सुनको मूल्य तोलामा १६०० रुपैयाँले बढ्यो, कतिमा भइरहेको छ कारोबार ?  « Khabarhub

सुनको मूल्य तोलामा १६०० रुपैयाँले बढ्यो, कतिमा भइरहेको छ कारोबार ? 


२८ पुस २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


744
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुनको मूल्य २७०४ अमेरिकी डलर निर्धारण भएको छ । गत शुक्रबार सोही परिमाणको पहेँलो धातु २६८१ डलरमा कारोबार भएको थियो ।   

गत शुक्रबारको तुलनामा आज सुन प्रतितोला एक हजार ६०० ले वृद्धि भएको छ भने सोही परिमाणको चाँदी पनि १५ रुपैयाँले बढेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार एक तोला सुन आज एक लाख ५५ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ भने सोही परिमाणको चाँदीको मूल्य एक हजार आठ सय ६० कायम भएको छ । 

प्रकाशित मिति : २८ पुस २०८१, आइतबार  ११ : ४५ बजे

भोजपुर तिम्माका महिलालाई तरकारी खेती गर्न टनेल वितरण

भोजपुर– महिलालाई उद्यमशीलतामा जोड्दै आर्थिक रूपमा आत्मनिर्भर बनाउने उद्देश्यले टेम्केमैयुङ

कांग्रेस विशेष महाधिवेशन : निर्वाचन समिति बन्यो

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनको दोस्रो दिनको बन्द सत्र

शिक्षण पेसासँगै कृषिमा रमाउँदै सर्वेन्द्र

रुपन्देही– रुपन्देहीको मर्चवारी– ७ का सर्वेन्द्र यादवले शिक्षण पेसासँगै कृषिमा

अत्यधिक चिसोका कारण मुस्ताङमा विकास निर्माणको काम ठप्प

मुस्ताङ– अत्यधिक चिसोका कारण हिमाली जिल्ला मुस्ताङमा विकास निर्माण काम