गलेश्वरको अन्न क्षेत्रलाई एक लाख सहयोग « Khabarhub

गलेश्वरको अन्न क्षेत्रलाई एक लाख सहयोग


२५ मंसिर २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ मौवाफाँटका वकिल केसीले बेनी नगरपालिका– ९ गलेश्वरधामको गलेश्वर पुलस्त्यपुलह अन्न क्षेत्रलाई एक लाख रुपैयाँ प्रदान गरेका छन् ।

अन्न क्षेत्रले ज्येष्ठ नागरिक, तीर्थयात्री, विपन्न तथा बेसाहारालाई निःशुल्क भोजनको व्यवस्था गर्दै आएको छ । गलेश्वरधाम ज्येष्ठ नागरिक आश्रममका ज्येष्ठ नागरिक तथा जडभरत शालीग्राम संस्कृत विद्यालयका विद्यार्थीलाई सोही रकमबाट बुधबार भोजन गराइएको थियो ।

ज्येष्ठ नागरिक र विद्यार्थी भोजनमा २४ हजार खर्च भएको र बाँकी रकम आज अन्न क्षेत्रको बैंक खातामा जम्मा गरिने जनाइएको छ ।

अन्न क्षेत्रले गौशाला सञ्चालनका साथ आश्रममा आश्रित ४० जना ज्येष्ठ नागरिक र संस्कृत विद्यालयका पाँच जना वटुकलाई दैनिक भोजनको व्यवस्था गर्दै आएको छ ।

प्रकाशित मिति : २५ मंसिर २०८२, बिहीबार  ११ : १२ बजे

युक्रेनी ड्रोन आक्रमणमा २४ जनाको मृत्यु : रुस

एजेन्सी – रुसको नियन्त्रणमा रहेको युक्रेनको दक्षिणी खेरसोन क्षेत्रमा युक्रेनी

महामन्त्रीद्वयले गरे कांग्रेसको नियमित महाधिवेशन स्थगित

काठमाडौं– महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगनकुमार थापाले नेपाली कांग्रेसको नियमित

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

मोरङ–  कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी मिक्लाजुङ गाउँपालिका-५ बस्ने ४६ वर्षीय डिवि

क्रिप्टो कारोबारको अदृश्य सञ्जाल : ७५ प्रतिशत संलग्न युवा, विद्यार्थी र कर्मचारी जोखिममा

काठमाडौं- नेपालमा पूर्ण रूपमा प्रतिबन्धित रहेको भर्चुअल एसेट (क्रिप्टोकरेन्सी) को