आईजीपी कार्कीलाई पनि बयानका लागि जाँचबुझ आयोगले बोलायो « Khabarhub

आईजीपी कार्कीलाई पनि बयानका लागि जाँचबुझ आयोगले बोलायो


२५ मंसिर २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


318
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भदौ २३ र २४ गतेको घटनाबारे जाँचबुझ गर्न बनेको आयोगले नेपाल प्रहरीका आईजीपी दानबहादुर कार्कीसँग पनि बयान लिने भएको छ।

जााँचबुझ आयोगका प्रवक्ता विज्ञानरा शर्माका अनुसार बयानका लागि कार्कीलाई प्रत्र प्रदान गरिसकिएको छ।

जेनजी आन्दोलनको पहिलो दिन प्रहरी प्रधान कार्यालयकै मानव स्रोत विभागमा कार्यरत तत्कालीन एआईजी कार्कीलाई २४ गते बिहान काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा सरुवा गरिएको थियो।

जेनजी आन्दोलनका घटनाबारे सोधपुछ गर्न आयोगले आईजीपी कार्कीलाई पनि बोलाएको हो। घटना हुँदा कार्की एआईजी थिए।

उनलाई शुक्रबार उपस्थित हुन आयोगले पत्र लेखेको हो। यसअघि त्यसबेलाका आईजीपी चन्द्रकुवेर खापुङ, त्यसबेलाका गृहसचिव गोकर्णमणि दुवाडीलाई पनि शुक्रबार नै उपस्थित हुन पत्र पठाइएको थियो।

आयोगले शुक्रबार यी तीनजनासँग संयुक्त बयान लिनेछ। खापुङ र दुवाडी बिहीबार पनि बयान दिन पुगेका थिए। उनीहरुको बयान सकिएको छैन।

उनीहरूसँग शुक्रबार पनि बयान जारी रहने प्रवक्ता शर्माले जानकारी दिए। दुवै जना बिहीबार ढिलो गरी उपस्थित भएका थिए। झण्डै चार बजे बयानका लागि आयोगको कार्यालय सिंहदरबार पुगेका उनीहरूसँग साँझ ६ बजेसम्म सोधपुछ गरेको थियो।

यी तीन जनाको बयान सकिएपछि पूर्वगृहमन्त्री रमेश लेखक र त्यसपछि पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीसँग बयान लिने आयोगको तयारी छ। असोज ९ गते पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा गठित ३ सदस्यीय आयोगलाई तीन महिनाको समयसीमा तोकिएको छ।

जेनजी आन्दोलनमा भदौ २३ गते भएको राज्यको दमन र २४ गतेको विध्वंशका घटना छानबिन गरी दोषीलाई कारबाही सिफारिस गर्न सक्ने अधिकार आयोगलाई छ।

प्रकाशित मिति : २५ मंसिर २०८२, बिहीबार  १० : ०० बजे

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन