‘एमालेले हेडलाइन बनाउन कुनै कुकुरको खुट्टा टोक्न जाँदैन’ « Khabarhub

‘एमालेले हेडलाइन बनाउन कुनै कुकुरको खुट्टा टोक्न जाँदैन’


२५ मंसिर २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूहरूका विरोधीहरूबारे तिखो टिप्पणी गरेका छन् ।

बिहीबार सम्पादकहरूसँगको अन्तरक्रियाका क्रममा बोल्दै उनले एमालेविरोधीहरूले मनपरी गरे पनि आफूहरू सम्यमसहित अघि बढेको बताए ।

‘एमालेले हेडलाइन बनाउन कुनै कुकुरको खुट्टा टोक्न जाँदैन’, उनले भने, ‘हामी हाम्रो सुरक्षा आफैं गरेर हिँडिरहेका छौँ । हामी जनताको घरको सुरक्षा पनि गर्न तयार छौँ। हामीलाई खबर गर्नुस्, विरोधीहरूले तलमाथि गर्न खोजेमा आफ्नोसहित देशको पनि रक्षा गर्न तयार छौँ।’

उनले प्रधानमन्त्री सुशीला कार्कीलाई हैसियतविनाको व्यक्तिको संज्ञा दिए । ‘हैसियताबिनाको व्यक्तिले विनाविधि र प्रक्रिया अनधिृकतका काम गरेका छन् । असंवैधानिक बाटोबाट आएको व्यक्तिले गरेको असंवैधानिक कदम खारेज हुनुपर्छ । यो सरकार खारेज हुनुपर्छ’, उनले भने, ‘जुन बाटोबाट संसद् विघटन गरिएको हो, त्यहीँबाट फर्काउनुपर्छ । अहिले अदालतमा केस चलेको छ । यसबारेमा अदालतले निर्णय गर्ला ।’

प्रकाशित मिति : २५ मंसिर २०८२, बिहिबार  २ : १४ बजे

सुडानमा ड्रोन हमला : २१ जनाको मृत्यु, ४० भन्दा बढी घाइते

खार्तुम- सुडानको पश्चिमी डार्फर क्षेत्रमा पर्ने न्याला सहरको एक बजारमा सोमबार

कृषि उत्पादन ओसार्न अझै पनि बैलगाडाकै भर

सप्तरी– मधेस प्रदेशको सप्तरी लगायतका जिल्लाका ग्रामीण भेगमा कृषिजन्य सामग्री

उपराष्ट्रपति यादवसँग जर्मनीका राजदूतको भेटवार्ता

काठमाडौँ– उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि सङ्घीय गणतन्त्र जर्मनीका राजदूत

कर्णालीले गुमायो दुई विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

परराष्ट्रमन्त्री खनाल र साइप्रसका राजदूतबीच भेटवार्ता

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि साइप्रसका गैरआवासीय राजदूत