काठमाडाैं जिल्ला अदालतमा रवि लामिछानेको थुनछेक बहस शुरू « Khabarhub

काठमाडाैं जिल्ला अदालतमा रवि लामिछानेको थुनछेक बहस शुरू


२८ पुस २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


210
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको थुनछेक बहस काठमाडौं जिल्ला अदालतमा शुरू भएको छ ।

अदालत खुल्नुअगावै बबरमहलस्थित काठमाडाैं जिल्ला अदालत पुगेका लामिछानेको थुनछेक बहस भइरहेको हो ।

काठमाडौंले पनि कास्की जिल्ला अदालतले झैँ धरौटी मागे उनी छुट्नेछन् । नमागे वा बयान नसकिए उनी आज हिरासतमा रहनेछन् ।

सूर्यदर्शन सहकारी ठगी प्रकरणमा गत कात्तिक २ गते पक्राउ परेका लामिछाने ८४ दिन पछि गत बिहीबार साँझ ६५ लाख रुपैयाँ धरौटी बुझाएर छुटेका थिए । त्यहाँबाट छुटे पनि शुक्रबार जिल्ला अदालतमा स्वयम्‌ हाजिर हुने भनिए पनि समय अभावका कारण उनी काठमाडौं जिल्ला अदालतमा हाजिर हुन सकेका थिएनन् ।

जिल्ला प्रहरी कास्कीको हिरासतबाट मुक्त भए पनि शुक्रबार रातिमात्रै लामिछाने काठमाडौं आइपुगेका थिए । सोहीकारण उनी अदालतमा शुक्रबार हाजिर हुन नसकेको उनकी श्रीमती निकिता पौडेलले जानकारी दिएकी थिइन् ।

अहिले अदालतमा कालीमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थामा भएको रकम अपचलनसम्बन्धी मुद्दामा लामिछानेलाई प्रतिवादी बनाइएकोले बयान भइरहेकाे हो ।

जिल्ला प्रहरी परिसर, काठमाडौंले गत पुस २१ गते लामिछानेसहित ३९ जनालाई प्रतिवादी बनाउँदै मुद्दा दर्ता गर्न सुझाव दिएपछि उनी अदालतमा हाजिर हुन पुगेका हुन्‌ ।

उक्त सहकारीबाट ६९० बचतकर्ताको एक अर्ब १९ करोड ३० लाख ९० हजार ४९३ रुपैयाँ हिनामिना भएको आरोप छ ।

प्रकाशित मिति : २८ पुस २०८१, आइतबार  १ : ३० बजे

दर्ता नभएका फार्मेसीमा औषधि बिक्री वितरण नगर्न विभागको निर्देशन 

काठमाडौं– औषधि व्यवस्था विभागले दर्ता नभएका औषधि पसल तथा फार्मेसीमा

चीन र स्विटजरल्यान्डले दिने अनुदान रकम स्वीकार गर्ने सरकारको निर्णय

काठमाडौं- सरकारले उत्तरी छिमेकी चीन र युरोपेली मुलुक स्विटजरल्यान्डबाट प्राप्त

हटाइएका सुकुम्वासीलाई सरकारले पुनर्स्थापना खर्च २५ हजार दिने

काठमाडौं- वालेन्द्र शाह नेतृत्वको सरकारले काठमाडौंको नदी किनारबाट हटाइएका भूमिहीन

विपन्न नागरिक उपचार कार्यक्रममा ४ अर्ब ५९ करोड खर्च, ५३ हजारभन्दा बढीले लिए सेवा

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत सञ्चालित विपन्न नागरिक औषधि उपचार

स्वास्थ्य मन्त्रालयमा स्वीकृतभन्दा ८ सय बढी कर्मचारी पदपूर्ति 

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र मातहत निकायमा स्वीकृत दरबन्दीभन्दा