सिटीले विपक्षीको पोस्टमा गर्‍यो ८ गोल « Khabarhub

सिटीले विपक्षीको पोस्टमा गर्‍यो ८ गोल


२८ पुस २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


243
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – एफए कप फुटबलको तेस्रो चरणको खेलमा म्यानचेस्टर सिटीले सालफोर्डमाथि ८-० को सानदार जित हात पारेको छ।

सिटीका जितमा दोस्रो हाफमा जेम्स म्याक टयीले ह्याट्रिक गरे। उनले ७२, ७२ र ८१ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेका हुन्।

खेलको सुरुवात अर्थात् ८ मिनेटमा पेनाल्टी गोलबाट सिटीले अग्रता लिएको थियो। सिटीका लागि पहिलो पेनाल्टी गोल जेरेमी डोकुले गरे। उनले व्यक्तिगत दोस्रो गोल ६९ मिनेटमा पाएको पेनाल्टीलाई सदुपयोग गर्दै गरेका थिए।

सिटीका लागि डेब्यु गरेका युवा स्ट्राइकर डेभिन मुबामाले खेलको २० मिनेटमा गोल गरेका थिए भने अर्को एक गोल खेलको ४३ औं मिनेटमा निको ओ रेलीले पनि गोल गरेका थिए।

गएरातिको खेलमा सिटीले नियमित मैदानमा रहेका धेरै खेलाडीलाई आराम दिएको थियो। यसैको मौका पारेर ज्याक ग्रेलिसले खेलको ४९ मिनेटमा पाएको पेनाल्टीको सदुपयोग गर्दै एक वर्ष भन्दा बढीको अन्तरमा सिटीका लागि गोल गरे।

प्रकाशित मिति : २८ पुस २०८१, आइतबार  ६ : ५८ बजे

कांग्रेस महाधिवेशनमा सवारी साधन पार्किङका लागि तोकिए आठ स्थान

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौँको खुलामञ्चमा सुरु हुँदैछ

नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै

नवलपरासी- पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडकखण्डको जङ्गलमा थप दुई वटा ‘ओभरहेड

आइतबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज १८ गते आइतबार सन् २०२६

आज २०८३ साल असोज १८ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १८ गते आइतबार सन् २०२६