कुर्स्क क्षेत्रबाट दुई उत्तर कोरियाली सैनिक नियन्त्रणमा लिइएको युक्रेनको दाबी « Khabarhub

कुर्स्क क्षेत्रबाट दुई उत्तर कोरियाली सैनिक नियन्त्रणमा लिइएको युक्रेनको दाबी


२८ पुस २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


156
Shares
  • change font
  • change font
  • change font

किएभ– युक्रेनले कुर्स्क क्षेत्रबाट दुई उत्तर कोरियाली सैनिक नियन्त्रणमा लिएको युक्रेनी सेनाले दाबी गरेको छ ।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सेनालाई उद्धृत गर्दै रूस र युक्रेनबीच जारी द्वन्द्वबीच कुर्स्क क्षेत्रमा दुई जना उत्तर कोरियाली सैनिकलाई नियन्त्रणमा लिइएको बताएका हुन्  । 

युक्रेनी राष्ट्रपतिले जेलेन्स्कीले भने, ‘हाम्रा सैनिकहरूले कुर्स्क क्षेत्रमा उत्तर कोरियाली सैनिकहरूलाई पक्राउ गरेका छन्। उनीहरू घाइते अवस्थामा रहेको र उनीहरूलाई आवश्यक अनुसन्धानका लागि किएभ लगिएको छ । उनीहरूले अहिले युक्रेनी सुरक्षा निकायसँग कुराकानी गरिरहेका छन्।’

युक्रेनी राष्ट्रपतिले जेलेन्स्कीले युक्रेनको ‘स्पेशल अपरेशन फोर्सेज’को ट्याक्टिकल ग्रुप नम्बर ८४ का सैनिक र प्याराट्रूपर्सले उत्तर कोरियाली सैनिकलाई सफलतापूर्वक कब्जा गरेकोमा आभार व्यक्त गरे । 

रूसी सेना र उत्तर कोरियाली सेनाले द्वन्द्वमा उत्तर कोरियाको संलग्नताको प्रमाण रोक्नका लागि आफ्ना घाइतेलाई मृत्युदण्ड दिने गरेको उल्लेख गर्दै उनले यस कारबाहीमा संलग्न चुनौतीबारे प्रकाश पारेका छन् । 

उनले भने, ‘यो सजिलो काम थिएन। रुसी सेना र अन्य उत्तर कोरियाली सैन्य कर्मीहरूले युक्रेनविरुद्धको युद्धमा उत्तर कोरियाको संलग्नताको कुनै पनि प्रमाण मेटाउन सामान्यतया आफ्ना घाइतेहरूलाई गोली हानी हत्या गर्ने गरेका छन् ।’

‘यी दुई व्यक्तिहरूलाई पक्राउ गर्न सफल युक्रेनको सशस्त्र बलको विशेष अपरेशन बलको ‘ट्याक्टिकल ग्रुप नम्बर ८४’ का सैनिकहरू र हाम्रा प्याराट्रूपरहरू प्रति म आभारी छु,’ उनले भने ।

युद्धबन्दीका रूपमा दुई उत्तर कोरियाली सैनिकले चिकित्सा सहायता प्राप्त गरिरहेको बताउँदै जेलेन्स्कीले युक्रेनको सुरक्षा निकायलाई पत्रकारहरूलाई कैदीहरूसम्म पहुँच प्रदान गर्न निर्देशन दिएका छन् । 

उनले भने, ‘सबै युद्धबन्दीजस्तै यी दुई उत्तर कोरियाली सैनिकले पनि आवश्यक चिकित्सा सहायता प्राप्त गरिरहेका छन् । मैले युक्रेनको सुरक्षा सेवालाई पत्रकारहरूलाई यी कैदीहरूसम्म पहुँच प्रदान गर्न निर्देशन दिएको छु।’ 

‘विश्वले के भइरहेको छ भन्ने सत्य जान्न आवश्यक छ र यसबाट यो जानकारी मिल्नेछ,’ उनले थपे । 

युक्रेनी र पश्चिमी आँकलनअनुसार, युक्रेनी सेनाले अगस्त २०२४ मा सीमापार आक्रमण गरेपछि धेरै भूभाग कब्जा गरेको कुर्स्कमा करिब ११ हजार उत्तर कोरियाली सैनिकहरूलाई तैनाथ गरिएको छ । 

यसअघि युक्रेनी सेनाले रूसका लागि लडिरहेका उत्तर कोरियाली सैनिकहरूलाई रूसी नाम र जन्मस्थानसहितको नक्कली सैन्य कागजात दिइएको बताएको सन् २०२४ डिसेम्बर २२ मा अमेरिकी समाचार संस्था सीएनएनले जनाएको थियो ।

प्रकाशित मिति : २८ पुस २०८१, आइतबार  १ : ३० बजे

‘भोटेकोशीको विपद् नेपालको मात्र होइन, विश्वकै लागि चेतावनी हो’: परराष्ट्रमन्त्री खनाल

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालले जलवायुजन्य विपद्बाट प्रभावित नेपालको पुनःस्थापना

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौँ – २०८३ साल असोज ८ गते बिहीबार सन् २०२६

आज २०८३ साल असोज ८ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज ८ गते बिहीबार सन् २०२६

शान्ति स्थापनाका लागि १० हजारसम्म सुरक्षाकर्मी पठाउन तयार छौँ : मन्त्री खनाल

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापनाका अभियानमा