उपचार अभावमा जीवनमरणको दोसाँधमा भीरबाट लडेकी विष्णुमाया « Khabarhub

उपचार अभावमा जीवनमरणको दोसाँधमा भीरबाट लडेकी विष्णुमाया

आफन्तले पैसा जोहो गर्न नसक्दा बाजुरामै अलपत्र


२८ पुस २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


975
Shares
  • change font
  • change font
  • change font

धनगढी – शनिबार बिहान भीरबाट लडेर घाइते विष्णुमाया रोकायाको थप उपचारमा समस्या भएको छ ।

परिवारले जिल्ला बाहिर लगेर उपचार गर्न सक्ने अवस्था नभएपछि १६ वर्षीया रोकाया बाजुरा जिल्ला अस्पतालमै मृत्युसँग लडिरहेकी छन् ।

गौमुल गाउँपालिका-५ कोटकी बिष्णुमाया दाउरा लिन जंगल गएको बेला भीरबाट लडेर घाइते भएकी हुन् । मानाकोट माद्यमिक विद्यालय कक्षा–७ मा अध्ययनरत उनी भीरबाट लडेर घाइते भएपछि जीवनमरणको दोसाँधमा पुगेकी हुन् ।

परिवार र आफन्तले बाजुरा बाहिर लान आर्थिक अभाव भएकोले सहयोगको अपिल गरेका छन् । तर आफन्तको अनुरोधलाई कसैले सुनेका छैनन् ।

बाजुरा जिल्ला अस्पतालले शनिबार साँझ नै उनलाई रिफर गरेको थियो । बालिकाको टाउकोमा गम्भीर चोट लागेको छ । कान र नाकबाट रगत बगिरहेको छ । निरन्तर बान्तासमेत भइरहेको छ ।

चिसो मौसममा अस्पतालको बिरामी कक्षमा उनलाई थप सास्ती भइरहेको छ।

चोटको सीटी स्क्यान अनिवार्य भएकोले रिफर गरिएको बाजुरा जिल्ला अस्पतालका डाक्टर कुश नेपालीले बताएका छन् ।

सीटी स्क्यानका लागि बाजुरासहित सुदूरपश्चिमका पहाडी जिल्लाका बिरामीले धनगढी जानुपर्ने बाध्यता छ ।

गाउँका महिलाले घाइते विष्णुमायालाई घट्मुना आधारभूत अस्पतालमा ल्याएका थिए । सीटी स्क्यान गरेर थप उपचारका सहज हुने अवस्था देखिएकोले धनगढी लैजान सल्लाह दिएको अस्पतालले जनाएको छ ।

उनको परिवारमा सहयोग गर्ने र आर्थिक अवस्थाले बलियो कोही छैनन् । बुवा सुस्त मनस्थितिका छन् । सुस्त मनस्थिति भएका बुवासमेत कामको सिलसिलामा भारतमा छन् ।

आमा सामान्य साक्षर मात्रै छिन् । न परिवारलाई आर्थिक जोहोका लागि साहरा छ न साथमा समुदायको सहयोग नै । अवस्था गाह्रो देखिएको उपचारका संलग्न डाक्टरहरूले बताएका छन् ।

प्रकाशित मिति : २८ पुस २०८१, आइतबार  ७ : २४ बजे

राष्ट्रिय टोलीको क्याम्प छाडेका रोनाल्डोलाई ३० दिनको प्रतिबन्ध र २५५ युरो जरिवाना

काठमाडौँ – पोर्चुगिज फुटबल महासङ्घ (एफपीएफ) ले राष्ट्रिय टोलीका कप्तान

लिग-२ मा नयाँ इतिहास : १ हजार रन पूरा गर्ने पहिलो नेपाली ब्याटर बने रोहित पाैडेल

काठमाडौँ – नेपाली राष्ट्रिय क्रिकेट टोलीका ब्याटर एवम् पूर्व कप्तान

आज मंगलबार, भगवान गणेशको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल कात्तिक ३ गते मंगलबार सन् २०२६

आज २०८३ साल कात्तिक ३ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ३ गते मंगलबार सन् २०२६

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।