भारतमा १२ वर्षीय नेपाली बालक मृत भेटिए, मिर्गौला झिकेर हत्या गरेको आशंका « Khabarhub

भारतमा १२ वर्षीय नेपाली बालक मृत भेटिए, मिर्गौला झिकेर हत्या गरेको आशंका


२५ मंसिर २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


405
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अछामको ढकारी गाउँपालिका–२ फाँटाबगर घर भई हाल भारतको पुना बस्दै आएका ११ वर्षीय प्रकाश सार्की शंकास्पद अवस्थामा मृत भेटिएका छन्। उनी बुधबार साँझदेखि बेपत्ता भएको परिवारले जनाएका थिए।

प्रकाशका बुबा डबले सार्कीका अनुसार उनी साँझतिर अचानक सम्पर्कविहीन बनेपछि परिवार र नेपाली समुदायका सदस्यले रातभर खोजी गरेका थिए। तर, जानकारी नपाएपछि बिहिबार बिहान खोजी अघि बढाइएको थियो।

बिहान खोजतलासका क्रममा प्रकाश बस्ने कोठाबाट केही दूरीको रेल्वे ट्र्याकनजिक उनको शव भेटिएको भारतीय प्रहरीले पुष्टि गरेको छ। 

घटनास्थलमा प्रकाशको दुवै मिर्गौला निकालिएको अवस्थामा शव भेटिएपछि यो घटना आपराधिक समूहको संलग्नतासँग जोडिएको हुनसक्ने आशंका प्रहरीले गरेको  छ।

उनको पेटको बायाँ भागमा ठूलो खत रहेकाले मिर्गौला झिकेर मारिएको आशंका गरिएको छ । तर यसबारे पुष्टि नभएको ढकारी गाउँपालिका वडा नं २ का सचिव तिलक भट्टराईले जानकारी दिएका छन् । 

प्रकाशको शव पोष्टमार्टमका लागि पुनाको एउटा अस्पतालमा राखिएको छ। घटनाको सत्यतथ्य पत्ता लगाउने प्रयास गरिरहेको उनले बताएका छन् ।

खबरहबसँग कुरा गर्दै तिलकले भने, ‘सामाजिक सञ्जालबाट जानकारी पाएपछि मृतकका बुवासँग सम्पर्क गर्ने प्रयास गर्दा कुरा हुन सकेन । शवको प्रकृति हेर्दा कुनै गिरोहले मिर्गौला झिकेर ज्यान लिएको जस्तो देखिएको छ ।

भारतीय प्रहरीले अहिले घटनास्थल सिल गर्दै अनुसन्धान अगाडि बढाइरहेका छन्। प्रारम्भिक आधारमा शवको अवस्था र भेटिएको प्रमाण हेर्दा मानव अंग तस्करीसँग सम्बन्धित क्रूर हत्या भएको अनुमान गरिन थालेको छ।

यस घटनाले पुनामा बस्दै आएका नेपाली समुदाय त्रसित बनेका छन्। परिवारले घटनाको निष्पक्ष अनुसन्धान र दोषीलाई कडा कारबाहीको माग गरेका छन्। भारतीय प्रहरीले पोस्टमार्टम रिपोर्ट आएपछि घटनाबारे थप जानकारीमा स्पष्टता आउने जनाएको छ ।

प्रकाशित मिति : २५ मंसिर २०८२, बिहीबार  ७ : ५२ बजे

यातायात कानुनलाई लगानीकर्ता र यात्रुमैत्री बनाइनेछ : मुख्यमन्त्री बानियाँ

मकवानपुर– बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सडक यातायात क्षेत्रका समस्या

प्रतिनिधिसभामा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले समसामयिक विषयमा सदन र सरकारको

मानव-वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि पहल थालेका छौँ : वनमन्त्री चौधरी

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले मानव-वन्यजन्तु द्वन्द्वबाट प्रभावित

संवैधानिक निकायका प्रतिवेदन कार्यान्वयन गर्न सरकार प्रतिबद्ध छ : मन्त्री गौतम

काठमाडौं– कानुन न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले संवैधानिक निकाय

ठगीमा परेका ८३६ नेपालीको उद्धार गरेका छौँ : परराष्ट्र

काठमाडौं– दक्षिण पूर्वी एसियाका विभिन्न मुलुकमा सञ्चालित अनलाइन स्क्यामिङ सेन्टरमा