काठमाडौं– शेयर लगानीकर्ताले आइतबार ट्रेड म्यानेजमेन्ट सिस्टम (टीएमएस) बिग्रिएको गुनासो प्रति नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले चासो देखाएको छ ।
नेप्सेले कारोबार नभएको कुरा बारेमा ब्रोकरसँग बुझिरहेको तर जानकारी आउन नसकेको बताएको छ ।
नेप्सेले सामाजिक सञ्जाल फेसबुकमा लेखेको छ–‘मिति २०८१/०९/२८ गते विभिन्न लगानीकर्ताहरूबाट कारोबार व्यवस्थापन प्रणाली ट्रेड म्यानेजमेन्ट सिस्टम, टीएमएस) मार्फत खरिद तथा विक्री आदेश प्रविष्ट गर्न नसकेको गुनासो आएको सम्बन्धमा सम्बन्धित सदस्य दलालसँग बुझ्दा समस्याको पहिचान हुन बाँकी रहेको जानकारी प्राप्त भएको छ । यस दिन नेप्सेको कारोबार प्रणाली (म्याचिंग इन्जिन) साबिकमा झैँ नियमित सञ्चालनमा रहेको र ४६६१४ कारोबारबाट झन्डै ४ अर्ब रुपैयाँ बराबरको धितो पत्र खरिदबिक्री भएको जानकारी गराउन चाहन्छौँ ।’
प्रतिक्रिया