सरकारका प्रवक्ताको दाबी : भूमिसम्बन्धी अध्यादेश पनि संसद्‍बाट पारित हुन्छ, जसपाले साथ दिन्छ « Khabarhub

सरकारका प्रवक्ताको दाबी : भूमिसम्बन्धी अध्यादेश पनि संसद्‍बाट पारित हुन्छ, जसपाले साथ दिन्छ


३० माघ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


243
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले भूमिसम्बन्धी अध्यादेश लगाएतका अन्य अध्यादेश सदनबाट पारित हुने दाबी गरेको छ ।

मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न बुधबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले भूमिसम्बन्धी अध्यादेश लगायत सरकारले ल्याएका सबै अध्यादेश संघीय संसद्‍बाट पारित हुने दाबी गरेका हुन् ।

भूमिसम्बन्धी अध्यादेश पारित नहुने हल्ला बजारु भएको भन्दै उनले जसपा नेपालले यसबारे कुनै आधिकारिक निर्णय नगरेको बताए ।

उनले अध्यादेशबारे सहमति खोज्न दलहरूसँग छलफल भइरहेको र संक्रमणकालीन अवस्थामा नै रहेको धारणा राखे ।

प्रवक्ता गुरुङले सामाजिक सञ्जालसम्बन्धी विधेयक सरकारले सदनमा पेश गरेको अवस्थामा त्यसलाई संशोधन गर्ने वा नगर्ने निर्णय सदनले गर्ने जिकिर गरे।

प्रकाशित मिति : ३० माघ २०८१, बुधबार  ४ : ४१ बजे

देशभर पश्चिमी वायुको आंशिक प्रभाव

 काठमाडौं– देशभर हाल पश्चिमी वायुको आंशिक प्रभाव देखिएको छ। मौसम पूर्वानुमान

मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी

मुस्ताङ– कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट ११ अर्ब एक करोड

बंगलादेश प्रिमियर लिग : सन्दीपको टिमले आज पहिलो खेल खेल्दै

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल)मा आबद्ध भएका नेपाली लेग

ज्येष्ठ नागरिक दिवस : विभिन्न कार्यक्रमका साथ मनाइँदै

काठमाडौं–  ‘हाम्रो साझा अभियानः ज्येष्ठ नागरिकप्रति श्रद्धा र सम्मान’ भन्ने

महाधिवेशन विवाद : कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

ललितपुर – महाधिवेशनको विवाद फेरि चर्किदै गएको नेपाली कांग्रेसको केन्द्रीय