सरकारले यसपटक भूकम्प सुरक्षा दिवस कीर्तिपुरमा मनाउने « Khabarhub

सरकारले यसपटक भूकम्प सुरक्षा दिवस कीर्तिपुरमा मनाउने


२८ पुस २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– हरेक वर्ष माघ २ गते मनाइने भूकम्प सुरक्षा दिवस अन्तर्गत यसवर्षको मूल समारोह कीर्तिपुर नगरपालिकामा आयोजना हुने भएको छ ।  

शहरी विकास तथा भवन निर्माण विभागले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै भूकम्पले सिकाएको पाठ : बलिया संरचना र सुदृढ पूर्व तयारीको साथ भन्ने नाराका साथ यसवर्षको भूकम्प सुरक्षा दिवस कीर्तिपुरमा मनाउन लागिएको जनाएको हो ।

दिवसका अवसरमा मूल समारोह समितिले आयोजना गर्ने उक्त कार्यक्रमका प्रधानमन्त्री केपी शर्मा ओली लगाएतको उपस्थिति रहने विभागका महानिर्देशक मचाकाजी महर्जनले जानकारी दिए । 

कीर्तिपुरस्थीत बिपी कोइराला मेमेरियल विज्ञान संग्राहलय परिसरमा हुने कार्यक्रम अघि कीर्तिपुरका विभिन्न स्थानबाट जनचेतनामूलक र्‍याली निकालिने उनले बताए  । दिवसका अवसरमा मूल समारोहका साथै देशैभर गोष्ठी छलफल, र्‍याली अन्तर्क्रिया, प्रदर्शनी लगाएका कार्यक्रमको आयोजना समेत गरिएको महानिर्देशक महर्जनले जानकारी दिए ।  

भूकम्पीय जोखिम न्यूनीकरण गर्न पूर्व तयारीदेखि भूकम्प पश्चातको पुनर्स्थापनासम्मका कार्यहरू विभिन्न निकायबाट प्रभावकारी रूपमा भइरहेको विभागले जनाएको छ । 

विसं १९९० माघ २ गते नेपालमा आएको महाभूकम्पको सम्झनामा विसं २०५५ सालदेखि भूकम्प सुरक्षा दिवस मनाउन थालिएको हो ।

प्रकाशित मिति : २८ पुस २०८१, आइतबार  ५ : ४४ बजे

पछिल्लो २४ घण्टामा कास्कीको पञ्चासेमा सबैभन्दा बढी वर्षा

काठमाडौं– पछिल्लो २४ घण्टामा कास्कीको पञ्चासे क्षेत्रमा सबैभन्दा बढी १८९

आपत्कालीन अवस्थामा रोकथाम, तयारी र प्रतिकार्य केन्द्रमा राख्नुपर्छ : परराष्ट्रमन्त्री खनाल

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले महामारी तथा जनस्वास्थ्य आपतकालको रोकथाम, तयारी र

देशभर अधिकांश निर्वाचन क्षेत्रमा आज कांग्रेसको क्षेत्रीय अधिवेशन हुँदै

काठमाडौं– नेपाली कांग्रेसको महाधिवेशनअन्तर्गत आज अधिकांश सङ्घीय निर्वाचन क्षेत्र र

पहिरोले घर पुरिँदा एक जनाको मृत्यु

बागलुङ– बिहीबारदेखि परेको अविरल वर्षाका कारण ताराखोलामा एक जनाको पहिरोमा

उर्लियो कालीगण्डकी, मोदीवेणीमा चेतावनी तह नाघ्यो (तस्बिरहरू)

बागलुङ- निरन्तरको भारी वर्षाका कारण कालीगण्डकी नदीमा पानीको बहाव बढेपछि नदी