राजीनामा दिएका सुजन अनेरास्ववियुमा फर्किँदा चुलियो विवाद, महासचिव दीपक धामीले जनाए आपत्ति « Khabarhub

राजीनामा दिएका सुजन अनेरास्ववियुमा फर्किँदा चुलियो विवाद, महासचिव दीपक धामीले जनाए आपत्ति


२५ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- ‘जेन-जी आन्दोलन’ का क्रममा गत भदौ २३ गते सामाजिक सञ्जालमार्फत् राजीनामा दिएका अनेरास्ववियुका अध्यक्ष डा सुजन कडरिया फेरि संगठनमा फर्किएसँगै विवाद चुलिएको छ।

उनले मंगलबार बिहान अनेरास्ववियुको केन्द्रीय कार्यालयमा फर्कने प्रयास गरेपछि संगठनभित्र चर्को मतभेद देखिएको हो।

कडरियाले फेसबुकमार्फत् आफू संगठनमा फर्किएको घोषणा गर्दै सबै नेतालाई ‘घर फर्क अभियान’ मा सहभागी हुन आह्वान गरेका छन्।

उनले लेखेका छन्, ‘संकटको समयमा पार्टीको मेरुदण्ड अनेरास्ववियुले साथ छोड्नु सजिलो थिएन, तर आज पनि हाम्रो बाटो बदलिएको छैन। अब फुट्ने र फुटाउन खोज्नेहरूलाई इतिहासले गद्दार सावित गर्नेछ। घर फर्कौं, एकता नै अन्तिम उपाय हो।’

यो आह्वानसँगै समर्थकहरूले जुलुस निकाल्दै उनको स्वागत गरे। एमालेले सुरु गरेको ‘घर फर्क अभियान’अन्तर्गत कडरियासहित राजीनामा दिएका ४२ जना केन्द्रीय सदस्य पनि संगठनको नियमित गतिविधिमा फर्किएको बताइएको छ।

तर, महासचिव दीपक धामीले कडरियाको कदमप्रति आपत्ति जनाएका छन्। उनले मंगलबार वक्तव्य जारी गर्दै हुलहुज्जतसहित कार्यालय प्रवेश गर्न खोजिएको भन्दै त्यसलाई अराजक र अनुशासनहीन कार्य भनेका छन्।

वक्तव्यमा भनिएको छ, ‘कायरतापूर्वक राजीनामा दिएर अध्यक्ष पद परित्याग गरेका सुजन कडरियाले गरेको गैह्रजिम्मेवार, अराजक र अनुशासनहीन हर्कतप्रति अनेरास्ववियु घोर भत्सर्ना गर्दछ।’

धामीले संगठनको आधिकारिक फेसबुक पेज र लेटरप्याड दुरुपयोग गरेको दाबी गर्दै यस्ता गतिविधि तत्काल बन्द गर्न चेतावनी दिएका छन्।

उनले कार्यकर्तालाई भ्रममा नपर्न र संगठनको अनुशासनभित्र रही काम गर्न आग्रह गरेका छन्।

अनेरास्ववियुमा कडरियाको पुनरागमनसँगै संगठनको नेतृत्व विवाद सतहमा आएको छ। धामीको वक्तव्यमा नेतृत्वसम्बन्धी अन्तिम निर्णय संगठनको आन्तरिक विधिबाट चाँडै हुने उल्लेख छ।

प्रकाशित मिति : २५ कार्तिक २०८२, मंगलबार  १० : १७ बजे

 शुभशेर राई स्मृति प्रतिष्ठानद्वारा शिक्षक-विद्यार्थी पुरस्कृत

खोटाङ– ‘शुभशेर राई स्मृति प्रतिष्ठान’ खोटाङले शिक्षा क्षेत्रमा महत्त्वपूर्ण योगदान

लुम्बिनी प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठक सम्पन्न

दाङ– लुम्बिनी प्रदेश विपद् व्यवस्थापन परिषद्को १५औँ बैठक आज सम्पन्न

विश्वकै ठूलो रियल-इस्टेट कम्पनी एभरग्रान्ड टाट पल्टियो, संस्थापकलाई जन्मकैद

बेइजिङ‍- चीनको विशाल रियल-इस्टेट कम्पनी ‘एभरग्रान्ड’को टाट पल्टिएको छ ।

बजारमा तीजको माहौल, बालुवाटारमा मेला (तस्बिरहरू)

काठमाडौं– भदौको सुरूआतसँगै बजारमा हरितालिका तीजको माहौल देखिन थालेको छ ।

फोहोर व्यवस्थापनलाई राष्ट्रिय आपतकालको रूपमा लिनुपर्छ : सञ्चारमन्त्री

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले फोहोर व्यवस्थापनलाई राष्ट्रिय