उपचार अभावमा जीवनमरणको दोसाँधमा भीरबाट लडेकी विष्णुमाया « Khabarhub

उपचार अभावमा जीवनमरणको दोसाँधमा भीरबाट लडेकी विष्णुमाया

आफन्तले पैसा जोहो गर्न नसक्दा बाजुरामै अलपत्र


२८ पुस २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


975
Shares
  • change font
  • change font
  • change font

धनगढी – शनिबार बिहान भीरबाट लडेर घाइते विष्णुमाया रोकायाको थप उपचारमा समस्या भएको छ ।

परिवारले जिल्ला बाहिर लगेर उपचार गर्न सक्ने अवस्था नभएपछि १६ वर्षीया रोकाया बाजुरा जिल्ला अस्पतालमै मृत्युसँग लडिरहेकी छन् ।

गौमुल गाउँपालिका-५ कोटकी बिष्णुमाया दाउरा लिन जंगल गएको बेला भीरबाट लडेर घाइते भएकी हुन् । मानाकोट माद्यमिक विद्यालय कक्षा–७ मा अध्ययनरत उनी भीरबाट लडेर घाइते भएपछि जीवनमरणको दोसाँधमा पुगेकी हुन् ।

परिवार र आफन्तले बाजुरा बाहिर लान आर्थिक अभाव भएकोले सहयोगको अपिल गरेका छन् । तर आफन्तको अनुरोधलाई कसैले सुनेका छैनन् ।

बाजुरा जिल्ला अस्पतालले शनिबार साँझ नै उनलाई रिफर गरेको थियो । बालिकाको टाउकोमा गम्भीर चोट लागेको छ । कान र नाकबाट रगत बगिरहेको छ । निरन्तर बान्तासमेत भइरहेको छ ।

चिसो मौसममा अस्पतालको बिरामी कक्षमा उनलाई थप सास्ती भइरहेको छ।

चोटको सीटी स्क्यान अनिवार्य भएकोले रिफर गरिएको बाजुरा जिल्ला अस्पतालका डाक्टर कुश नेपालीले बताएका छन् ।

सीटी स्क्यानका लागि बाजुरासहित सुदूरपश्चिमका पहाडी जिल्लाका बिरामीले धनगढी जानुपर्ने बाध्यता छ ।

गाउँका महिलाले घाइते विष्णुमायालाई घट्मुना आधारभूत अस्पतालमा ल्याएका थिए । सीटी स्क्यान गरेर थप उपचारका सहज हुने अवस्था देखिएकोले धनगढी लैजान सल्लाह दिएको अस्पतालले जनाएको छ ।

उनको परिवारमा सहयोग गर्ने र आर्थिक अवस्थाले बलियो कोही छैनन् । बुवा सुस्त मनस्थितिका छन् । सुस्त मनस्थिति भएका बुवासमेत कामको सिलसिलामा भारतमा छन् ।

आमा सामान्य साक्षर मात्रै छिन् । न परिवारलाई आर्थिक जोहोका लागि साहरा छ न साथमा समुदायको सहयोग नै । अवस्था गाह्रो देखिएको उपचारका संलग्न डाक्टरहरूले बताएका छन् ।

प्रकाशित मिति : २८ पुस २०८१, आइतबार  ७ : २४ बजे

पछिल्लो २४ घण्टामा कास्कीको पञ्चासेमा सबैभन्दा बढी वर्षा

काठमाडौं– पछिल्लो २४ घण्टामा कास्कीको पञ्चासे क्षेत्रमा सबैभन्दा बढी १८९

आपत्कालीन अवस्थामा रोकथाम, तयारी र प्रतिकार्य केन्द्रमा राख्नुपर्छ : परराष्ट्रमन्त्री खनाल

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले महामारी तथा जनस्वास्थ्य आपतकालको रोकथाम, तयारी र

देशभर अधिकांश निर्वाचन क्षेत्रमा आज कांग्रेसको क्षेत्रीय अधिवेशन हुँदै

काठमाडौं– नेपाली कांग्रेसको महाधिवेशनअन्तर्गत आज अधिकांश सङ्घीय निर्वाचन क्षेत्र र

पहिरोले घर पुरिँदा एक जनाको मृत्यु

बागलुङ– बिहीबारदेखि परेको अविरल वर्षाका कारण ताराखोलामा एक जनाको पहिरोमा

उर्लियो कालीगण्डकी, मोदीवेणीमा चेतावनी तह नाघ्यो (तस्बिरहरू)

बागलुङ- निरन्तरको भारी वर्षाका कारण कालीगण्डकी नदीमा पानीको बहाव बढेपछि नदी