ईश्वर पोखरेललाई ओलीले भने- करकाप र पूर्वसर्त राख्नेहरूसँग सहमति हुँदैन « Khabarhub

ईश्वर पोखरेललाई ओलीले भने- करकाप र पूर्वसर्त राख्नेहरूसँग सहमति हुँदैन


२५ मंसिर २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


255
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको ११ औँ महाधिवेशन करकापपूर्ण सहमतिको प्रयास नहुने बताएका छन् ।

प्रेस चौतारी नेपालले बिहीबार काठमाडौंमा सम्पादकहरूसँग गरेको संवाद कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले भरसक सहमतिबाट नेतृत्व चयन गरिने बताए ।

यदि सहमति हुन नसके करकाप नगरिने पनि उनले बताएका छन् । सहमति नभए स्वच्छ प्रतिष्पर्धा हुने जवाफ ओलीले दिएका छन् ।

उनले प्रतिनिधिहरूले विश्वास गरेमा अध्यक्ष पद निरन्तर हुने स्पष्ट पारे । ‘म थपिनेवालमा पर्दिनँ, निरन्तरतासम्म हुनसक्छ, प्रतिनिधिले नपत्याए म पनि हट्ने सम्भावना हुन सक्छ, लोकतान्त्रिक पार्टीमा आग्रह, जिद्दी र हठले हुँदैन’, उनले भने, ‘त्यसकारण सहमतिमा जाँदा मैले छाड्ने अवस्था भए हट्ने स्थिति बन्न सक्छ, अथवा प्रतिनिधिले साथ नदिए, भोट नदिए हट्ने सम्भावना हुन सक्छ ।’

एमालेविरुद्ध करौँती जस्तो नीति बनाइएको बताउँदै उनले सहमति हुँदा पनि लोकतान्त्रिक अभ्यास रोकेको आरोप लाग्ने र मतदानमा जाँदा पनि भाँडभैलो भयो भन्ने आरोप लाग्ने गरेको सुनाए।

यस पटक दबाब दिएर मिलाउने योजना नभएको बताउँदै उनले स्वच्छ प्रतिष्पर्धा वा बिनाकरकाप नेतृत्व छानिने बनाए ।

केपी ओलीले छाडे सहमति हुन्छ भनेर पूर्वसर्त राख्नेहरूसँग आफ्नो सहमति नहुने ओलीले बताए ।

‘म दबाबमा काम गर्ने मान्छे होइन, उहाँ (उपाध्यक्ष ईश्वर पोखरेल)ले बाहिर-बाहिर उम्मेदवारी घोषणा गरेर हिँड्नु भएको छ, मसँग त कुरा गर्नुभएको छैन ।’

प्रकाशित मिति : २५ मंसिर २०८२, बिहीबार  २ : २३ बजे

सत्तरी हजार गाईभैँसीलाई खोरेतविरुद्धको खोप

चितवन– यहाँका किसानले पालेका ७० हजार पशुचौपायालाई खोरेतविरुद्धको खोप लगाइएको

रास्वपाको प्रथम महाधिवेशनमा प्रधानमन्त्री शाह सहभागी हुने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आगामी असार ७ गतेदेखि

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक हुँदै : १० बजे पत्रकार सम्मेलन

काठमाडौँ – सरकारले मन्त्रिपरिषद् बैठकका पछिल्ला निर्णयहरू शुक्रबार सार्वजनिक गर्ने

मेक्सिको विश्वकपको नकआउटमा

काठमाडौँ – सह-आयोजक मेक्सिको जारी विश्वकप फुटबलको नकआउट चरण (अन्तिम

सम्झौतापछि अमेरिकाले हटायो इरानमाथिको नौसैनिक नाकाबन्दी

काठमाडौं – अमेरिका र इरानबीच भएको नयाँ सम्झौतापछि अमेरिकाले इरानी