काठमाडौं अदालतमा रविको बयान सकियो, अब थुनछेक बहस हुने « Khabarhub

काठमाडौं अदालतमा रविको बयान सकियो, अब थुनछेक बहस हुने


२८ पुस २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको पक्षको काठमाडौं जिल्ला अदालतमा बयान सकिएको छ ।

जिल्ला न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा भएको लामिछानेको बयान सकिएको हो, अब उनीबारेको मुद्दामा थुनछेक बहस सुरू हुनेछ ।

रवि अदालत खुल्नुअघि नै बबरमहलस्थित काठमाडौं जिल्ला अदालत पुगेका थिए । अदालतले कास्की जिल्ला अदालतले झैँ धरौटी मागेमा छुटने छन् । नमागे वा बयान नसकिएमा उनी अझै हिरासतमा रहने जनाइएको छ ।

पोखरास्थित सूर्यदर्शन सहकारी ठगी प्रकरणमा गत कात्तिक २ गते पक्राउ परेका लामिछाने ८४ दिनपछि गत बिहीबार साँझ ६५ लाख धरौटी बुझाएर छुटेका थिए ।

त्यहाँबाट छुटे पनि उनीविरुद्ध कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारी संस्थाको बचत रकम हिनामिना प्रकरणमा जिल्ला अदालत, काठमाडौंमा मुद्दा चलेको थियो । त्यसपछि उनी शुक्रबार नै स्वयम् हाजिर हुने भनिए पनि समयअभावका कारण आइतबार उपस्थित भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतबाट मुक्त भए पनि शुक्रबार राति मात्रै काठमाडौं आइपुगेकाले अदालतमा हाजिर हुन नसकेको उनकी श्रीमती निकिता पौडेलले बताइन् ।

अहिले काठमाडौं अदालतमा कालिमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलनसम्बन्धी मुद्दामा प्रतिवादी लामिछानेको बयान लिइएको हो ।

जिल्ला प्रहरी परिसर, काठमाडौंले गत पुस २१ गते लामिछानेसहित ३९ जनालाई प्रतिवादी बनाउँदै मुद्दा दर्ता गर्न सुझाव दिएपछि उनी अदालतमा हाजिर भएका थिए ।

उक्त सहकारीबाट ६९० बचतकर्ताको १ अर्ब १९ करोड ३० लाख ९० हजार ४९३ रुपैयाँ हिनामिना गरेको आरोप छ ।

प्रकाशित मिति : २८ पुस २०८१, आइतबार  ३ : १८ बजे

पछिल्लो २४ घण्टामा कास्कीको पञ्चासेमा सबैभन्दा बढी वर्षा

काठमाडौं– पछिल्लो २४ घण्टामा कास्कीको पञ्चासे क्षेत्रमा सबैभन्दा बढी १८९

आपत्कालीन अवस्थामा रोकथाम, तयारी र प्रतिकार्य केन्द्रमा राख्नुपर्छ : परराष्ट्रमन्त्री खनाल

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले महामारी तथा जनस्वास्थ्य आपतकालको रोकथाम, तयारी र

देशभर अधिकांश निर्वाचन क्षेत्रमा आज कांग्रेसको क्षेत्रीय अधिवेशन हुँदै

काठमाडौं– नेपाली कांग्रेसको महाधिवेशनअन्तर्गत आज अधिकांश सङ्घीय निर्वाचन क्षेत्र र

पहिरोले घर पुरिँदा एक जनाको मृत्यु

बागलुङ– बिहीबारदेखि परेको अविरल वर्षाका कारण ताराखोलामा एक जनाको पहिरोमा

उर्लियो कालीगण्डकी, मोदीवेणीमा चेतावनी तह नाघ्यो (तस्बिरहरू)

बागलुङ- निरन्तरको भारी वर्षाका कारण कालीगण्डकी नदीमा पानीको बहाव बढेपछि नदी