वैदेशिक रोजगारीमा ठगी गर्ने दुई जना पक्राउ « Khabarhub

वैदेशिक रोजगारीमा ठगी गर्ने दुई जना पक्राउ


३० माघ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


153
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वैदेशिक रोजगारीमा ठगी गरेको आरोपमा दुईजना पक्राउ परेका छन् । 

आकर्षक तलबको प्रलोभनमा पारी मलेसिया र क्रोएसिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा उदयपुर त्रियुगा नगरपालिका घर भई ललितपुर महालक्ष्मी नगरपालिका बस्ने ५४ वर्षीय लिल बहादुर राई र काठमाडौं महानगरपलिका९२३ बसन्तपुर बस्ने ३७ वर्षीय विशाल श्रेष्ठ रहेका छन् । 

लिल बहादुरले मलेसिया पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट २ लाख  रुपैयाँ र विशालले क्रोएसिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख ५० हजार रुपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । 

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको प्रहरी महानिरीक्षकको सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : ३० माघ २०८१, बुधबार  ४ : १५ बजे

कमिसन घटाउन र उचित भाडा तोक्न माग गर्दै इन्ड्राइभ चालकको प्रदर्शन (तस्बिरहरू)

काठमाडौं– कमिसन घटाउन र उचित भाडा दर निर्धारण गर्न माग

कक्षा ८ पूरा गर्न नसकेका बालबालिकालाई वैकल्पिक शिक्षा दिँदै कनकाई नगरपालिका

भद्रपुर– कनकाई नगरपालिकाले कक्षा ८ पूरा गर्न नसकेका तथा विद्यालय

कांग्रेस पूर्वसभापति देउवा साउन २८ गते इतर पक्षको भेलामा सहभागी हुने

काठमाडौं– २८ गते कांग्रेस संस्थापन इतरले गर्न लागेको बेलामा पूर्वसभापति

गंगालाल हृदय केन्द्रको निर्देशकमा प्राडा आशिष गोविन्द अमात्य नियुक्त

काठमाडौं– शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको निर्देशकमा प्राडा आशिष गोविन्द

इरान समर्थित हुथी विद्रोहीद्वारा यमन र साउदी अरबमा एकसाथ ठूलो हमला

तेहरान- इरान समर्थित हुथी विद्रोहीहरूले बिहीबार यमन र साउदी अरबमा