भिजिट भिसा प्रकरण : ८० लाख बिगो माग गर्दै तीर्थराज भट्टराईसहित ७ जनाविरुद्ध मुद्दा दायर « Khabarhub

भिजिट भिसा प्रकरण : ८० लाख बिगो माग गर्दै तीर्थराज भट्टराईसहित ७ जनाविरुद्ध मुद्दा दायर


२५ मंसिर २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भिजिट भिसा प्रकरणमा सहसचिव तीर्थराज भट्टराई सहित ७ जना विरुद्ध मुद्दा दायर गरेको छ । आयोगले भिजिट भिसामा विदेश जाने नेपालीहरूसँग घुस रिसवत लिएको आरोपमा सहसचिव तीर्थराज भट्टराईसहित ७ जनाविरुद्ध बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

आयोगले सहसचिव तीर्थराज भट्टराईसँग ७९ लाख ८० हजार बिगो र भ्रष्टाचार निवारण ऐन, २०५९ (पहिलो संशोधन) को दफा ३ को उपदफा ९१० को देहाय (च) बमोजिम कैद समेत माग गरेको छ । 

तत्कालीन अध्यागमन अधिकृत यज्ञराज अर्यालसँग ८ लाख, ग्रिनलाईज होलिडेज कम्पनी र उक्त कम्पनीका अध्यक्ष बालकृष्ण खड्कासँग ३० लाख २० हजार र फेमिली होलिडेज ट्राभल्स एन्ड टुर्सका संस्थापक सेयर सदस्य दीपक भण्डारीसँग १० लाख ६० हजार बिगो माग गर्दै आयोगले मुद्दा दायर गरेको छ ।

त्यस्तै, आयोगले ग्रिनलाइन होलिडेजका तत्कालीन संस्थापक सेयर सदस्य राम खड्कासँग ३० लाख २० हजार, कविता पौडेलसँग ७९ लाख ८० हजार र खेमप्रसाद सुवेदीसँग ७९ लाख ८० हजार रुपैयाँ बिगो माग गर्दै मुद्दा दायर गरेको छ ।

प्रकाशित मिति : २५ मंसिर २०८२, बिहीबार  ५ : १३ बजे

कांग्रेसको परिपत्र : निर्वाचनमा एकताबद्ध भएर लाग्न निर्देशन

काठमाडौं- नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै पार्टीका

नेता होइन, मधेशको बेटा बन्न सर्लाही आएँ : गगन थापा

सर्लाही- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफू मधेशको बेटा बन्नका

निर्वाचन आयोगमा बालेन शाहविरुद्ध उजुरी

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता तथा झापा–५ मा

माघ तेस्रो सातादेखि एचपीभी खोप लगाइँदै

काठमाडौं- सरकारले यस वर्ष पनि पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा

चोरीको मोटरसाइकलसहित एकजना पक्राउ

काठमाडौं- ट्राफिक प्रहरीले चोरीको मोटरसाइकलसहित एकजनालाई नियन्त्रणमा लिएको छ ।