धार्मिक सद्भावको अनुपमस्थल ‘कम्मर शाह मजार’ « Khabarhub

धार्मिक सद्भावको अनुपमस्थल ‘कम्मर शाह मजार’


२५ मंसिर २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

बाँके– बाँकेको डुडुवा गाउँपालिका–५ कम्दीस्थित हजरत कम्मर शाह बाबाको मजार धार्मिक सद्भावको अनुपम स्थल बन्दै गएको छ ।

कम्मर शाह बाबाको सम्झनामा यहाँ सञ्चालन भइरहेको मेलामा हिन्दू र मुस्लिम समुदायका हजारौँ मानिसले एकसाथ मनोकाङ्क्षा पूरा होस् भनी वर माग्ने गरेका छन् ।

डुडुवा गाउँपालिकामा हिन्दू र मुस्लिम धर्मावलम्बीको मिश्रित बसोबास छ । धार्मिक आस्था फरक भए पनि दुवै समुदायका मानिसले मजारमा सँगसँगै पूजाआजा गर्नु र मनोकाङ्क्षासहित वर माग्नु यहाँको विशेष परम्परा बनेको गाउँपालिका–५ का वडाध्यक्ष झङ्कबहादुर थापाले बताए ।

‘कम्मर शाह मजारमा हिन्दू–मुस्लिमलगायत सबै धर्म र जातजातिका मानिसले आआफ्नो मनोकाङ्क्षा राख्ने गरेका छन् । यो मेला धार्मिक सद्भावको नमूना बन्दै आएको छ’, उनले भने, ‘यहाँ धार्मिक र जातीयलगायत कुनै किसिमको भेदभाव छैन, संरक्षण समिति र व्यवस्थापन समितिमा सबै धर्म र जातजातिका स्थानीयको प्रतिनिधित्व छ ।’

मेलामा सबै धर्ममा आस्था राख्नेले सहभागिता जनाउने भएकाले यसको ऐतिहासिक महत्व रहेको छ । मजार व्यवस्थापन समितिका अध्यक्ष सगिर खाँले हिन्दू, मुस्लिमलगायत सबै धर्ममा आस्था राख्नेले बाबाको मजारमा पुगेर आफ्नो मनोकाङ्क्षा राख्ने गरेको बताए ।

‘कम्मर बाबा सिद्धिप्राप्त मुस्लिम बाबा हुनुहुन्छ । उनको सम्झनामा बनाइएको मजारमा आशीर्वाद मागेमा प्राप्त हुन्छ भन्ने जनविश्वास छ । त्यसैले हिन्दू, मुस्लिमलगायत सबै धर्मावलम्बीहरूको मेलामा उत्तिकै भीड छ’, उनले भने ।

कम्मर शाह बाबाले जीवित हुँदासम्म सबै मानव जातिको कल्याणका लागि काम गरेको र कुनै धर्म तथा सम्प्रदाय विशेष नहेरेका कारण वर्षौँदेखि सबैको साझा आस्थाको केन्द्र बन्दै आएको स्थानीय अगुवा शकील खानले बताए ।

जिल्लाका सबै धर्ममा आस्था राख्नेहरूले सँगसँगै सीमावर्ती भारतीय क्षेत्र बाबागञ्ज, नानपारा, श्रावस्तीबाट समेत भारतीय नागरिक मेला भर्न आउने गरेको स्थानीय अगुवा डम्बर बुढाथोकीले बताए । सामाजिक सद्भाव र आपसी एकताका लागि पनि मेला महत्त्वपूर्ण रहेको उनको भनाइ छ । (रासस)

प्रकाशित मिति : २५ मंसिर २०८२, बिहीबार  ८ : २० बजे

३६ दिनपछि तातोपानी नाका आंशिक रूपमा सञ्चालनमा

काठमाडौं– नेपाल-चीन व्यापारको सबैभन्दा छोटो र महत्त्वपूर्ण उत्तरी नाका तातोपानी

एनसेल र नेपाल मेडिसिटी अस्पतालबीच साझेदारी, ग्राहकलाई निःशुल्क चिकित्सक परामर्श सेवा

काठमाडौं– एनसेल र नेपाल मेडिसिटी अस्पतालले एनसेलका ग्राहकलाई निःशुल्क चिकित्सक परामर्श सेवा

ग्लोबल आइएमई बैंकले ल्यायो विशेष अटो लोन सुविधा

काठमाडौं– नयाँ सवारीसाधन खरिद गर्ने तयारीमा रहेका ग्राहकलाई लक्षित गर्दै

सङ्खुवासभा गोल्डकप फुटबल आगामी कात्तिकमा

सङ्खुवासभा– सङ्खुवासभाको खाँदबारी नगरपालिका–३ मानेभञ्याङमा सङ्खुवासभा गोल्ड कप फुटबल प्रतियोगिता

दुई अर्ब ३१ करोड राजस्व संकलन

कञ्चनपुर– आन्तरिक राजस्व कार्यालय महेन्द्रनगरले गत आर्थिक वर्षमा दुई अर्ब ३१