२५ केन्द्रीय सदस्य पदका लागि यी यस्ता छन् युवा आकांक्षी  « Khabarhub

एमाले महाधिवेशन 

२५ केन्द्रीय सदस्य पदका लागि यी यस्ता छन् युवा आकांक्षी 


२५ मंसिर २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


201
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनपछि महाधिवेशन गर्न लागेको नेकपा एमालेले यो पटक केन्द्रीय कमिटीमा २५ जना युवा सहभागिता गराउने तयारी गरेको छ।

एमाले कमिटीमा १० प्रतिशत  युवा सहभागी गराउँदा २५ जना युवा केन्द्रीय कमिटीमा समेटिने योजना रहेको उपमहासचिव प्रदीप  ज्ञवाली बताउँछन्।

ज्ञवालीका अनुसार १० प्रतिशत भन्दा कम युवाको प्रतिनिधित्व केन्द्रीय कमिटीमा नहुने दाबी गर्छन् । यता एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य पनि करिब २५–३० जना युवाहरू यो पटक केन्द्रीय कमिटीमा आउने दाबी गर्छिन्।

एमालेको महाधिवेशनमा अहिले १६५ निर्वाचन क्षेत्रबाट एक-एकजना युवा प्रतिनिधि छानिएर आएका छन्। महाधिवेशन प्रतिनिधिको आकार हेर्दा विशेष लगायत गैर भौगोलिक कमिटीबाट पनि युवाको प्रतिनिधित्व अहिलेको महाधिवेशनमा हुने देखिन्छ । 

जन वर्गीय संगठन र विभागहरूबाट समेत एक-एक जना युवा प्रतिनिधित्व हुँदा नयाँ बन्ने २५१ केन्द्रीय कमिटीमा २५ जनाभन्दा बढी युवा सहभागिता हुने ज्ञवालीको भनाइ छ। युवा सहभागिता हुने भएपछि उत्साह देखिएको छ।

अहिले एमालेको युवा पङ्क्तिहरू च्यासल र एमाले अध्यक्ष ओलीको निवास गुण्डु र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको सम्पर्क कार्यालय थापा गाउँमा दिनहुँजसो देखिन थालेका छन्। कारण, अध्यक्षमा दुई नेताले प्रतिस्पर्धा गर्ने भएपछि कुन नेताको नजिक हुँदा आफ्नो पद सुरक्षित हुन्छ भनेर उनीहरू जोखाना हेरिरहेका छन् । 

नेताहरूकहाँ धाउनेदेखि सहयोगी र महाधिवेशन प्रतिनिधिसँग छलफलमा उनीहरू व्यस्त छन् ।  खबरहबसँग कुरा गर्दै पूर्वसांसद तथा इलामबाट प्रतिनिधि छानिएका सुहाङ नेम्बाङले केन्द्रीय कमिटीमा युवा प्रतिनिधित्वको विषयमा छलफल भइरहेको बताउँछन् । 

यता अखिलकी पूर्वअध्यक्ष नवीना लामा पनि आफू केन्द्रीय सदस्यको उम्मेदवार रहेकाले युवा सहभागिता र उपस्थितिको विषयमा पार्टीमा छलफल भइरहेको बताउँछिन् । 

यहाँ हामीले को को युवा नेता आगामी एघारौँ महाधिवेशनको केन्द्रीय कमिटीमा उम्मेदवारी दिन्छन् भन्ने विषयमा प्रारम्भिक सूची तयार पारेका छौँ ।

 को–को छन् ? 

पूर्वबाट इलामका पूर्व प्रतिनिधि सभा सदस्य सुहाङ नेम्बाङले उम्मेदवारी दिने खबरहबलाई बताए । युवा संघका केन्द्रीय अध्यक्ष ताप्लेजुङका क्षितिज थेबे पनि उम्मेदवार हुने तयारी गरेको बताउँछन् ।

यस्तै पाँचथरकी  कल्पना वाइबा, झापाकी पूर्वसांसद सुनिता बराल पनि केन्द्रीय सदस्यमा प्रतिस्पर्धा तयारीमा छन् । सुनसरीबाट लोकेश निरौला पनि केन्द्रीय सदस्यको उम्मेदवारी दिने तयारीमा छन् ।  

बागमतीबाट पूर्व अखिल सचिव सञ्जीव धिताल पनि केन्द्रीय सदस्यका उम्मेदवार हुने तयारीमा छन् । यस्तै काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोल पनि उम्मेदवारी दिने तयारीमा छिन् । गोरखाबाट २०७९ को निर्वाचनमा उम्मेदवारी दिएका अब्दुस मिया पनि केन्द्रीय सदस्यका दाबेदार छन् । 

अखिलका नेता नरेश रोकाया, नारायण घर्ती पनि केन्द्रीय सदस्यका उम्मेदवार हुन् । सुदूरपश्चिमबाट गोविन्द गिरी पनि उम्मेदवारी दिने तयारीमा छन् ।  उनी बझाङका हुन् ।

यता म्याग्दीका युवा नेता प्रकाश पौडेल पनि उम्मेदवार हुने योजनामा छन् । उनी अखिलको महाधिवेशनमा ७ मतले पराजित भएका थिए । प्रकाश सामाजिक अभियन्ताका रुपमा गण्डकीसहित देशभर चर्चित अनुहार हुन् ।

अखिलबाट आएकी नेतृ कमला बोहरा कञ्चनपुरबाट प्रतिनिधि छन् । उनी पनि दोस्रो पटक केन्द्रीय सदस्यको दाबेदार हुन् । यता जुम्लाको महिला क्लस्टरबाट प्रतिनिधि बनेर आएकी मेनका पछाई पनि केन्द्रीय सदस्यमा पुग्न चाहन्छिन् । अखिलका पूर्वकेन्द्रीय सदस्य दानसिंह परियार, सुशील थापा पनि केन्द्रमा तानिने योजनामा छन् । 

त्यस्तै, दैलेखको आठबिस नगरपालिकाकी उपमेयर कल्पना थापा पनि उम्मेदवारी दिने तयारीमा रहेको बताउँछिन् ।

नेता जेनिस लामा, नवराज ओझा, अधिवक्ता राधिका खतिवडा लगायतका युवा अहिले केन्द्रीय कमिटीमा आउने लबिङमा छन् । यस्तै पूर्व केन्द्रीय सदस्य उषाकिरण तिमल्सेना लगायतका नेताहरू पनि केन्द्रीय सदस्यमा दोहिरिन चाहन्छन् । 

केन्द्रीय सदस्य हुनका लागि संगठन र पार्टीको काममा लागेको । जनसंगठको भूमिकाका काम गरेर मान्छे समेट्न खोजिएको छ । 

‘माथिल्लो तहबाट काम गरेको अनुभव भएको व्यक्ति पनि चाहिन्छ । अनुभव पनि त हुनुपर्छ नि’, एमालेका सचिवालयका एक नेता भन्छन्, ‘केन्द्रीय सदस्य बनेको छ, केही अनुभव नै छैन भने त्यस्तालाई बनाएर काम छैन ।’

एमालेको तयारी हेर्दा सकेसम्म सहमति गरेर युवा छान्ने नसके निर्वाचन नै गराएर केन्द्रीय सदस्य छान्ने देखिन्छ ।

प्रकाशित मिति : २५ मंसिर २०८२, बिहीबार  ७ : ३३ बजे

राजावादीमा निरन्तर फुट : तीन पूर्वअध्यक्षसहितले बहिष्कार गरे राप्रपा केन्द्रीय समिति बैठक

काठमाडौं- धवल शमशेर जबरा नयाँ पार्टी खोल्न गएयता राष्ट्रिय प्रजातन्त्र

ब्राजिललाई स्तब्ध बनाउन सक्ला हाइटीले ?

काठमाडौं– शनिबार हुन लागेका खेलहरूले उत्तर अमेरिकामा जारी विश्वकप अन्तर्त

चलचित्र उद्योगले नेपालको आर्थिक विकासमा थप योगदान पुर्‍याउन सक्छ : राष्ट्रपति पौडेल

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली चलचित्र उद्योगले नेपालको आर्थिक विकासमा

निःशुल्क उपचारको विवरण सार्वजनिक गर्न सबै अस्पताललाई सरकारको निर्देशन

काठमाडौं– सरकारले देशभरका सरकारी, निजी तथा सामुदायिक अस्पतालहरूलाई विपन्न, असहाय

केन्द्रबिन्दु एजुकेसन एक्सिलेन्स अवार्ड सम्पन्न, उत्कृष्ट शैक्षिक संस्था र व्यक्तित्वलाई सम्मान

काठमाडौं- केन्द्रबिन्दु अनलाइन मिडिया प्रालिको आयोजनामा ‘चौथो केन्द्रबिन्दु एजुकेसन एक्सिलेन्स