आज हग डे : प्रेम अभिव्यक्त गर्न अँगालो मार्नुका फाइदै फाइदा « Khabarhub

आज हग डे : प्रेम अभिव्यक्त गर्न अँगालो मार्नुका फाइदै फाइदा


३० माघ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रेम र स्नेहको प्रतीक, ‘हग डे’ हरेक वर्ष भ्यालेन्टाइन सप्ताहमा मनाइन्छ । यो दिनले जोडीहरूलाई एक अर्काको नजिक आउन र आफ्नो प्रेम व्यक्त गर्न विशेष अवसर प्रदान गर्दछ ।

अँगालोले तपाईँको पार्टनरलाई पूर्ण रूपमा सुरक्षित र प्रेमले घेरिएको महसुस गराउँछ ।आजको दिन एकअर्कालाई अँगालो हालेर शब्द विना आफ्नो भावना व्यक्त गर्न सकिन्छ । अँगालो मार्नु प्रेमको एक चरण हो जसले आफ्नो जोडीलाई सुरक्षा, सहजता र प्रेमको गहिरो भावना महसुस गराउन सक्छ । हामी हाम्रा साथीहरू, परिवार, नातेदारहरू र साझेदारहरूलाई पनि अँगालो हाल्न सक्छौँ । 

अँगालो हाल्नु पछाडिको वैज्ञानिक कारण के  छ ?

चिकित्सकीय मनोवैज्ञानिक मेहजबिन दोर्दीका अनुसार अँगालो हाल्दा अक्सिटोसिन निस्कन्छ । यसलाई प्रेम हार्मोन पनि भनिन्छ। यसको विमोचनले सामाजिक बन्धनको भावना सिर्जना गर्दछ। भावनात्मक नियमन बनाइन्छ । अक्सिटोसिनका कारण व्यक्तिमा विश्वास, लगाव, प्रेम र सहानुभूतिको भावना उत्पन्न हुने अन्तराष्ट्रिय मिडिया दैनिक भास्करमा उल्लेख गरिएको छ । 

मेडिसिन नेटको अनुसन्धानका अनुसार अँगालो हाल्दा एक्लोपनको भावना हट्छ र तनावको हानिकारक प्रभावलाई पनि कम गर्छ । अँगालो हाल्दा धेरै खुसीको हर्मोन निस्कन्छ, जसले तपाईँमा सकारात्मक ऊर्जा भर्दछ।

डोपामाइन- यो खुसीको हर्मोन हो जसले तपाईँलाई राम्रो खुसी महसुस गराउँछ।

सेरोटोनिन- यसलाई खुशी हर्मोन वा एन्टीडिप्रेसेन्ट हर्मोन पनि भनिन्छ। यसले तपाईँको मूड सुधार्छ र चिन्ता नियन्त्रण गर्छ। यसले एक्लोपनको अनुभूतिलाई पनि कम गर्छ र तपाईँलाई खुसी बनाउँछ।

अक्सीटोसिन- यसलाई प्रेम हार्मोन भनिन्छ, यसले तनाव कम गर्छ र मुटुको स्वास्थ्य सुधार गर्छ।यसलाई खुशी हर्मोन वा एन्टीडिप्रेसेन्ट हर्मोन पनि भनिन्छ। यसले तपाईँको मूड सुधार्छ र चिन्ता नियन्त्रण गर्छ। यसले एक्लोपनको अनुभूतिलाई पनि कम गर्छ र तपाईँलाई खुसी बनाउँछ।

अक्सीटोसिन- यसलाई प्रेम हार्मोन भनिन्छ, यसले तनाव कम गर्छ र मुटुको स्वास्थ्य सुधार गर्छ। –विभिन्न मिडियाको सहयोगमा

प्रकाशित मिति : ३० माघ २०८१, बुधबार  १२ : १० बजे

दसैँको सँघारमा किसानलाई धान भित्र्याउने चटारो

राँझा– चारैतिर दसैँको रौनकता छाएका बेला बाँकेका किसानलाई भने यतिबेला

सशस्त्र प्रहरीका कर्मचारीलाई राहत रकम हस्तान्तरण

काठमाडौं– सशस्त्र प्रहरी कर्मचारी तथा उनीहरूका आश्रित परिवार र अवकाशप्राप्त

चार महिनापछि गुल्मीमा हवाई सेवा सञ्चालन

गुल्मी– रेसुङ्गा विमानस्थलको हवाई सेवा आजबाट पुनः सञ्चालनमा आएको छ ।

अपराध प्रमाणित भए फिर्ता हुन्छन् खगेन्द्र सुनुवार, उनको कार्यशैलीलाई लिएर पार्टीभित्र छटपटी

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनार डेन्जर जोनमा छन्।

दुधे बालक काखमा, पैतालाबाट रगत ! निरुताको रहस्यमय अवतारमा ‘सारथि’

काठमाडौं– अभिनेत्री निरुता सिंहलाई दर्शकले यसपटक बिल्कुलै फरक र गम्भीर