गुल्मीमा यसवर्ष धान उत्पादनमा आठ प्रतिशतले कमी « Khabarhub

गुल्मीमा यसवर्ष धान उत्पादनमा आठ प्रतिशतले कमी


२५ मंसिर २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

गुल्मी– यस वर्ष यहाँ धान उत्पादनमा कमी आएको छ । गत वर्षको तुलनामा जिल्लामा आठ प्रतिशतले उत्पादनमा कमी आएको कृषि ज्ञान केन्द्रले जनाएको छ । 

कृषि ज्ञान केन्द्रका सूचना अधिकारी टीकाराम न्यौपानेका अनुसार यस वर्ष जिल्लामा २२ हजार ३२३ मेट्रिकटन मात्र धान उत्पादन भएको छ । 

गतवर्ष जिल्लामा २४ हजार चार सय २६ मेट्रिकटन धान उत्पादन भएको थियो । यस पटक जिल्लामा धानको उत्पादनसँगै धान रोपणको क्षेत्रफलसमेत घटेको सूचना अधिकारी न्यौपानेले बताए । 

गत वर्ष जिल्लामा सात हजार दुई सय ८८ हेक्टरमा क्षेत्रफलमा धान उत्पादन भएको थियो । यस वर्ष उत्पादन घटेर छ हजार दुई सय ७० हेक्टरमा मात्र धान उत्पादन भएको छ । 
     
जिल्लामा पछिल्ला वर्षमा क्रमशः धानको उत्पादन र क्षेत्रफल घट्दै जान थालेको ज्ञान केन्द्रले जनाएको छ । 

यसरी उत्पादन र क्षेत्रफल घट्नुमा बेमौसमी वर्षा हुनु, लामो समय खडेरी पर्नु, गाउँबाट बसाइसराइ बढ्दै जानु, उन्नत बीउ र रासायनिक मलको अभाव हुनु जस्ता कारण रहेको कार्यालयले जनाएको छ । 

गत वर्षभन्दा यस वर्ष बर्खे धान उत्पादनमा पनि आठ प्रतिशतले कमी आएको छ । 

जिल्लामा कूल छ हजार पाँच सय ८५ हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएको छ । 

त्यसअन्तर्गत चैते धान उत्पादनको क्षेत्रफल तीन सय १५ हेक्टर र बर्खे धान उत्पादनको क्षेत्रफल छ हजार दुई सय ७० हेक्टर रहेको छ । 

यस वर्ष चैते धान एक हजार दुई सय ८६ मेट्रिकटन र बर्खे धान २२ हजार तीन सय २३  मेट्रिकटन उत्पादन भएको कृषि ज्ञान केन्द्रका प्रमुख नरेश धितालले जानकारी दिए । 

जिल्लामा सबैभन्दा बढी धान उत्पादन हुने फाँटहरुमा इस्माको चौरासी, सत्यवतीको जोहाङ्, उर्लीखोला र अस्लेवा कालीगण्डकीको अर्बेनी, कनौटा, छापचौर, चन्द्रकोटको मजुवा, रुपाकोटलगायत रहेका छन् । 

त्यसैगरी मुसिकोट नगरपालिकाको तल्लाफाँट, इन्द्रेगौडा, बडीगाडको सुदी, मालिका गाउँपालिकाको सिमलटारी, फूलबारी र मदानेको सिर्सेनी छन् । 

धुर्कोटको छल्दी तथा पनाहा, गुल्मी दरबारको गरमटारी, छत्रकोटको खज्र्याङ्, मनबाग लगायतका फाँटमा पनि राम्रो धान उत्पादन हुने गर्दछ । 

जिल्लामा आयातित चामलको गुणस्तर तथा मूल्यमा स्वदेशी र स्थानीय धानले प्रतिस्पर्धा गर्न नसक्दा पछिल्लो समयमा धानको आयात बढ्दै गएको छ । 

गतवर्ष गुल्मीमा पाँच करोड रुपैयाँ मूल्य बराबरको चामल आयात भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । 

जिल्लामा विशेषगरी हँसराज, झोत्री, काठे, भिनुवा, सानोभट्टे, ठूलोभट्टे, कोडे, मडियारे, रातोे मार्सी र मार्सिलगायत धानका जात किसानको रोजाइमा पर्ने गरेको छ । 

उन्नत र हाइब्रिड जातका धानभन्दा स्थानीय जातको धान किसानको रोजाइमा पर्ने गरेको हो । 

स्थानीय धानको भात खाँदा भोक कम लाग्ने, खानका लागि नरम र स्वादिलो हुने हुँदा यहाँका किसानले रैथाने धानको उत्पादनमासमेत निरन्तरता दिँदै आएका छन् । 

कृषि ज्ञान केन्द्रले पनि जिल्लामा यस्ता प्रकारका रैथाने जातका धानका बीउको संरक्षण गर्नुपर्नेमा किसानलाई जोड दिँदै आएको छ । रासस
 

प्रकाशित मिति : २५ मंसिर २०८२, बिहीबार  १२ : ०९ बजे

अमेरिकाले इरान सम्झौता : रोक्का सम्पत्ति फिर्ता र ‘स्ट्रेट अफ हर्मुज’ मा स्वतन्त्र आवागमनबारे छलफल

तेहरान – अमेरिका र इरानबीच प्रस्तावित सम्झौताको अन्तिम मस्यौदामा तेहरानको

मानसरोवर कैलाशको दर्शन गर्नेको सङ्ख्या बढ्दै

हुम्ला – पर्यटकीय याम सुरु भएसँगै हिमाली जिल्ला हुम्लाको सिमकोट

दुनाटपरी उद्योगबाट मनग्य आम्दानी गर्दै भावना

कैलाली – धनगढी उपमहानगरपालिका–१४, फुलबारी एचगाउँकी महिला उद्यमी भावना पुलामी

पूर्णबहादुर र शेखरले गगनसँग खोजेको के हो ?

काठमाडौँ– दुई समूहको विवाद भुसको आगो झैँ सल्किरहेका बेला केही