्लेजुङ
विद्या श्रेष्ठ महर्जन, काठमाडौं
रामेश्वर श्रेष्ठ, काठमाडौं
मनोज लुहार, कैलाली
तुलसा वाइबा, सिन्धुली

सच्याइएको : यसै समाचारमा यसअघि भूलवश अर्कै सागर ढकालको प्रसंग समेटिन पुगेकाले स-खेद सच्याएका छौँ। -सम्पादक

प्रकाशित मिति : २५ कार्तिक २०८२, मंगलबार  ७ : २९ बजे

सुनचाँदीको मूल्यमा सामान्य गिरावट, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ।

हिउँ र चिसोमा हराइरहेको डोल्पा : ६ महिना न शिक्षा न स्वास्थ्य !

काठमाडौं – देश अहिले चुनावमय बनेको छ। विभिन्न राजनीतिक दलका

गण्डकीमा सात हजार प्रहरी परिचालन हुने

गण्डकी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा  गण्डकी

राष्ट्रियसभा बैठक बस्दै : सामाजिक सञ्जाल विधेयक फिर्तासम्बन्धी प्रस्ताव प्रस्तुत गरिने

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकमा प्रधानमन्त्री एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री

बेंगलोरबाट हराएका बैतडीका एक युवक मृत भेटिए

बैतडी– भारतको बेंगलोरस्थित मत्तेकेरे क्षेत्रबाट सम्पर्कविहीन भएका बैतडीको दोगडाकेदार गाउँपालिका–३