‘भ्रातृ संस्थाको महाधिवेशन समयमा नहुँदा पार्टीको आन्तरिक जीवनमा असर पुग्यो’ « Khabarhub

‘भ्रातृ संस्थाको महाधिवेशन समयमा नहुँदा पार्टीको आन्तरिक जीवनमा असर पुग्यो’


३० माघ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

बुटवल– नेपाली कांग्रेसका केन्द्रीय नैनसिंह महरले पार्टीका भ्रातृ र सुवेच्छुक संस्थाको विधान अनुसार नियमित महाधिवेशन हुन आवश्यक रहेको बताएका छन्। 

नेपाल मुस्लिम संघ लुम्बिनी प्रदेशको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै नेता महरले लामो समय प्रमुख भ्रातृसंस्थाको अधिवेशन हुन नसक्दा नेतृत्व हस्तान्तरणका साथै पार्टीको आन्तरिक जीवनमा समेत असर पुगेको बताएका हुन् ।

महाधिवेशन प्रक्रिया रोकिँदा कांग्रेसको प्रजातान्त्रिक चरित्रमाथि समेत प्रश्न उठ्ने गरेको उनले औँल्याए । ‘लोकतन्त्रको पहिलो विशेषता आवधिक निर्वाचन हो । यो प्रक्रियाबाट पार्टी र भ्रातृ तथा सुवेच्छुक संस्थालाई बाहिर्‍याउँदा लोकतन्त्रलाई कमजोर बनाउँछ। लोकतन्त्र कमजोर हुँदा पार्टीलाई क्षति पुग्छ। जनता पनि कमजोर हुन्छन्,’ उनले भने ।

यस विषयमा पार्टीको निर्णायक तहमा बसेका पदाधिकारी गम्भीर बन्नुपर्ने उनको भनाइ छ । महाधिवेशनका लागि गठित निर्देशक समिति जिम्मेवारी लिन प्रतिबद्ध देखिए पनि नेतृत्व प्रतिबद्ध नदेखिएको उनले औँल्याए ।

‘समग्र पार्टी र मातहतका निकायले महाधिवेशन समयमै सम्पन्न गर्नका लागि सहयोग गर्नु आवश्यक छ । पार्टीमा बढीभन्दा बढी युवालाई जोड्ने महाधिवेशनका माध्यमले नै हो । समयमै महाधिवेशन सम्पन्न नगर्ने चरित्रले पार्टी र लोकतन्त्र बलियो हुन सक्दैन,’ उनले भने । 

चैतभित्रै महाधिवेशन गर्ने केन्द्रीय समितिको निर्णय कार्यान्वयन हुनुपर्ने र कुनै बहानामा ढिलाइ गर्न नहुनेमा महरको जोड छ ।

नेपाली कांग्रेस सम्बद्ध नेपाल विद्यार्थी संघ, नेपाल तरुण दल, नेपाल महिला संघलगायत भ्रातृसंस्थाको अधिवेशन हुन सकेको छैन ।

प्रकाशित मिति : ३० माघ २०८१, बुधबार  ३ : ४५ बजे

तलेजु भवानीको दर्शन गर्न भक्तपुरमा भक्तजनको ओइरो

भक्तपुर– हरेक वर्ष शारदीय नवरात्रको महानवमीका दिन मात्र सर्वसाधारणका लागि

सडक सम्पर्क विच्छेद भएका बस्तीमा ड्रोनबाट राहत सामग्री

काठमाडौँ– बाढीका कारण सडक सम्पर्क विच्छेद भएका गोरखाका दुर्गम बस्तीमा

हिरासतमा रहेकी सुकीलाई बेलायती राजा चार्ल्सको उपहार

याङ्गुन – म्यान्मामा हिरासतमा रहेकी नोबेल शान्ति पुरस्कार विजेता आङ

निषेधित क्षेत्र घुमेका पर्यटकबाट बर्सेनि उठ्छ करोडौँ राजस्व

गण्डकी– अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्ने निषेधित क्षेत्रमा अनुमति लिएर भ्रमण

मालीमा सशस्त्र समूहको आक्रमणमा ५० जनाको मृत्यु

बामाको – मालीको उत्तरपूर्वी मेनाका क्षेत्रमा सशस्त्र समूहले गरेको आक्रमणमा