कर्णालीको विकासका लागि पाँच बुँदे प्रतिबद्धता « Khabarhub

कर्णालीको विकासका लागि पाँच बुँदे प्रतिबद्धता


२५ मंसिर २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

कर्णाली– कर्णाली प्रदेश सरकारसहित सरोकार भएकाहरूले प्रदेशको विकासका लागि पाँच बुँदे प्रतिबद्धता गरेका छन् ।

कर्णाली प्रदेश योजना आयोगद्वारा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित ‘कर्णाली विकासमा सरोकारवालाहरूको भूमिका’ विषयक कार्यक्रममा पाँच बुँदे प्रतिबद्धता जनाइएको हो ।

प्रदेश योजना आयोगका उपाध्यक्ष सूर्यनाथ योगीले आयोगले बनाएको दोस्रो पञ्चवर्षीय योजनाले तोकेको लक्ष्यभन्दा माथि पुग्ने तयारीका साथ सरकार अगाडि बढेको र यसमा सबैको सहयोग आवश्यक रहेको बताए ।

उनका अनुसार विकास आयोजनामा हुने दोहोरोपन हटाउन विकास साझेदारबाट सम्पादन गरिने कार्यक्रमको विवरण सम्बन्धित मन्त्रालयमा प्रदेश सरकारको बजेट तर्जुमा गर्नुपूर्व नै जानकारी गराउने, विकास आयोजनामा सुशासन, इमान्दारिता, जवाफदेही र वातावरणमैत्री अभ्यासलाई उच्च प्राथमिकता दिने, प्राकृतिक स्रोत साधनको दिगो उपयोग, सामाजिक उत्तरदायित्व तथा समुदायको हितमा केन्द्रित गर्दै सहकार्यमूलक ढङ्गले कार्य गर्ने प्रतिबद्धता गरिएको छ ।

यसका लागि कर्णाली प्रदेश सरकार र विकास साझेदारबीच समन्वयका लागि प्रादेशिक ढाँचा निर्माण गर्ने, बहुआयमिक आर्थिक विकासका लागि प्राविधिक प्राविधिक सीप, तालिम, उद्यमशीलता प्रवर्द्धन तथा स्थानीय युवालाई रोजगारीमा प्राथमिकता दिने र कर्णालीका युवालाई प्रदेशभित्र टिकाउन, रोजगारी र व्यवसायका अवसर विस्तार गर्न संयुक्त प्रयास गर्ने प्रतिबद्धता गरिएको उपाध्यक्ष योगीले बताए ।

यसैगरी, कर्णाली प्रदेशको प्रचुर सम्भावना रहेको पर्यटन क्षेत्रको विकासका लागि लगानी विस्तार गर्दै सम्भाव्य पर्यटकीय क्षेत्रको प्रचारप्रसारका लागि सञ्चारमाध्यम, सामाजिक सञ्जाल र विविध माध्यमबाट सूचना सम्प्रेषण गर्ने, सार्वजनिक सेवा प्रवाहलाई जनमुखी, निष्पक्ष, पारदर्शी र जवाफदेही बनाउनका लागि सबै क्षेत्रबाट रचनात्मक भूमिका निर्वाह गर्ने र यसमा मिडियाको भूमिका महत्त्वपूर्ण हुने पनि प्रतिबद्धता जनाइएको छ ।

प्रकाशित मिति : २५ मंसिर २०८२, बिहीबार  ६ : १९ बजे

वर्षायामसँगै अन्नपूर्ण पदमार्गमा पर्यटक घटे

लमजुङ– वर्षायाम सुरु भएसँगै विश्वप्रसिद्ध अन्नपूर्ण पदमार्गमा विदेशी पर्यटकको आगमन घटेको

भीडलाई गणेशका दाइको प्रश्न- ‘हिजो मेरो भाइ जल्दा कहाँ जानुभएको थियो ? किन बचाउनुभएन ?’

काठमाडौं- त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आफ्नै शरीरमा आगो लगाई आत्मदाहको

महिलालाई आत्मनिर्भर बनाउन ८५ बाख्रा उपहार

गलकोट– बागलुङ नगरपालिका-१३ ढाडा स्वावलम्बी महिला समूहमा आबद्ध गीता परियारले

राष्ट्रपतिसँग युएईका वैदेशिक व्यापारमन्त्रीको भेट

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसँग संयुक्त अरब इमिरेट्सका वैदेशिक व्यापारमन्त्री थानी

गणेश आत्मदाह प्रकरणको छानबिन गर्न समिति गठन, सोधपुछका लागि तीनजना नगर प्रहरी नियन्त्रणमा

काठमाडौं– सरकारले गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न छानबिन समिति