कुण्डेश्वर महादेव मन्दिरलाई धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गरिने « Khabarhub

कुण्डेश्वर महादेव मन्दिरलाई धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गरिने


२५ मंसिर २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडौं र सिन्धुपाल्चोक जिल्लाको सीमामा रहेको कुण्डेश्वर महादेव मन्दिर क्षेत्रलाई धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गरिने भएको छ ।

काठमाडौंको शङ्खरापुर नगरपालिका– १, २ र सिन्धुपाल्चोकको मेलम्ची नगरपालिक– १ र १२ को सीमा क्षेत्रमा पर्ने कुण्डेश्वर महादेव मन्दिर ऐतिहासिक, पौराणिक, धार्मिक दृष्टिले महत्वपूर्ण मानिन्छ । यहाँ सतीदेवीको मृगौला पतन भई शिव शक्तिस्वरुपले रहेको पौराणिक मान्यता छ ।

यहाँको ठूलो ढुङ्गामा रहेको पानीको कुण्ड कहिल्यै पानी नसुक्ने स्थानीय गणेश धिमालले बताए । यसो हुनुमा कुनै दैवी शक्तिले काम गरेको स्थानीवासी विश्वास गर्छन् ।

यस क्षेत्रको धार्मिक महत्वकाबारेमा प्रचारप्रसार गरी पूर्वाधार निर्माणका लागि सहयोग जुटाउने उद्देश्यले गरिएको श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ बुधबार सम्पन्न भएको छ ।

समापन कार्यक्रममा शङ्खरापुर नगरपालिकाका नगर प्रमुख रमेश नापित र मेलम्ची नगरपालिकाका नगर प्रमुख आइतमान तामाङले यहाँसम्म कालोपत्र सडक निर्माणका लागि सहयोग गर्ने प्रतिबद्धता जनाए ।महायज्ञबाट करिब रु आठ लाख सङ्कलन भएको जनाइएको छ ।

प्रकाशित मिति : २५ मंसिर २०८२, बिहीबार  ९ : १४ बजे

मधेस प्रदेशमा गत वर्ष ५९१ किमी सडक निर्माण र विस्तार

जनकपुरधाम – मधेस प्रदेश सरकारले गत आर्थिक वर्ष २०८२.८३ मा

जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप अभियान सञ्चालन गरिँदै

भद्रपुर – झापामा जापानिज इन्सेफ्लाइटिस (जेई) सङ्क्रमण र मृत्युदर बढेपछि

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा ‘जेनेरेटर’ वितरण

रसुवा – भोटेकोशी बाढीबाट प्रभावित यहाँका विभिन्न समुदाय, विद्यालय तथा

चारपटक म्याद थप्दा पनि बनेन जैमिनीको प्रशासकीय भवन

बागलुङ – निर्माण व्यवसायीले तोकिएको समयमा काम गरेको भए बागलुङको

आजको मौसम पूर्वानुमान : पाँँच प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ – हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।