तनहुँ जलविद्युत् आयोजनाले माछा संरक्षण गर्दै | Khabarhub Khabarhub

तनहुँ जलविद्युत् आयोजनाले माछा संरक्षण गर्दै


३० माघ २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

दमौली– एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजना निर्माण गरिरहेको तनहुँ हाइड्रोपावर लिमिटेडको कार्यालय परिसरमा मत्स्य ह्याचरी निर्माण गरिएको छ । ऋषिङ गाउँपालिका–१ झापुटारस्थित आयोजनाको कार्यालय तथा आवास परिसरमा मत्स्य ह्याचरी निर्माण गरिएको हो । 

ह्याचरीमा आवश्यक पर्ने पानी आपूर्ति गराएर माछाका नमूना संकलन गरी परीक्षणका रूपमा छाडिएको आयोजना प्रमुख श्यामजी भण्डारीले जानकारी दिए । उनका अनुसार आयोजनाले मादी नदी माछा संरक्षण योजना कार्यान्वयन गर्न सुरु गरिसकेको छ । 

ऋषिङ–१ र व्यास नगरपालिका–५ को सिमानामा पर्ने सेती नदीमा आयोजनाले निर्माण गर्ने एक सय ४० मिटर अग्लो बाँधका कारण माछाको आवतजावत प्रभावित भई क्षति पुग्ने भएकाले यसको परिपूर्तिका लागि मादी नदीमा संरक्षण योजना सुरु गरिएको भण्डारीले उल्लेख गरे । 

‘आयोजनाले निर्माण गर्ने बाँधका कारण सेती नदीको प्राकृतिक बहावमा अवरोध उत्पन्न भई मुख्य रूपमा यहाँ पाइने रैथाने असला र सहर प्रजातिका माछाको जीवन जोखिममा पर्ने देखिएको छ । यसको क्षतिपूर्ति स्वरुप मादी नदीतर्फको प्राकृतिक बहावमा माछा संरक्षण योजना कार्यान्वयनमा ल्याइएको हो’, भण्डारीले भने। उनका अनुसार सेती र मादी नदीको सङ्गमस्थलबाट मादीको माथिल्लो तटीय क्षेत्रमा योजना कार्यान्वयनको पहल थालिएको हो ।

योजना कार्यान्वयनका लागि मादी नदीको तटसँग जोडिएका तनहुँको व्यास तथा लमजुङको मध्यनेपाल नगरपालिकाका प्रमुख, कास्कीको मादी तथा रुपा गाउँपालिकाका अध्यक्ष, तनहुँ हाइड्रोपावर लिमिटेड र बोटे समाजको प्रतिनिधि रहने गरी माछा संरक्षण समन्वय समिति गठन भइसकेको छ ।

मादी नदीमा माछा संरक्षण गर्ने विषयमा स्थानीय पालिकाहरूको साझा सरोकार र साझेदारीको विषय भएकाले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को व्यवस्थाबमोजिम समिति गठन गरिएको आयोजना प्रमुख भण्डारीले जानकारी दिए। 

उनले भने, ‘बाँधका कारण यहाँ पाइने रैथाने असला र सहर प्रजातिका माछाको जीवन जोखिम पर्ने देखिएपछि संरक्षणका लागि सेती र मादी नदीको सङगमस्थलबाट करिब ४५ किलोमिटर मादीको माथिल्लो तटीय क्षेत्रमा मत्स्य संरक्षण योजना कार्यान्वयनमा ल्याइएको हो ।’

उनका अनुसार व्यासका वडा नं ३, ४, ५,६, ७ र १०, मध्य नेपालका वडा नं ४, ५, ६, ७ र ८, रुपाका वडा नं १, ३ र ७ तथा मादी गाउँपालिकाका वडा नं ४, ५, ९, १०, ११ र लाई प्रभावित क्षेत्र मानिएको छ ।

प्रकाशित मिति : ३० माघ २०८१, बुधबार  १ : ५८ बजे

फिल्म ‘रातो पासपोर्ट’ निर्माण घोषणा, पोर्चुगलको थिममा टाइटल पोस्टर

काठमाडौं – सिबर्डस् पिक्चर्स र होप्स बजले ट्राइडेन्ट कन्सेप्टसँग सहकार्य

स्कटल्यान्डले गुमायो पाचौँ विकेट

काठमाडौं- आईसीसी विश्वकप क्रिकेट लिग–२ मा आइतबार भइरहेको खेलमा नेपालले

‘अर्थमन्त्रीज्यू ! डेड हर्स थ्यौरीतिर नलागौँ’

अङ्ग्रेजीमा ‘डेड हर्स थ्यौरी’ भन्ने एउटा मेटाफर (रूपक) छ, जसमा

आईपीओ निष्कासनमा चलखेलको खबरपछि मिडियामाथि खनिए सेबोन कर्मचारी

काठमाडौँ –नेपाल धितोपत्र बोर्ड (सेबोन)को ३३औँ वार्षिकोत्सव अवसरमा ललितपुरस्थित होटल

ओलीको गृहजिल्लामा पूर्वराष्ट्रपति भण्डारी, तलसम्मै फेरिँदै एमालेको समीकरण

काठमाडौं– पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन नेकपा माओवादी केन्द्रको सक्रिय राजनीतिक जीवनमा