गलेश्वरको अन्न क्षेत्रलाई एक लाख सहयोग « Khabarhub

गलेश्वरको अन्न क्षेत्रलाई एक लाख सहयोग


२५ मंसिर २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ मौवाफाँटका वकिल केसीले बेनी नगरपालिका– ९ गलेश्वरधामको गलेश्वर पुलस्त्यपुलह अन्न क्षेत्रलाई एक लाख रुपैयाँ प्रदान गरेका छन् ।

अन्न क्षेत्रले ज्येष्ठ नागरिक, तीर्थयात्री, विपन्न तथा बेसाहारालाई निःशुल्क भोजनको व्यवस्था गर्दै आएको छ । गलेश्वरधाम ज्येष्ठ नागरिक आश्रममका ज्येष्ठ नागरिक तथा जडभरत शालीग्राम संस्कृत विद्यालयका विद्यार्थीलाई सोही रकमबाट बुधबार भोजन गराइएको थियो ।

ज्येष्ठ नागरिक र विद्यार्थी भोजनमा २४ हजार खर्च भएको र बाँकी रकम आज अन्न क्षेत्रको बैंक खातामा जम्मा गरिने जनाइएको छ ।

अन्न क्षेत्रले गौशाला सञ्चालनका साथ आश्रममा आश्रित ४० जना ज्येष्ठ नागरिक र संस्कृत विद्यालयका पाँच जना वटुकलाई दैनिक भोजनको व्यवस्था गर्दै आएको छ ।

प्रकाशित मिति : २५ मंसिर २०८२, बिहीबार  ११ : १२ बजे

वर्षायामसँगै अन्नपूर्ण पदमार्गमा पर्यटक घटे

लमजुङ– वर्षायाम सुरु भएसँगै विश्वप्रसिद्ध अन्नपूर्ण पदमार्गमा विदेशी पर्यटकको आगमन घटेको

भीडलाई गणेशका दाइको प्रश्न- ‘हिजो मेरो भाइ जल्दा कहाँ जानुभएको थियो ? किन बचाउनुभएन ?’

काठमाडौं- त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आफ्नै शरीरमा आगो लगाई आत्मदाहको

महिलालाई आत्मनिर्भर बनाउन ८५ बाख्रा उपहार

गलकोट– बागलुङ नगरपालिका-१३ ढाडा स्वावलम्बी महिला समूहमा आबद्ध गीता परियारले

राष्ट्रपतिसँग युएईका वैदेशिक व्यापारमन्त्रीको भेट

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसँग संयुक्त अरब इमिरेट्सका वैदेशिक व्यापारमन्त्री थानी

गणेश आत्मदाह प्रकरणको छानबिन गर्न समिति गठन, सोधपुछका लागि तीनजना नगर प्रहरी नियन्त्रणमा

काठमाडौं– सरकारले गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न छानबिन समिति