यस्तो छ सलोनको फिल्म ‘रंगी’को गीत ‘छ भने माया’ « Khabarhub

यस्तो छ सलोनको फिल्म ‘रंगी’को गीत ‘छ भने माया’


२८ पुस २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नायक सलोन बस्नेत प्रस्तुतकर्ता रहेको फिल्म ‘रंगी’को पहिलो गीत ‘छ भने माया’ सार्वजनिक गरिएको छ ।

निर्माण पक्षले आइतबार न्युरोडमा एक कार्यक्रमको आयोजना गरी गायक आनन्द कार्की र गायिका सुजता केसीको स्वर रहेको गीत सार्वजनिक गरेको हो ।

यो गीतको शब्द र संगीत भने दुर्गेश थापाको हो ।

उक्त गीतमा फिल्ममा मुख्य कलाकार सलोन, नम्रता श्रेष्ठ, दिलीप रायमाझी, आयुषी ढकाल, विशाल पहारी र उत्तम केसीलाई स्थान दिइएको छ ।

कार्यक्रममा दुर्गेशले वरिष्ठ गायकसँग आनन्द कार्कीसँग सहकार्य गर्न पाएको खुशी व्यक्त गरे । त्यस्तै, गायक कार्कीले दुर्गेशसँग काम गर्ने इच्छा पूरा भएको सुनाए ।

गायिका सुजाता केसीले आफूलाई सुन्दर गीतमा स्वर दिने अवसर दिएकोमा निर्माणपक्षसँग आभार व्यक्त गरिन् ।

फिल्मका प्रस्तुतकर्ता सलोनले आफूलाई निकै मन परेको गीत सार्वजनिक गर्न पाएको पाएको खुशी व्यक्त गरे । भने, ‘म अष्ट्रेलियामा रहँदा यो गीत भर्चुअल सुनेको थिए । मलाई पहिलो पटक सुन्दै गीत मन परेको थियो । आज त्यही राम्रो गीत दर्शकसामु लैजाँदै छु ।’

रंगी फिल्मको प्रदर्शन मिति प्रणय दिवस लक्षित गरी अर्थात् फागुन २ लाई तोकिएको छ । यही फिल्मबाट सुरेश न्यौपानेले निर्देशनमा डेब्यू गर्दैछन् ।

सान्भी इन्टरटेनमेन्ट प्रालिको ब्यानरमा निर्माण भएको यस फिल्मको लेखक सुमन गजमेर हुन् ।

प्रकाशित मिति : २८ पुस २०८१, आइतबार  ५ : ५७ बजे

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

विशेष महाधिवेशनको बीचमा कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै : के छन् एजेन्डा ?

काठमाडौं – नेपाली कांग्रेस संस्थापन पक्षले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको

बार्सिलोनासँग हारेसँगै रियल म्याड्रिडले प्रशिक्षक जाबीलाई हटायो

म्याड्रिड- स्पेनिस क्लब रियल म्याड्रिडले प्रमुख प्रशिक्षक जाबी अलोन्सोलाई बर्खास्त

बंगलादेशले भारतमै टी-२० विश्वकप खेल्नुपर्ने, आईसीसीले गर्‍यो नयाँ प्रस्ताव अस्वीकार

ढाका- अन्तर्राष्ट्रिय क्रिकेट परिषद्ले बंगलादेश क्रिकेट बोर्डले माग गरेको टी-२०

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल पुस २९ गते मंगलबार तदनुसार