रानीबारीका कवाडी संकलन केन्द्रमा महानगरको डोजर (तस्बिरहरू) « Khabarhub

रानीबारीका कवाडी संकलन केन्द्रमा महानगरको डोजर (तस्बिरहरू)


२५ मंसिर २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं महानगरपालिकाले रानीबारी क्षेत्रमा सञ्चालित कवाडी संकलन केन्द्रमा डोजर चलाएर हटाएको छ । 

महानगरका अनुसार उक्त संकलन केन्द्र भारतको बिहारका राम साहले सञ्चालन गर्दै आएका थिए । धेरै पटक हटाउन अनुरोध गर्दा पनि अटेरी गरेपछि अन्ततः डोजर सञ्चालन गरिएको महानगरले जनाएको छ ।

करिब ४–५ आना जग्गा भाडामा लिएर सो कवाडी संकलन केन्द्र सञ्चालन गरिएको थियो । यता, कवाडी व्यापारीहरूका अनुसार पैसा नदिई एकै पटक च्यातिदिएको आरोप पनि महानगरमाथि लागेको छ ।

महानगरले चक्रपथभित्र कवाडी संकलन केन्द्र नराख्न आग्रह गर्दै आएको छ । 

यसअघि पनि महानगरले चक्रपथभित्रका विभिन्न स्थानमा सञ्चालनमा रहेका यस्ता केन्द्रहरू हटाएको थियो ।

तस्बिरहरू: नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : २५ मंसिर २०८२, बिहीबार  ५ : १५ बजे

लुम्बिनीविरुद्ध सङ्कटमा विराटनगरको इनिङ

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो क्वालिफायर खेलमा विराटनगर किङ्गसको

शिवं सिमेन्टले साँढे १२ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं– शिवं सिमेन्ट लिमिटेडको आर्थिक वर्ष २०८१/२०८२ को वार्षिक साधारण

विदेशी नागरिक र कालोसूचीकालाई उडाउनेसहित यी विषयमा अनुसन्धान गरिरहेको छ अख्तियार

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भिजिट भिसा प्रकरणसँग सम्बन्धित व्यक्तिहरूमाथि

नुवाकोट–१ मा प्रतिनिधि सभाका लागि डा. प्रकाशशरण महत एकल सिफारिस

काठमाडौं– नुवाकोट क्षेत्र नं–१ बाट प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फ नेपाली कांग्रेसका