जापानले माग्यो अमेरिकासँग स्टिल शुल्कमा छुट  « Khabarhub

जापानले माग्यो अमेरिकासँग स्टिल शुल्कमा छुट 


३० माघ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – जापानले बुधबार अमेरिकासँग स्टिल र एलुमिनियम निर्यातमा राष्ट्रपति डोनाल्ड ट्रम्पले लगाएको शुल्कबाट छुट पाउन अनुरोध गरेको टोकियोका शीर्ष सरकारी प्रवक्ताले बताएका छन् ।

ट्रम्पले मार्च १२ देखि स्टिल र एलुमिनियम आयातमा २५ प्रतिशत शुल्क लगाउने कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् । यसले क्यानाडा, मेक्सिको र युरोपेली सङ्घ (इयु) लगायत अन्तर्राष्ट्रिय स्तरमा आक्रोशपूर्ण प्रतिक्रिया निम्त्याएको छ ।

‘हामीलाई स्टिल र एलुमिनियममा थप शुल्क लगाउने राष्ट्रपतीय आदेश जारी भएको थाहा छ हामीले अमेरिकी सरकारसँग हाम्रो देशलाई यी उपायहरूबाट बाहिर राख्न अनुरोध गरेका छौँ’, प्रवक्ता योशिमासा हायासीले पत्रकारहरूलाई भने।

उनका अनुसार यो अनुरोध बुधबार बिहान अमेरिकास्थित जापानी दूतावासमार्फत गरिएको थियो । ‘जापानले यी उपायहरूको विषयवस्तु र हाम्रो देशमा पर्ने प्रभावको बारेमा सावधानीपूर्वक अध्ययन गर्नेछ र आवश्यक नीति अपनाउनेछ’, उनले भने।

ट्रम्पले आफ्नो पहिलो कार्यकालमा अमेरिकी उत्पादकहरूलाई अनुचित प्रतिस्पर्धाको सामना गर्नबाट जोगाउन यस्तै शुल्क लगाएका थिए ।

तर उनका पूर्ववर्ती जो बाइडेनले जापानलाई छुट दिएका थिए । उक्त छुटले जापानलाई शुल्क नतिरी वार्षिक १२ लाख ५० हजार टन स्टिल अमेरिकामा निर्यात गर्न दिन्थ्यो ।

‘ट्यारिफ कोटा भनिने उक्त छुटलाई ‘खारेज गरिनेछ’, व्यापार मन्त्रालयका एक अधिकारीले भने।

ट्रम्पको पछिल्लो नीतिअनुसार स्टिलमा २५ प्रतिशत र एलुमिनियममा हालको १० प्रतिशतबाट २५ प्रतिशत कर लगाइनेछ ।

प्रकाशित मिति : ३० माघ २०८१, बुधबार  १२ : १७ बजे

प्रतिनिधिसभा बैठक : ढल्केबरमा ‘ट्रमा सेन्टर’ निर्माणबारे जवाफ माग

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकको मधेस प्रदेशको ढल्केवरमा राष्ट्रियस्तरको ट्रमा सेन्टर

‘सर्वोच्चको आदेशलाई सम्मान गर्छौं, विशेष महाधिवेशनको औचित्य फेरि पुष्टि हुन्छ’

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सर्वोच्च अदालतले कांग्रेसको आधिकारिकतासम्बन्धी

एमालेले पारित गर्‍यो सांसदले पाउने स्वकीय सम्बन्धी कार्यविधि

काठमाडौं– नेकपा एमालेले सांसदहरूले पाउने स्वकीय सम्बन्धी कार्यविधि पारित गरेको

कमिसन घटाउन र उचित भाडा तोक्न माग गर्दै इन्ड्राइभ चालकको प्रदर्शन (तस्बिरहरू)

काठमाडौं– कमिसन घटाउन र उचित भाडा दर निर्धारण गर्न माग

कक्षा ८ पूरा गर्न नसकेका बालबालिकालाई वैकल्पिक शिक्षा दिँदै कनकाई नगरपालिका

भद्रपुर– कनकाई नगरपालिकाले कक्षा ८ पूरा गर्न नसकेका तथा विद्यालय