काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ को दोस्रो बिहीबार जारी दोस्रो क्वालिफायरमा लुम्बिनी लायन्सका सुरुवाती ३ ब्याटर विराटनगरका सुवास भण्डारीको बलको शिकार भएका छन् ।
सुवासले तेस्रो विकेटका रुपमा डी आर्सी सर्टलाई आउट गराएका हुन् । सर्टले ४१ बलमा ३ चौका १ छक्काको सहयोगमा ४५ रन बनाए । सुवाले उनलाई मार्टिन गुप्टिलमार्फत् क्याच गराए ।
विराटनगरले ९ ओभर २ बलको लामो संघर्षपछि लुम्बिनी लायन्सको दोस्रो विकेट लिएको थियो ।
सुवासले नै दोस्रो विकेटका रुपमा कप्तान रोहित पौडेललाई आउट गराएका हुन् ।
११ ओभरको दोस्रो बलमा आउट भएका रोहितले ३४ रन जोडे । उनले ३० बल सामान गर्दा २ चौका र २ छक्का प्रहार गरे ।
पहिलो विकेटकाका रुपमा दोस्रो ओभरको अन्तिम बलमा ओपनर दिनेश अधिकारी आउट भएका थिए ।
५ बल सामना गरेर १ रन बनाएको अवस्थामा उनी विराटनगरका सुवासकै बलमा साम हिजलेटमार्फत् क्याट आउट भए ।
खेलमा १४ ओभरको पाँचौ बलमा पुग्दा लुम्बिनी ४ विकेटको क्षतिमा ९७ रनको अवस्थामा छ ।
चौथो विकेटका रुपमा कप्तान सन्दीप लामिछाने सन्दीप जोराको विकेट लिएका हुन् । जोरा २ बल सामना गर्दा सन्दीपको बलमा मर्चेन्ट डी ल्याङ्गेमार्फत् क्याच आउट भए ।
त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा विराटनगरले टस जिते र लुम्बिनीलाई पहिलो ब्याटिङको निम्तो दिएको हो ।













प्रतिक्रिया