कास्कीबाट जेनजी आन्दोलनमा लुटपाट तथा आगजनी गर्ने पाँचजना पक्राउ « Khabarhub

कास्कीबाट जेनजी आन्दोलनमा लुटपाट तथा आगजनी गर्ने पाँचजना पक्राउ


२५ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गण्डकी- कास्की प्रहरीले जेनजी आन्दोलनमा लुटपाट, तोडफोड तथा आगजनी गर्ने पाँच जनालाई पक्राउ गरेको छ।

गत भदौ २४ गते विभिन्न सरकारी तथा गैरसरकारी कार्यालय, व्यक्तिगत घर पसलमा समेत आगजनी, तोडफोड तथा लुटपाट गर्ने व्यक्तिहरूलाई पक्राउ गरिएको कास्की प्रहरीका प्रवक्ता प्रनाउ हरिबहादुर बस्नेतले जानकारी दिए।

पक्राउ पर्नेमा पोखरा महानगरपालिका–१०, बुद्धचोक बस्ने ५० वर्षीय चन्द्रबहादुर थापा र ४८ वर्षीय खली भनेर चिनिने हरिबहादुर थापा, पोखरा–२६, बुढीबजार बस्ने ४० वर्षीय रमेश थापा, पोखरा–९ बस्ने ३५ वर्षीय अभिमन्यु पाण्डे र माछापुच्छ्रे गाउँपालिका ३ बस्ने २५ वर्षीय सन्तोष परियार रहेको प्रहरीले जनाएको छ।

उनीहरूलाई कास्की जिल्ला अदालतबाट आपराधिक उपद्रव गर्न नहुनेसम्बन्धी कसुरमा म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रवक्ता बस्नेतले जानकारी दिए।

प्रकाशित मिति : २५ कार्तिक २०८२, मंगलबार  १० : १४ बजे

२५ वर्षपछि सुन्धाराको निकास खुल्यो, प्राचीन स्वरूपमा पुनरुत्थान गर्ने वडाको योजना

काठमाडौं– पाशुपत क्षेत्रअन्तर्गत जयबागेश्वरी मन्दिरसँगै रहेको ऐतिहासिक सुन्धाराको बन्द पानी

अमरेशको दाबी : बालेन, कुलमान र रवि एक ठाउँमा आउँछन्

काठमाडौं- पूर्वसांसद डा. अमरेशकुमार सिंहले रवि लामिछाने बालेन्द्र साह र

विश्वप्रकाश आगामी चुनावमा नउठ्ने, भने : बाँचुञ्जेल क्षेत्र कब्जा गर्ने पक्षमा म छैन

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी फागुन २१ मा

थाइल्यान्डले सीमा क्षेत्रमा मूर्ति हटायो

एजेन्सी– थाइल्यान्ड सरकारले आफ्नो सेनाले कम्बोडियासँगको विवादित सीमा क्षेत्रमा रहेको

नाग्म–गमगढी मार्गमा सात पुल निर्माण

जुम्ला– नाग्म–गमगढी सडकखण्डमा सात पक्की पुल निर्माण गरिएको छ ।