कुण्डेश्वर महादेव मन्दिरलाई धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गरिने « Khabarhub

कुण्डेश्वर महादेव मन्दिरलाई धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गरिने


२५ मंसिर २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडौं र सिन्धुपाल्चोक जिल्लाको सीमामा रहेको कुण्डेश्वर महादेव मन्दिर क्षेत्रलाई धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गरिने भएको छ ।

काठमाडौंको शङ्खरापुर नगरपालिका– १, २ र सिन्धुपाल्चोकको मेलम्ची नगरपालिक– १ र १२ को सीमा क्षेत्रमा पर्ने कुण्डेश्वर महादेव मन्दिर ऐतिहासिक, पौराणिक, धार्मिक दृष्टिले महत्वपूर्ण मानिन्छ । यहाँ सतीदेवीको मृगौला पतन भई शिव शक्तिस्वरुपले रहेको पौराणिक मान्यता छ ।

यहाँको ठूलो ढुङ्गामा रहेको पानीको कुण्ड कहिल्यै पानी नसुक्ने स्थानीय गणेश धिमालले बताए । यसो हुनुमा कुनै दैवी शक्तिले काम गरेको स्थानीवासी विश्वास गर्छन् ।

यस क्षेत्रको धार्मिक महत्वकाबारेमा प्रचारप्रसार गरी पूर्वाधार निर्माणका लागि सहयोग जुटाउने उद्देश्यले गरिएको श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ बुधबार सम्पन्न भएको छ ।

समापन कार्यक्रममा शङ्खरापुर नगरपालिकाका नगर प्रमुख रमेश नापित र मेलम्ची नगरपालिकाका नगर प्रमुख आइतमान तामाङले यहाँसम्म कालोपत्र सडक निर्माणका लागि सहयोग गर्ने प्रतिबद्धता जनाए ।महायज्ञबाट करिब रु आठ लाख सङ्कलन भएको जनाइएको छ ।

प्रकाशित मिति : २५ मंसिर २०८२, बिहीबार  ९ : १४ बजे

ओली र बालेनलाई चुनावमा पछार्ने हो : हर्क सम्पाङ

काठमाडौँ – श्रम, संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले फागुन २१

दाङमा बस र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

घोराही (दाङ) – दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा

ख्वप अस्पतालमा सिटीस्क्यान सेवा सुरु

भक्तपुर- यहाँस्थित ख्वप अस्पतालमा आजदेखि सिटीस्क्यान सेवा सञ्चालनमा आएको छ।

सात हजार यात्रीलाई सुरक्षित तरिकाले जेब्राक्रसिङबाट बाटो काट्न सिकाइयो

काठमाडौं- ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा आज सात हजार ९८७ पैदलयात्रीलाई

हेटौँडामा सडक विस्तारको विरोध गर्दै कुलमानको पार्टी छोडिन्, हर्कको पार्टीबाट लिइन् टिकट

काठमाडौँ – हेटौँडा सडक विस्तारको विरोध गर्दै उज्यालो नेपाल पार्टी