भारतमा १२ वर्षीय नेपाली बालक मृत भेटिए, मिर्गौला झिकेर हत्या गरेको आशंका « Khabarhub

भारतमा १२ वर्षीय नेपाली बालक मृत भेटिए, मिर्गौला झिकेर हत्या गरेको आशंका


२५ मंसिर २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


399
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अछामको ढकारी गाउँपालिका–२ फाँटाबगर घर भई हाल भारतको पुना बस्दै आएका ११ वर्षीय प्रकाश सार्की शंकास्पद अवस्थामा मृत भेटिएका छन्। उनी बुधबार साँझदेखि बेपत्ता भएको परिवारले जनाएका थिए।

प्रकाशका बुबा डबले सार्कीका अनुसार उनी साँझतिर अचानक सम्पर्कविहीन बनेपछि परिवार र नेपाली समुदायका सदस्यले रातभर खोजी गरेका थिए। तर, जानकारी नपाएपछि बिहिबार बिहान खोजी अघि बढाइएको थियो।

बिहान खोजतलासका क्रममा प्रकाश बस्ने कोठाबाट केही दूरीको रेल्वे ट्र्याकनजिक उनको शव भेटिएको भारतीय प्रहरीले पुष्टि गरेको छ। 

घटनास्थलमा प्रकाशको दुवै मिर्गौला निकालिएको अवस्थामा शव भेटिएपछि यो घटना आपराधिक समूहको संलग्नतासँग जोडिएको हुनसक्ने आशंका प्रहरीले गरेको  छ।

उनको पेटको बायाँ भागमा ठूलो खत रहेकाले मिर्गौला झिकेर मारिएको आशंका गरिएको छ । तर यसबारे पुष्टि नभएको ढकारी गाउँपालिका वडा नं २ का सचिव तिलक भट्टराईले जानकारी दिएका छन् । 

प्रकाशको शव पोष्टमार्टमका लागि पुनाको एउटा अस्पतालमा राखिएको छ। घटनाको सत्यतथ्य पत्ता लगाउने प्रयास गरिरहेको उनले बताएका छन् ।

खबरहबसँग कुरा गर्दै तिलकले भने, ‘सामाजिक सञ्जालबाट जानकारी पाएपछि मृतकका बुवासँग सम्पर्क गर्ने प्रयास गर्दा कुरा हुन सकेन । शवको प्रकृति हेर्दा कुनै गिरोहले मिर्गौला झिकेर ज्यान लिएको जस्तो देखिएको छ ।

भारतीय प्रहरीले अहिले घटनास्थल सिल गर्दै अनुसन्धान अगाडि बढाइरहेका छन्। प्रारम्भिक आधारमा शवको अवस्था र भेटिएको प्रमाण हेर्दा मानव अंग तस्करीसँग सम्बन्धित क्रूर हत्या भएको अनुमान गरिन थालेको छ।

यस घटनाले पुनामा बस्दै आएका नेपाली समुदाय त्रसित बनेका छन्। परिवारले घटनाको निष्पक्ष अनुसन्धान र दोषीलाई कडा कारबाहीको माग गरेका छन्। भारतीय प्रहरीले पोस्टमार्टम रिपोर्ट आएपछि घटनाबारे थप जानकारीमा स्पष्टता आउने जनाएको छ ।

प्रकाशित मिति : २५ मंसिर २०८२, बिहीबार  ७ : ५२ बजे

अन्य शीर्ष नपुग्दा लिङदेन पुगे एमाले महाधिवेशनमा

काठमाडौं– नेकपा एमालेको ११औँ महाधिवेशनमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र

देउवा, प्रचण्ड र माधवपछि कमल थापा पनि एमालेको महाधिवेशन उद्घाटनमा सहभागी नहुने

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा नेपाल) का अध्यक्ष कमल थापा

भोजपुरको काफ्ले डाँडालाई पर्यटकीय क्षेत्रका रुपमा विकास गरिँदै

भोजपुर– सदरमुकाम नजिकै रहेको काफ्ले डाँडालाई पर्यटकीय क्षेत्रका रूपमा विकास

महाधिवेशनस्थलमा पुगे अध्यक्ष ओली  

काठमाडौं–  नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनको उद्घाटनस्थलमा पार्टी अध्यक्ष

अष्ट्रेलियामा १६ वर्षमुनिका लागि सामाजिक सञ्जालमा कडाइ, ७९ प्रतिशत समर्थन

एजेन्सी– अष्ट्रेलियामा धेरै मानिसले सङ्घीय सरकारले लगाएको १६ वर्षमुनिका बालबालिकाको