खानेपानी संस्थान धनगढीको बक्यौता दुई करोड ३१ लाख « Khabarhub

खानेपानी संस्थान धनगढीको बक्यौता दुई करोड ३१ लाख


२५ मंसिर २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

कैलाली– लामो समयदेखि धनगढीमा खानेपानी वितरण गर्दै आएको नेपाल खानेपानी संस्थानको विभिन्न व्यक्तिगत र सार्वजनिक संस्थाबाट उठाउन बाँकी बक्यौता रकम दुई करोड बढी रहेको छ ।

कार्यालयका लेखा शाखा प्रमुख पंकजकुमार दासका अनुसार विगत लामो समयदेखि आर्थिक वर्ष २०८१-८२ सम्म निजी र सार्वजनिक ग्राहकबाट उठाउन बाँकी रहेको रकम दुई करोड ३१ लाख २४ हजार २५० रहेको छ । निजी ९८५ र सरकारी ४४ गरी एक हजार २९ खानेपानीको सेवा लिएका ग्राहकबाट सो बक्यौता रकम उठाउँन बाँकी रहेको लेखा शाखा प्रमुख दासले बताए । 

त्यसमध्ये सरकारी कार्यालयबाट उठाउन बाँकी रकम ३२ लाख रहेको छ । खानेपानी संस्थान धनगढीले धनगढी उपमहानगरपालिकाभित्रका वडा नं १, २, ३ ,४, ५, ६, ८, ९, १०, ११, १२, १३, १४, १७ र १९ मा आफ्नो सेवा विस्तार गरी खानेपानी वितरण गर्दै आएको छ । केही वडामा भने चालु आर्थिक वर्षबाट खानेपानी वितरणको प्रक्रिया अघि बढाइएको जनाइएको छ ।

विसं २०४६ मा स्थापना भएको नेपाल खानेपानी संस्थान धनगढीले यहाँका आम उपभोक्तालाई दैनिक १८ देखि २० घण्टामा १५ लाख एमएलडी (लिटर) जति पानी वितरण गर्ने गरेको कार्यालयको खानेपानी वितरण शाखाले जनाएको छ । 

खानेपानी संस्थान, धनगढीका हाल १० हजार ४५० सेवाग्राही रहेका छन् । संस्थानले खानेपानी उपभोग गरेबापत मासिक रुपमा न्यूनतम शुल्क रु ११० सेवा शुल्क लिँदै आएको छ ।

प्रकाशित मिति : २५ मंसिर २०८२, बिहीबार  ३ : ३६ बजे

एमाले बैठकमा नेताहरूबीच भनाभन : को एमाले विरोधी, को ओली विरोधी ?

काठमाडौं– नेकपा (एमाले) को शुक्रबार बसेको बैठकमा नेताहरूबीच भनाभन भएको

कारागारबाट फरार भइ चोरीमा संलग्न एक व्यक्ति पक्राउ

काठमाडौं– जिल्ला प्रहरी परिसर काठमाडौंले चोरीको १० लाख २३ हजार

तेस्रो वातावरणीय मानवअधिकार रक्षक सम्मेलन सम्पन्न

भक्तपुर– यसवर्षको तेस्रो वातावरणीय मानवअधिकार रक्षक सम्मेलन शुक्रबार चाँगुनारायण नगरपालिकामा

प्रतिनिधिसभा निर्वाचन : समानुपातिकतर्फ दललाई चुनाव चिह्न प्रदान

काठमाडौं– आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य

आज देशभरको मौसम सफा रहने

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल