काठमाडौं– सीजी डिजिटलले बिर्तामोड, दमक, वीरगञ्ज,नवलपरासी र काठमाडौंको बिशालनगरमा नयाँ शोरूम सञ्चालनमा ल्याएको छ।
यी शाखाहरूमा ग्राहकले रेफ्रिजरेटर, वाशिङ मेसिन, एलईडी टिभी, चिम्नी, ग्यास चुल्हो, भान्साका उपकरणलगायतका इलेक्ट्रोनिक्स उत्पादनहरू पाउन सक्नेछन् ।
जहाँ अन्तर्राष्ट्रिय स्तरका उत्कृष्ट ब्रान्डहरू जस्तै: एलजी, सीजी, टीसीएल, गोदरेज, बेको, माइडिया, केन्ट, एलिका, सेन्सेइ, ब्ल्याक डेकर, क्रमस्टन, नोथिङ र एप्पल आइफोनलगायतका उत्पादनहरू उपलब्ध छन् ।
कम्पनीका अनुसार यहाँ भएका विद्युतीय सामग्रीको पूर्ण जानकारी र यस अवसरमा ग्राहकले ३० प्रतिशतसम्मको छुट पाउन सक्नेछन् ।, तर, यो छुट सीमित अवधिका लागि मात्र मान्य हुनेछ।
कम्पनीका अनुसार यसमा फ्री डेलिभरी, फ्री इन्सटलेसन, अन स्पोट इएमआई, एक्सचेन्ज अफसर, र लियालिटी पोइन्ट्स जस्ता सुविधाहरू पनि समावेश छन् ।
कम्पनीले नयाँ शाखाहरूमा फ्री कुकिङ क्लास र लाइभ डेमोको समेत व्यवस्था गरेको छ, जसमा सहभागी भएर खाना पकाउने कला सिक्न सकिने छ ।
यी ५ वटासमेत गर्दा सीजी डिजिटलका शाखाहरूको संख्या २७ पुगेको छ ।
प्रतिक्रिया