इरानमा चिसो बढेपछि विद्यालय र सरकारी कार्यालय बन्द « Khabarhub

इरानमा चिसो बढेपछि विद्यालय र सरकारी कार्यालय बन्द


३० माघ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – इरानले तेहरान र उसका ३१ मध्ये २० भन्दा बढी प्रान्तका विद्यालय र सरकारी कार्यालयहरू बुधबार देखि बन्द गरेको छ। विश्वको सबैभन्दा ठूलो तेल र ग्याँस भण्डार इरानमा विद्युत् भने  आवश्यकता अनुसार उत्पादित छैन अर्थात् यहाँ विद्युत् अभावको अवस्था रहेको छ । 

विशेष गरी, जाडोमा जब तातो माग बढ्छ इरानले आफ्नो पावर प्लान्टहरूलाई पर्याप्त इन्धन आपूर्ति गर्न सङ्घर्ष गरिरहेको छ ।

‘अत्यधिक चिसो, हिमपात र ऊर्जा खपतमा कटौती गर्नुपर्ने आवश्यकताका कारण धेरै प्रान्तमा सरकारी कार्यालय र विद्यालयहरू बन्द गरिएका छन्,’ इरानको मेहर समाचार संस्थाले जनाएको छ।

तेहरान, अल्बोर्ज, फार्स, हमादान, इस्फाहान, कुर्दिस्तान र याज्द सहित २० भन्दा बढी अन्य प्रान्तहरू बन्दले प्रभावित भएका छन्। मंगलबार राति तेहरानका विभिन्न जिल्लामा विद्युत् आपूर्ति बन्द भएको सरकारी टेलिभिजनले जनाएको छ ।

राष्ट्रिय विद्युत कम्पनी तावनीरले प्लान्टहरू सञ्चालन गर्न काम गरिरहेको जनाउँदै चरम मौसम र इन्धनको अभावको कारण ग्यास र बिजुली खपतमा १० प्रतिशत कटौती गर्न आग्रह इरानले गरेको छ।

सरकारी टेलिभिजनका अनुसार हमादानको तापक्रम माइनस १९ डिग्री सेल्सियस (माइनस २.२ फरेनहाइट) मा झरेको छ र यो सबैभन्दा चिसो प्रान्तीय राजधानी बनेको छ ।

बुधबारको मौसम पूर्वानुमानअनुसार १३ प्रान्तमा भारी वर्षा, मेघगर्जन र हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ भने पहाडी भू–भागमा हिमपातको सम्भावना रहेको छ ।

तेहरानबाट करिब ३०० किलोमिटर पश्चिममा रहेको जाग्रोस पर्वतमा ६० वटा गाउँ हिउँले ढाकिएका छन् र आपूर्तिका लागि हवाई सेवा जारी रहेको तस्निम न्यूज एजेन्सीले जनाएको छ । 

प्रकाशित मिति : ३० माघ २०८१, बुधबार  २ : ४८ बजे

कमिसन घटाउन र उचित भाडा तोक्न माग गर्दै इन्ड्राइभ चालकको प्रदर्शन (तस्बिरहरू)

काठमाडौं– कमिसन घटाउन र उचित भाडा दर निर्धारण गर्न माग

कक्षा ८ पूरा गर्न नसकेका बालबालिकालाई वैकल्पिक शिक्षा दिँदै कनकाई नगरपालिका

भद्रपुर– कनकाई नगरपालिकाले कक्षा ८ पूरा गर्न नसकेका तथा विद्यालय

कांग्रेस पूर्वसभापति देउवा साउन २८ गते इतर पक्षको भेलामा सहभागी हुने

काठमाडौं– २८ गते कांग्रेस संस्थापन इतरले गर्न लागेको बेलामा पूर्वसभापति

गंगालाल हृदय केन्द्रको निर्देशकमा प्राडा आशिष गोविन्द अमात्य नियुक्त

काठमाडौं– शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको निर्देशकमा प्राडा आशिष गोविन्द

इरान समर्थित हुथी विद्रोहीद्वारा यमन र साउदी अरबमा एकसाथ ठूलो हमला

तेहरान- इरान समर्थित हुथी विद्रोहीहरूले बिहीबार यमन र साउदी अरबमा