रविको थुनछेक बहस सोमबार ११ बजेदेखि, पुर्पक्षको टुंगो नहुन्जेल हिरासतमै रहने « Khabarhub

रविको थुनछेक बहस सोमबार ११ बजेदेखि, पुर्पक्षको टुंगो नहुन्जेल हिरासतमै रहने


२८ पुस २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


198
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको थुनछेक बहस सोमबार बिहान ११ बजेदेखि थालिने भएको छ ।

आइतबार बिहानदेखि न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा बयान सकिएको छ । आइतबार नै थुनछेक बहस सुरु गर्ने भनिए पनि समयभावका कारण हुन सकेन । त्यहीकारण अब सोमबार बिहानदेखि थुनछेक बहस थालिने काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी अमरबहादुर चन्दले बताए ।

‘भोलिबाट थुनछेक बहस हुने छ । कति दिनमा बहस सक्नेबारे पनि भोलि छलफल होला,’ चन्दले खबरहबलाई भने, ‘भोलि ११ बजेका लागि इजलास बोलाइएको छ । अब थुनछेक बहस नसकुञ्जेल रविलाई प्रहरीले नै लाने-ल्याउने जिम्मेवारी पाएको छ ।’

चन्दका अनुसार उनलाई काठमाडौं प्रहरी परिसर भद्रकालीले जिम्मा लिएर हिरासतमा लगेको छ । काठमाडौं अदालतमा कालीमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलनसम्बन्धी मुद्दामा प्रतिवादी लामिछानेसँग बयान लिइएको हो ।

जिल्ला प्रहरी परिसर, काठमाडौंले गत पुस २१ गते लामिछानेसहित ३९ जनालाई प्रतिवादी बनाउँदै मुद्दा दर्ता गर्न सुझाव दिएपछि उनी अदालतमा हाजिर भएका थिए ।

उक्त सहकारीबाट ६९० बचतकर्ताको १ अर्ब १९ करोड ३० लाख ९० हजार ४९३ रुपैयाँ हिनामिना भएको आरोप छ ।

लामिछाने कास्की प्रहरी हिरासतबाट गत बिहीबार ८४ दिनपछि छुटेका थिए । त्यसपछि उनी आइतबार काठमाडौं अदालतमा हाजिर भएका हुन् । उनलाई परिवारको जिम्मामा छाड्न न्यायाधीशसँग आग्रह गरिएको थियो ।

तर न्यायाधीश अधिकारीको इजलासले उनलाई पुर्पक्षसम्बन्धी टुंगो नहुन्जेलसम्मलाई छाड्न अस्वीकार गरेको हो ।

प्रकाशित मिति : २८ पुस २०८१, आइतबार  ५ : ३६ बजे

पछिल्लो २४ घण्टामा कास्कीको पञ्चासेमा सबैभन्दा बढी वर्षा

काठमाडौं– पछिल्लो २४ घण्टामा कास्कीको पञ्चासे क्षेत्रमा सबैभन्दा बढी १८९

आपत्कालीन अवस्थामा रोकथाम, तयारी र प्रतिकार्य केन्द्रमा राख्नुपर्छ : परराष्ट्रमन्त्री खनाल

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले महामारी तथा जनस्वास्थ्य आपतकालको रोकथाम, तयारी र

देशभर अधिकांश निर्वाचन क्षेत्रमा आज कांग्रेसको क्षेत्रीय अधिवेशन हुँदै

काठमाडौं– नेपाली कांग्रेसको महाधिवेशनअन्तर्गत आज अधिकांश सङ्घीय निर्वाचन क्षेत्र र

पहिरोले घर पुरिँदा एक जनाको मृत्यु

बागलुङ– बिहीबारदेखि परेको अविरल वर्षाका कारण ताराखोलामा एक जनाको पहिरोमा

उर्लियो कालीगण्डकी, मोदीवेणीमा चेतावनी तह नाघ्यो (तस्बिरहरू)

बागलुङ- निरन्तरको भारी वर्षाका कारण कालीगण्डकी नदीमा पानीको बहाव बढेपछि नदी