सिटीले विपक्षीको पोस्टमा गर्‍यो ८ गोल « Khabarhub

सिटीले विपक्षीको पोस्टमा गर्‍यो ८ गोल


२८ पुस २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


243
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – एफए कप फुटबलको तेस्रो चरणको खेलमा म्यानचेस्टर सिटीले सालफोर्डमाथि ८-० को सानदार जित हात पारेको छ।

सिटीका जितमा दोस्रो हाफमा जेम्स म्याक टयीले ह्याट्रिक गरे। उनले ७२, ७२ र ८१ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेका हुन्।

खेलको सुरुवात अर्थात् ८ मिनेटमा पेनाल्टी गोलबाट सिटीले अग्रता लिएको थियो। सिटीका लागि पहिलो पेनाल्टी गोल जेरेमी डोकुले गरे। उनले व्यक्तिगत दोस्रो गोल ६९ मिनेटमा पाएको पेनाल्टीलाई सदुपयोग गर्दै गरेका थिए।

सिटीका लागि डेब्यु गरेका युवा स्ट्राइकर डेभिन मुबामाले खेलको २० मिनेटमा गोल गरेका थिए भने अर्को एक गोल खेलको ४३ औं मिनेटमा निको ओ रेलीले पनि गोल गरेका थिए।

गएरातिको खेलमा सिटीले नियमित मैदानमा रहेका धेरै खेलाडीलाई आराम दिएको थियो। यसैको मौका पारेर ज्याक ग्रेलिसले खेलको ४९ मिनेटमा पाएको पेनाल्टीको सदुपयोग गर्दै एक वर्ष भन्दा बढीको अन्तरमा सिटीका लागि गोल गरे।

प्रकाशित मिति : २८ पुस २०८१, आइतबार  ६ : ५८ बजे

असोज महिनामा भारततर्फ ५ अर्ब ९२ करोडको विद्युत निर्यात

काठमाडौँ– नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्ष २०८३–८४ को असोज

सुनको मूल्यमा ११ हजार ७०० रुपैयाँको गिरावट, कतिमा भइरहेछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा सुनचाँदीको मूल्यमा भारी गिरावट आएको छ ।

बाढी पहिरो प्रभावित स्थानमा विद्युत आपूर्ति पूर्ववत्

म्याग्दी– गत महिनाको बाढी पहिरोबाट प्रभावित बनेको म्याग्दी जिल्लाका सबै

अध्ययन खर्च जुटाउन ‘पेन्टिङ’ गर्दै युवा

डडेल्धुरा– अमरगढी नगरपालिका–७ का १९ वर्षीय दीपक भट्टराई पढाइ खर्च

दसैँमा चितवनमा सवारी दुर्घटनामा कमी

चितवन– चितवनमा अघिल्ला वर्षको तुलनामा सवारी दुर्घटना तथा दुर्घटनामा परी