सरकारले यसपटक भूकम्प सुरक्षा दिवस कीर्तिपुरमा मनाउने « Khabarhub

सरकारले यसपटक भूकम्प सुरक्षा दिवस कीर्तिपुरमा मनाउने


२८ पुस २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– हरेक वर्ष माघ २ गते मनाइने भूकम्प सुरक्षा दिवस अन्तर्गत यसवर्षको मूल समारोह कीर्तिपुर नगरपालिकामा आयोजना हुने भएको छ ।  

शहरी विकास तथा भवन निर्माण विभागले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै भूकम्पले सिकाएको पाठ : बलिया संरचना र सुदृढ पूर्व तयारीको साथ भन्ने नाराका साथ यसवर्षको भूकम्प सुरक्षा दिवस कीर्तिपुरमा मनाउन लागिएको जनाएको हो ।

दिवसका अवसरमा मूल समारोह समितिले आयोजना गर्ने उक्त कार्यक्रमका प्रधानमन्त्री केपी शर्मा ओली लगाएतको उपस्थिति रहने विभागका महानिर्देशक मचाकाजी महर्जनले जानकारी दिए । 

कीर्तिपुरस्थीत बिपी कोइराला मेमेरियल विज्ञान संग्राहलय परिसरमा हुने कार्यक्रम अघि कीर्तिपुरका विभिन्न स्थानबाट जनचेतनामूलक र्‍याली निकालिने उनले बताए  । दिवसका अवसरमा मूल समारोहका साथै देशैभर गोष्ठी छलफल, र्‍याली अन्तर्क्रिया, प्रदर्शनी लगाएका कार्यक्रमको आयोजना समेत गरिएको महानिर्देशक महर्जनले जानकारी दिए ।  

भूकम्पीय जोखिम न्यूनीकरण गर्न पूर्व तयारीदेखि भूकम्प पश्चातको पुनर्स्थापनासम्मका कार्यहरू विभिन्न निकायबाट प्रभावकारी रूपमा भइरहेको विभागले जनाएको छ । 

विसं १९९० माघ २ गते नेपालमा आएको महाभूकम्पको सम्झनामा विसं २०५५ सालदेखि भूकम्प सुरक्षा दिवस मनाउन थालिएको हो ।

प्रकाशित मिति : २८ पुस २०८१, आइतबार  ५ : ४४ बजे

राष्ट्रिय टोलीको क्याम्प छाडेका रोनाल्डोलाई ३० दिनको प्रतिबन्ध र २५५ युरो जरिवाना

काठमाडौँ – पोर्चुगिज फुटबल महासङ्घ (एफपीएफ) ले राष्ट्रिय टोलीका कप्तान

लिग-२ मा नयाँ इतिहास : १ हजार रन पूरा गर्ने पहिलो नेपाली ब्याटर बने रोहित पाैडेल

काठमाडौँ – नेपाली राष्ट्रिय क्रिकेट टोलीका ब्याटर एवम् पूर्व कप्तान

आज मंगलबार, भगवान गणेशको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल कात्तिक ३ गते मंगलबार सन् २०२६

आज २०८३ साल कात्तिक ३ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ३ गते मंगलबार सन् २०२६

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।