काठमाडाैं जिल्ला अदालतमा रवि लामिछानेको थुनछेक बहस शुरू « Khabarhub

काठमाडाैं जिल्ला अदालतमा रवि लामिछानेको थुनछेक बहस शुरू


२८ पुस २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


210
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको थुनछेक बहस काठमाडौं जिल्ला अदालतमा शुरू भएको छ ।

अदालत खुल्नुअगावै बबरमहलस्थित काठमाडाैं जिल्ला अदालत पुगेका लामिछानेको थुनछेक बहस भइरहेको हो ।

काठमाडौंले पनि कास्की जिल्ला अदालतले झैँ धरौटी मागे उनी छुट्नेछन् । नमागे वा बयान नसकिए उनी आज हिरासतमा रहनेछन् ।

सूर्यदर्शन सहकारी ठगी प्रकरणमा गत कात्तिक २ गते पक्राउ परेका लामिछाने ८४ दिन पछि गत बिहीबार साँझ ६५ लाख रुपैयाँ धरौटी बुझाएर छुटेका थिए । त्यहाँबाट छुटे पनि शुक्रबार जिल्ला अदालतमा स्वयम्‌ हाजिर हुने भनिए पनि समय अभावका कारण उनी काठमाडौं जिल्ला अदालतमा हाजिर हुन सकेका थिएनन् ।

जिल्ला प्रहरी कास्कीको हिरासतबाट मुक्त भए पनि शुक्रबार रातिमात्रै लामिछाने काठमाडौं आइपुगेका थिए । सोहीकारण उनी अदालतमा शुक्रबार हाजिर हुन नसकेको उनकी श्रीमती निकिता पौडेलले जानकारी दिएकी थिइन् ।

अहिले अदालतमा कालीमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थामा भएको रकम अपचलनसम्बन्धी मुद्दामा लामिछानेलाई प्रतिवादी बनाइएकोले बयान भइरहेकाे हो ।

जिल्ला प्रहरी परिसर, काठमाडौंले गत पुस २१ गते लामिछानेसहित ३९ जनालाई प्रतिवादी बनाउँदै मुद्दा दर्ता गर्न सुझाव दिएपछि उनी अदालतमा हाजिर हुन पुगेका हुन्‌ ।

उक्त सहकारीबाट ६९० बचतकर्ताको एक अर्ब १९ करोड ३० लाख ९० हजार ४९३ रुपैयाँ हिनामिना भएको आरोप छ ।

प्रकाशित मिति : २८ पुस २०८१, आइतबार  १ : ३० बजे

नवरात्रको अन्तिम दिनः आज महानवमी

काठमाडौँ – प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व

राष्ट्रिय टोलीको क्याम्प छाडेका रोनाल्डोलाई ३० दिनको प्रतिबन्ध र २५५ युरो जरिवाना

काठमाडौँ – पोर्चुगिज फुटबल महासङ्घ (एफपीएफ) ले राष्ट्रिय टोलीका कप्तान

लिग-२ मा नयाँ इतिहास : १ हजार रन पूरा गर्ने पहिलो नेपाली ब्याटर बने रोहित पाैडेल

काठमाडौँ – नेपाली राष्ट्रिय क्रिकेट टोलीका ब्याटर एवम् पूर्व कप्तान

आज मंगलबार, भगवान गणेशको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल कात्तिक ३ गते मंगलबार सन् २०२६

आज २०८३ साल कात्तिक ३ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ३ गते मंगलबार सन् २०२६