नेपाटपले मनायो २५ औँ वार्षिकोत्सव  « Khabarhub

नेपाटपले मनायो २५ औँ वार्षिकोत्सव 


२८ पुस २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाटपले २५ औँ वार्षिक उत्सव मनाएको छ । कम्पनीले शनिबार आफ्नो २५ औँ वार्षिकोत्सव ललितपुरमा एक कार्यक्रम गरेर मनाएको हो । 

वार्षिक उत्सवको कार्यक्रममा कम्पनीले आफ्ना वितरक र डिलरहरूलाई सम्मानसमेत गरेको थियो ।
 
वार्षिक उत्सव कार्यक्रको प्रमुख अतिथिको नेपाल चेम्बर अफ कर्मशका अध्यक्ष कमलेश कुमार अग्रवाल थिए । अग्रवालले नेपाटपले २५ औँ वर्ष पुरा गरेकोमा बधाई तथा शुभकामना पनि दिएका थिए । 

कार्यक्रममा कम्पनीका अध्यक्ष दिपक श्रेष्ठले नेपापटले २५ औँ वार्षिकोत्सव मनाउन सफल भएको खुसी व्यक्ति गरेका थिए । विगतमा दुई साथी मिलेर ट्यांकी बनाउँदाको दिनदेखि २५ वर्षसम्म पुगेको इतिहास पनि श्रेष्ठले स्मरण गरेका थिए । 

अध्यक्ष श्रेष्ठले नेपाटप उत्कृष्ट प्रोडक्टहरु उत्पादन गरेकाले गर्दा आजको दिनमा यो स्थानसम्म आउन सकेको बताएका थिए । आफ्नो यात्रामा साथ दिने सबैलाई श्रेष्ठले कम्पनीको तर्फबाट धन्यवाद समेत दिएका थिए । 

कार्यक्रममा नविल बैंकले विगत देखिनै वित्तीय रूपमा कम्पनीलाई सहयोग गरेकाले गर्दा सम्मान गरिएको थियो । 

प्रकाशित मिति : २८ पुस २०८१, आइतबार  ४ : १२ बजे

रौतहटमा धान उत्पादन घट्यो

रौतहट– गत असोज १७ देखि १९ गतेसम्म आएको अविरल वर्षापछिको

विद्यालयमा खानेपानीको धारा निर्माणका लागि सहयोग

भोजपुर– भोजपुर नगरपालिका–१० का ९८ वर्षीय उजिरबहादुर प्रधानले भोजपुर नगरपालिकास्थित

अठार फर्ममा विभागको अनुमगन र निरीक्षण

काठमाडौँ– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौँ र ललितपुरका

गगन-विश्वसहित विशेष महाधिवेशन पक्षधरले संस्थापनको बैठक बहिष्कार गर्ने

काठमाडौं– नेपाली कांग्रेस संस्थापन पक्षले बोलाएको केन्द्रीय कार्यसमितिको बैठकमा विशेष

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ । बैठक