मोरङ र मकवानपुरबाट करिब एक हजार ३ सय ९१ किलो गाँजा बरामद « Khabarhub

मोरङ र मकवानपुरबाट करिब एक हजार ३ सय ९१ किलो गाँजा बरामद


२५ मंसिर २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मोरङको रंगेली नगरपालिका-८ स्थित खेतबाट अवैध लागूऔषध गाँजा ९ सय २१ किलो ६ सय ६० ग्राम बुधबार राति प्रहरीले बरामद गरेको छ । 

इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरीले खेतमा परालले छोपी लुकाई छिपाई राखिएको २९ वटा बोराबाट उक्त परिमाणको गाँजा फेला पारी बरामद गरेको हो ।

मकवानपुरको भीमफेदी गाउँपालिका-३ पान्द्राङबाट अवैध लागूऔषध गाँजा करिब ४ सय ७० किलोग्राम गए राति प्रहरीले बरामद गरेको छ । 

जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले बा.१७ च ४२ नम्बरको बोलेरो पिकअप गाडीको पछाडि ढालामा १७ वटा बोरामा रहेको उक्त परिमाणको गाँजा फेला पारी बरामद गरेको हो । प्रहरीले हाल फरार गाडी चालकको खोजी गरिरहेको छ ।

यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २५ मंसिर २०८२, बिहीबार  १२ : ५० बजे

साना दल र विद्रोही नेताको स्वागतमा व्यस्त प्रचण्ड

काठमाडौं – साना ठुला गरेर करिब दुई दर्जन पार्टीसँग मिलेर

कुखुराको भालेलाई ‘अप्रेसन’ गरेर बधिया बनाइँदै

दाङ– घोराही उपमहानरपालिका–१३ बडहराका जानकी चौधरीको मुख्य पेसा बधिया भालेपालन

कुन शहर कति चिसो : कहाँको तापक्रम कति छ ?

काठमाडौं – बिहीबार देशभर चिसो बढेको छ । नेपाल मौसम

लेखनाथ होटल तथा रेष्टुरेन्ट एसोसिएसनको नयाँ कार्यसमिति चयन

गण्डकी– होटल तथा रेष्ट्ररेष्ट एसोसिएसन लेखनाथको १८औँ वार्षिक साधारणसभा तथा

सिङ्गा तातोपानी बजार संरक्षण योजना कार्यान्वयनमा

म्याग्दी– म्याग्दी नदीको कटान र बाढीको जोखिममा रहेको बेनी नगरपालिका–४