‘तीन हप्तामा एक लाख ४६ हजार भन्दा बढी अफगानी शरणार्थी स्वदेश फिर्ता’ « Khabarhub

‘तीन हप्तामा एक लाख ४६ हजार भन्दा बढी अफगानी शरणार्थी स्वदेश फिर्ता’


२५ मंसिर २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– पछिल्लो १८ दिनमा इरान, पाकिस्तान र टर्कीबाट एक लाख ४६ हजार १५२ सदस्यसहित १५ हजार ९८९ अफगान परिवार स्वदेश फर्केको अफगानिस्तानको शरणार्थी तथा स्वदेश फिर्ती मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार फर्कनेहरू पश्चिमी हेरात प्रान्तको इस्लाम काला, पूर्वी नङ्गरहार प्रान्तको तोरखाम, दक्षिणी कान्दाहार प्रान्तको स्पिन बोल्डक, पश्चिमी निमरोज प्रान्तको पुल–ए–अब्रेसम र एयरपोर्टहरू हुँदै अफगानिस्तानमा प्रवेश गरेका थिए ।

सबै फर्केका परिवारहरूले खाना, पिउने पानी, स्वास्थ्य सेवा र आफ्नो गन्तव्यमा पुग्न निःशुल्क यातायातसहित तत्काल सहायता प्राप्त गरेको जनाइएको छ ।

संयुक्त राष्ट्रसङ्घीय शरणार्थी उच्चायुक्तले यस वर्ष अहिले सम्म इरान, पाकिस्तान र अन्य देशबाट करिब २७ लाख अफगान नागरिक स्वदेश फर्केको बताउनु भएको छ । बाँकी अनुमानित ६० लाख अफगान शरणार्थीहरू, मध्ये अधिकांश कागजातविहीन छन् भने उनीहरु मुख्यतया इरान र पाकिस्तानमा रहेका छन् ।  

प्रकाशित मिति : २५ मंसिर २०८२, बिहिबार  ६ : १६ बजे

कर्णालीले गुमायो तेस्रो विकेट

काठमाडौँ- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

सुडानमा ड्रोन हमला : २१ जनाको मृत्यु, ४० भन्दा बढी घाइते

खार्तुम- सुडानको पश्चिमी डार्फर क्षेत्रमा पर्ने न्याला सहरको एक बजारमा सोमबार

कृषि उत्पादन ओसार्न अझै पनि बैलगाडाकै भर

सप्तरी– मधेस प्रदेशको सप्तरी लगायतका जिल्लाका ग्रामीण भेगमा कृषिजन्य सामग्री

उपराष्ट्रपति यादवसँग जर्मनीका राजदूतको भेटवार्ता

काठमाडौँ– उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि सङ्घीय गणतन्त्र जर्मनीका राजदूत

कर्णालीले गुमायो दुई विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली