भिजिट भिसा प्रकरण : रमेश लेखकका दुई सचिवको अध्यागमनका अधिकारीसँग अस्वभाविक सम्पर्कको खुलासा « Khabarhub

भिजिट भिसा प्रकरण : रमेश लेखकका दुई सचिवको अध्यागमनका अधिकारीसँग अस्वभाविक सम्पर्कको खुलासा


२५ मंसिर २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


234
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भिजिट भिसा प्रकरणमा बिहीबार मुद्दा दायर गर्दै उक्त प्रकरणमा उच्च पदस्थ अधिकारीको संलग्नतामाथि छुट्टै अनुसन्धान गरिरहेको जनाएको छ ।

अख्तियारले भिसा प्रकरणमा तत्कालीन सहसचिव तीर्थराज भट्टराई सहित ७ जना विरुद्ध घुस रिसवत लिएको विषयमा र ३ जना विरुद्ध सम्पत्ति शुद्धिकरणमा मुद्दा दायर गर्दै सो प्रकरणमा उच्च पदस्थ अधिकारीको संलग्नता लगायत विभिन्न विषयमा छुट्टै अनुसन्धान भइरहेको जनाएको हो ।

तत्कालीन गृहमन्त्री रमेश लेखकको निजी सचिव बद्रीप्रसाद तिवारी तथा स्वकीय सचिव जनक भट्टको अध्यागमन प्रमुख तथा सहसचिव तीर्थराज भट्टराईसँग अस्वभाविक सम्बन्ध रहेको भेटिएको भन्दै गैरकानुनी लेनदेन समेत भएको हुनसक्ने देखिएकाले अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ । 

‘निज प्रतिवादी तीर्थराज भट्टराईको तत्कालीन गृहमन्त्री, गृह सचिव, अध्यागमन विभागका महानिर्देशक, तत्कालीन शान्ति सुरक्षा हेर्ने महाशाखाका प्रमुखसँग गैरकानुनी रकम लेनदेन भएको हुन सक्ने देखिएकोले बदनियतपूर्वक सेटिङ गरी भिजिट भिसामा विदेश पठाउन तत्कालीन गृहमन्त्री, गृहसचिव, अध्यागमन हेर्ने गृह मन्त्रालयका महाशाखा प्रमुख, गृह मन्त्रालयका प्रशासन हेर्ने महाशाखाका प्रमुख, शाखा प्रमुख, गृहमन्त्रीका निजी सचिव, स्वकीय सचिव, गृह सचिवका सचिवालय र अन्य राष्ट्रसेवकहरू संलग्नताको सम्बन्धमा अनुसन्धान भई रहेको’, अख्तियारले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति : २५ मंसिर २०८२, बिहीबार  ५ : ५३ बजे

बागमतीमा नयाँ सरकारको संकट उस्तै : राप्रपाको विवाद र नेकपाको असन्तुष्टिबीच बहिष्कार गर्न कांग्रेस ह्विप

हेटौँडा- बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले मंगलबार फेरि प्रदेशसभाबाट

नाडा अटो शोमा यामाहाका नयाँ भेरियन्ट सार्वजनिक हुँदै

काठमाडौं– यामाहाले नयाँ भेरियन्टहरू नाडा अटो शो २०२६ मा सार्वजनिक गर्ने

एक्सन दृश्य केन्द्रमा राखेर निखिलले सार्वजनिक गरे ‘आचार्य’को टिजर

काठमाडौं – नायक निखिल उप्रेतीको निर्देशनमा बनेको फिल्म ‘आचाय’को टिजर

गैरकानुनी सम्पत्ति आर्जन गर्ने सर्भेक्षक सुडीमाथि भ्रष्टाचार मुद्दा दायर

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय, नवलपरासी (बर्दघाट–सुस्ता–पश्चिम) मा

महिला प्रहरीमाथि हातपात गर्ने युवक नियन्त्रणमा

काठमाडौं– काठमाडौँको बानेश्वरमा ड्युटीमा खटिएकी महिला प्रहरीमाथि हातपात गरेको आरोपमा