५० हजार धरौटी बुझाएर रिहा भए निकोलस भुसाल « Khabarhub

५० हजार धरौटी बुझाएर रिहा भए निकोलस भुसाल


२५ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


309
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- समाजको शान्ति सुरक्षा भाँड्ने गरी अभिव्यक्ति दिएको आरोपमा कात्तिक १८ गतेदेखि प्रहरी हिरासतमा रहेका निकोलश भुसाल रिहा भएका छन्।

उनलाई मंगलबार जिल्ला प्रशासन कार्यालय काठमाडौँले ५० हजार रुपैयाँ धरौटीमा रिहा गरेको काठमाडौँका प्रहरी प्रवक्ता एसपी पवनकुमार भट्टराईले जानकारी दिए।

सोमबार सर्वोच्च अदालतका न्यायाधीश नहकुल सुवेदी र नृपध्वज निरौलाको इजलासले भुसाललाई धरौटी लिएर वा साधारण तारेखमा रिहा गर्न आवश्यक प्रक्रिया मिलाउनु भनि आदेश जारी गरेको थियो।

भुसाललाई प्रहरीले गोरखाको रानीबनमा रहेको सरस्वती आश्रमबाट कात्तिक १८ गते पक्राउ गरेर काठमाडौँ ल्याएको थियो। भुसालले कात्तिक १३ गते संवाद डबलीको कार्यक्रममा प्रहरीसहित राष्ट्रका महत्वपूर्ण निकाय विस्फोट गरेर ध्वस्त बनाइदिने अभिव्यक्ति दिएका थिए।

यसरी पक्राउ गर्नु अभिव्यक्ति स्वतन्त्रता र वैयक्तिक स्वतन्त्रताविपरीत भएको भन्दै भुसाल रिहाइको माग गर्दै सर्वोच्चमा निवेदन दर्ता भएको थियो।

भुसालको बयान समेत भइसकेको स्थितिमा थुनामै राखी अनुसन्धान गर्नु पर्ने अवस्था नदेखिएको भन्दै अदालतले रिहा गर्न आदेश दिएको थियो।

धरौटी बुझाएपछि भुसाललाई परिवारको जिम्मा लगाएर छाडिएको हो। यसअघि पनि पक्राउ पर्दा भने भुसालले लागुऔषध खाएको पाइएपछि प्रहरीले सुधार केन्द्र लैजाने सर्तमा परिवारको जिम्मा लगाएको थियो।

प्रकाशित मिति : २५ कार्तिक २०८२, मंगलबार  ९ : १३ बजे

शिक्षाको गुणस्तर अभिवृद्धिमा निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण छ : उपराष्ट्रपति

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले शिक्षाको गुणस्तर अभिवृद्धिमा निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण

नवनियुक्त परराष्ट्रमन्त्री बालानन्द शर्माले गरेँ पद बहाली

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तार गरेकी छन् । प्रधानमन्त्री

नेपाल स्वास्थ्यकर्मी संघको अध्यक्षमा दीपकराज भट्ट निर्वाचित

काठमाडौं– नेपाल स्वास्थ्यकर्मी संघको अध्यक्षमा दीपकराज भट्ट निर्वाचित भएका छन्

चितवनको सौराहामा १९औँ हात्ती तथा पर्यटन महोत्सव सुरु (तस्बिरहरू)

 काठमाडौं– चितवनको प्रमुख पर्यटकीय गन्तव्य सौराहामा आजदेखि १९ औँ संस्करणको

लप्सीको रुखबाट लडेर वैतेश्वरका तामाङको मृत्यु 

दोलखा– लप्सी टिप्ने क्रममा रुखबाट खसेर गम्भीर घाइते भएका दोलखाको