आज २०८१ साल पुस २८ गते आइतबारको राशिफल « Khabarhub

आज २०८१ साल पुस २८ गते आइतबारको राशिफल


२८ पुस २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८१ साल पुस २८ गते आइतबार तदनुसार सन् २०२५ जनवरी १२ तारिख। पुस शुक्ल पक्षको चतुर्दशी तिथि। सिन्धुपाल्चोकमा नारायण मेला। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन राम्रो छ। बोल्दा विवेक प्रयोग गर्नुपर्नेछ। सहकार्यबाट लगानी गरेमा फाइदा हुनेछ। दाजुभाइसँग सहकार्य भए हरेक क्षेत्रमा सफलता मिल्नेछ। स्वास्थ्यमा सुधार हुनेछ। शिक्षाको क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ।

वृष : दिन राम्रो छ। धनलक्ष्मी योग परेकाले सम्पत्तिको सदुपयोग गर्दा राम्रो हुनेछ। राज्यको तर्फबाट सामाजिक सेवा गर्ने अवसर मिल्नेछ। शिक्षामा मेहिनेतको खाँचो देखिन्छ। सँगैका साथीले कुरा काट्ने भएकाले सचेत भएर काम गर्नुपर्नेछ।

मिथुन : तपाईंको राशिमा चन्द्रमा पुगेका छन्। मन शान्त बन्नेछ। औषधी नियमित गर्न नसक्दा स्वास्थ्यमा समस्या हुनेछ। शिक्षाको क्षेत्रमा सफलता मिल्नेछ। परिवारको साथमा बसेर रमाइलो गर्ने अवसर मिल्नेछ।

कर्कट : दिन राम्रो छ। परिवारसँग रमाइलो गर्ने अवसर मिल्नेछ। तपाईंका अगाडि साथीभाइले प्रशंसा गर्नेछन्। पश्चिमको लामो यात्रामा नजानु राम्रो हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

सिंह : आम्दानीका दृष्टिले दिन राम्रो छ। लगानी गर्ने भए सचेत बन्नुपर्नेछ। शिक्षाको क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ। सरस्वतीको स्मरण मात्र गरेमा प्रगति हुनेछ। परिवारको सल्लाहमा अगाडि बढ्दा फाइदा हुनेछ।

कन्या : कृषि क्षेत्रको व्यापारमा घाटा हुनेछ। राज्यका तर्फबाट भयको जोखिम छ। स्वास्थ्यले साथ दिने योग छ। परिवारसँग बसेर रमाइलो गर्ने दिन छ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।

तुला : शिक्षाको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। कुरा भन्दा काम बढी गरेर देखाउनुपर्नेछ। बौद्धिक व्यक्तिसँगको भेटले मन शान्त बन्नेछ। स्वास्थ्यमा सुधार हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।

वृश्चिक : पश्चिमको लामो यात्रा नगर्नु राम्रो हुनेछ। खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुनेछ। चिसोबाट हुने रोगबाट बच्नुपर्नेछ। बिहान उठेर पिपलको दर्शन गरेर दिनको सुरुवात गरेमा मन शान्त बन्नेछ।

धनु : दिन सामान्य राम्रो छ। बोली र व्यवहारमा एकरुपता भएमा आजको काम दीर्घकालीन बन्नेछ। स्वास्थ्यमा सुधार हुनेछ। विपक्षी शान्त रहेकाले काम सहजै बन्नेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

मकर : दिन सामान्य छ। अप्रिय शब्द सुन्नाले मनमा खटपटी बढ्नेछ। शिक्षामा गरेको प्रयास ढिला भए पनि सफल बन्नेछ। ठुलो लगानी आफैं गर्दा घाटा हुने भएकाले सहकर्मी वा परिवारको सदस्यको साथ लिएमा फाइदा हुनेछ।

कुम्भ : शिक्षामा गरेको प्रयास सफल बन्नेछ। स्वास्थ्यमा सुधार हुनेछ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गरेमा दैनिकी सहज बन्नेछ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।

मीन : खानपानमा ख्याल नगर्दा खर्च बढ्नेछ। अनुत्पादक क्षेत्रमा गरेको लगानीबाट घाटा हुनेछ। खर्च कटौती गर्नुपर्ने समय छ। शनि दशालाई शान्त बनाउन बिहान उठेर गणेशलाई दूबो चढाउनु राम्रो हुनेछ।

प्रकाशित मिति : २८ पुस २०८१, आइतबार  ५ : १५ बजे

तोसिमालाई हराउँदै सोबिता बनिन् रास्वपा उपसभापति

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनमा महिला उपसभापति

रूस र युक्रेनबीच युद्धबन्दी सैनिक आदान–प्रदान

कीएभ- युक्रेन र रूसले शुक्रबार १६० जना युद्धबन्दी सैनिकहरूको आदान–प्रदान

रास्वपा उपसभापतिमा सोबिता विजयी, तोशिमा पराजित

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीको उपसभापतिमा सोबिता गौतम विजयी भएकी छन्

महामन्त्रीमा पराजित भएपछि मनिषले भने : टीके अभ्यास रोक्न सफल भएँ, परिणाम स्वीकार्छु

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीको पदाधिकारीका लागि भएको निर्वाचनमा महामन्त्रीतर्फ मनिष