‘निर्वाचनका साथै भ्रष्टाचारविरुद्धको कारबाहीलाई पनि अघि बढाइरहेका छौँ’ « Khabarhub

‘निर्वाचनका साथै भ्रष्टाचारविरुद्धको कारबाहीलाई पनि अघि बढाइरहेका छौँ’


२५ मंसिर २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचनका साथै भ्रष्टाचारविरुद्धको कारबाहीलाई पनि सँगसँगै अघि बढाइरहेको बताएकी छन् ।  

बिहीबार सिंहदरबारमा जय मातृभूमि पार्टीको एक प्रतिनिधिमण्डलसँगको भेटका क्रममा प्रधानमन्त्री कार्कीले सरकारको ध्यान निर्वाचनमा केन्द्रित भए पनि भ्रष्टाचारविरुद्धको कारबाहीलाई पनि सँगसँगै अघि बढाइरहेको बताएकी हुन् ।

उनले राजनीति गर्नेहरूले केवल भाषण गरेर विचार मात्रै पोख्ने गरेकाले अब मुलुकमा उत्पादनलाई केन्द्रमा राखेर काम गर्ने पार्टीको आवश्यकता रहेको पनि बताइन् । 

त्यस्तै उनले राम्रो काम गर्ने र देशको आर्थिक समृद्धि तथा सुशासनका निम्ति प्रतिबद्ध सांसद जिताएर संसदमा पठाउन सुझाव दिइन् ।

भेटका क्रममा जय मातृभूमि पार्टीका वरिष्ठ नेता क्याप्टेन केबी लिम्बू, सहअध्यक्ष रामशरण पाण्डे, महासचिव गोविन्द गिरी लगायतको टोलीले प्रधानमन्त्रीलाई ज्ञापन पत्र समेत बुझाएको थियो ।

पार्टीले निर्वाचनको वातावरण बनाउन जेन-जी आन्दोलनका दमनकारी र भ्रष्टाचारीमाथि शीघ्र कारबाही हुनुपर्ने माग पनि राखेको भने सरकारको मूल मुद्दा नै भ्रष्टाचारविरुद्धको कारबाही रहेकाले यसैमा केन्द्रित रहेर आफ्ना काम–कारबाही अघि बढाउन सुझाव दिएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । 

प्रकाशित मिति : २५ मंसिर २०८२, बिहिबार  ६ : १६ बजे

कर्णालीले गुमायो तेस्रो विकेट

काठमाडौँ- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

सुडानमा ड्रोन हमला : २१ जनाको मृत्यु, ४० भन्दा बढी घाइते

खार्तुम- सुडानको पश्चिमी डार्फर क्षेत्रमा पर्ने न्याला सहरको एक बजारमा सोमबार

कृषि उत्पादन ओसार्न अझै पनि बैलगाडाकै भर

सप्तरी– मधेस प्रदेशको सप्तरी लगायतका जिल्लाका ग्रामीण भेगमा कृषिजन्य सामग्री

उपराष्ट्रपति यादवसँग जर्मनीका राजदूतको भेटवार्ता

काठमाडौँ– उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि सङ्घीय गणतन्त्र जर्मनीका राजदूत

कर्णालीले गुमायो दुई विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली