कास्कीबाट जेनजी आन्दोलनमा लुटपाट तथा आगजनी गर्ने पाँचजना पक्राउ « Khabarhub

कास्कीबाट जेनजी आन्दोलनमा लुटपाट तथा आगजनी गर्ने पाँचजना पक्राउ


२५ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गण्डकी- कास्की प्रहरीले जेनजी आन्दोलनमा लुटपाट, तोडफोड तथा आगजनी गर्ने पाँच जनालाई पक्राउ गरेको छ।

गत भदौ २४ गते विभिन्न सरकारी तथा गैरसरकारी कार्यालय, व्यक्तिगत घर पसलमा समेत आगजनी, तोडफोड तथा लुटपाट गर्ने व्यक्तिहरूलाई पक्राउ गरिएको कास्की प्रहरीका प्रवक्ता प्रनाउ हरिबहादुर बस्नेतले जानकारी दिए।

पक्राउ पर्नेमा पोखरा महानगरपालिका–१०, बुद्धचोक बस्ने ५० वर्षीय चन्द्रबहादुर थापा र ४८ वर्षीय खली भनेर चिनिने हरिबहादुर थापा, पोखरा–२६, बुढीबजार बस्ने ४० वर्षीय रमेश थापा, पोखरा–९ बस्ने ३५ वर्षीय अभिमन्यु पाण्डे र माछापुच्छ्रे गाउँपालिका ३ बस्ने २५ वर्षीय सन्तोष परियार रहेको प्रहरीले जनाएको छ।

उनीहरूलाई कास्की जिल्ला अदालतबाट आपराधिक उपद्रव गर्न नहुनेसम्बन्धी कसुरमा म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रवक्ता बस्नेतले जानकारी दिए।

प्रकाशित मिति : २५ कार्तिक २०८२, मंगलबार  १० : १४ बजे

हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न

जनकपुरधाम– मधेस प्रदेशको विकासको मेरुदण्ड मानिएको हुलाकी राजमार्गअन्तर्गत सिरहादेखि सर्लाहीसम्मको

किसान आन्दोलनको विरासतलाई थप उचाइमा पुर्‍याउन ओलीको आह्वान

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

काँकडभिट्टाबाट एक वर्षमा साढे २४ अर्बको पेट्रोलियम पदार्थ आयात

झापा– काँकडभिट्टाबाट गत आर्थिक वर्षमा २४ अर्ब ५० करोड ६७

एक हजार ३३ केजी गाँजासहित मिनिट्रक चालक पक्राउ

मोरङ– मोरङको रतुवामाई नगरपालिका–१० सोमबारेबाट एक हजार ३३ किलो ४८४

‘आधा जिन्दगी’ गीतको पूर्ण जीवनदर्शन

एस्पी कोइराला नेपाली सुगम सङ्गीत तथा गीति-साहित्यको क्षेत्रमा एक परिचित